ओबामा आमिरका फ्यान

अमेरिकी राष्ट्रपति बराक ओबामा र फस्टलेडी मिसेल ओबामाले आफूहरु बलिउड अभिनेता आमिर खानको फ्यान रहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका ओबामा दम्पत्तिलाई आइतबार बेलुका रेसकोस्रस्थित प्रधामन्त्री निवासमा दिइएको डिनरमा आमिरले पाहुना ओबामालाई भेटेका थिए ।

सोही दिन मुम्बइमा बालबालिकासँग दिवाली मनाउँदै ओबामा दम्पत्ती आमिर अभिनित 'रंग दे बसन्ती'को गीतमा छमछमी नाचेका थिए ।

'हामी तपाईंका फ्यान हौं' भेटमा आफूसँग ओबामाले भनेका कुरा आमिरले बताए 'तपाईंको फिल्मको गीतमा नाच्दा खुशि लाग्यो ।' आमिरसँगै बलिउड संगीतकार एआर रहमान, गीतकार जावेद अख्तर र अभिनेत्री सवाना आज्मीलाई पनि डिनरको निम्तो दिइएको थियो ।

स्रोतका अनुसार उक्त विशिष्ट डिनरमा आमिर वा साहरुख मध्ये कसलाई निम्तो दिने भन्नेमा प्रधानमन्त्री कार्यालय अन्यौलमा थियो । तर तुलनात्मक रुपमा आमिर निर्मित र अभिनित चलचित्रहरु उत्कृष्ट र समाजिक जागरणका सन्देश बोकेका भएको हुनाले आमिरलाई निम्तो दिइएको बताइएको छ ।

राष्ट्रपति ओबामा यतिबेला आफ्नो पहिलो एसिया भ्रमणका क्रममा छिमेकी राष्ट्र भारतमा छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out