नाच्न सिक्दै निशा

काठमाडौं, कात्तिक २४ (नागरिक)- अभिनेत्री निशा अधिकारी अहिले नृत्य सिक्दैछिन्। तर, कुनै फिल्मको लागि सिक्न लागेकी भने होइनन्। साउदी अरबमा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गर्ने कार्यक्रममा नाच्न उनले नृत्य सिकिरहेकी हुन्।

आगामी कात्तिक २९ देखि मंसिर ३ सम्म आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनले नृत्यनिर्देशक गोविन्द राईसँग नृत्य सिक्दैछिन्। 'नेपाली दर्शकलाई नेपालीपनको आनन्द दिने गीतहरूमा नाच्दैछु,' निशाले भनिन्।

  उनी विदेशमा नृत्य प्रस्तुत गर्न जान लागेको यो पहिलेपटक हो। भ्रमणको क्रममा उनले जेट्डा, दमम र इयादमा प्रस्तुति दिँदैछिन्।

नृत्यनिर्देशक गोविन्द राईले 'फस्ट लभ' बाहेक निशाका अरू फिल्ममा एकसाथ काम गरेका छन्। निशाले 'कन्यादान' फिल्मको 'कोपिलामा रङ चड्यो' र आफ्नो फिल्म 'नैना रेशम'को शीर्षक गीत नाच्नेछिन्।

'नेपालीपन दिने गीत भएकाले आधुनिक मिसिएको नेपाली स्टेप सिकाउँदैछु,' गोविन्दले भने। निशाले गोविन्दसँग जम्मा दुई दिन नाच सिक्नेछिन्। कार्यक्रममा नाच्ने मात्र होइन उद्घोषण पनि निशाले गर्नेछिन्। 'बालबालिकाको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम भएकोले भाग लिएकी हुँ,' निशाले भनिन्।


हेल्प नेपाल नामक संस्थालाई आर्थिक सहयोग गर्न कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सम्झना बुढाथोकी, दीपक लिम्बु, रेश्मा सुनुवार र दोहोरीका कलाकारले सहभागिता जनाउँदैछन्। प्रत्येक सहरमा दुई शो हुनेछन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out