कतै दुःखद-कतै सुखद ओपनिङ

लक्ष्मीपूजामा रिलिज भएको ठूलो ब्यानरको चलचित्र 'गोर्खापल्टन'ले सन्तोषजनक ओपनिङ गरेको छ । देशब्यापी प्रदर्शनमा आएको 'गोर्खापल्टन'को तुलनामा राजधानीमै चलिरहेको 'वशमा छैन यो मन' र मोफसलमा रिलिज 'स्वाभिमान'ले कमजोर ओपनिङ गरेका छन् ।

पूर्वइन्डियन आइडल स्टारर 'गोर्खापल्टन'ले मोफसलमा पनि सन्तोषजनक सुरुआत गरेको छ । हल संचालकहरु पहिलो साता 'गोर्खापल्टन'को पिकअप स्थिर रहने बताउँछन् ।

पोखरा विन्ध्यावासिनी हल संचालक उत्तम द्धाले ओपनिङ सन्तोषजनक रहेको प्रतिकि्रया दिए । हलका तीनैवटा सोमा 'गोर्खापल्टन'ले ४५ प्रतिशत सुरुआत गरेको उनले जनाए । पूर्णिमा पोखराका संचालक हरि बरालले पनि 'गोर्खापल्टन' ओपनिङ ५० प्रतिशत रहेको बताए । 'खासगरि सेना, प्रहरी र लाहुरे परिवारका दर्शक आएका छन्' बरालले भने 'प्रशान्त तामाङको लोकप्रियताले पनि पहिलो साता पिकअप गर्ने सम्भावना छ ।'

राजधानीको प्रमुख मल्टिप्लेक्स कुमारीमा 'गोर्खापल्टन' ओपनिङ निकै कमजोर रह्यो । क्यूएफएक्सकी शान्ति केसीका अनुसार कुमारीका तीनैवटा सोमा 'गोर्खापल्टन'ले जादु चलाउन नसकेपछि सो घटाएर एकमा झारिएको छ । ओपनिङको पहिलो दिनमै बलिउड सिनेमा 'गोलमाल ३'ले 'गोर्खापल्टन'का दुई सो रिप्लेस गरिदियो । पहिलो सोमा जम्मा १० जनाले मात्र 'गोर्खापल्टन' हेरेका थिए ।
ललितपुरको मल्टिप्लेक्स ग्वार्कोमा भने 'गोर्खापल्टन'को ओपनिङ प्रतिकि्रया सुखद रह्यो । हलका विकास शाक्यका अनुसार हलका चारै सो लगभग हाउसफूल थिए । २५ देखि ३० वर्षउमेरका अधिकांश दर्शकले गुणमा गोर्खापल्टन हेरे । अष्टनारायाण र गोपीकृष्ण मल्टिप्लेक्समा पनि 'गोर्खापल्टन'को ओपनिङ सन्तोषजनक रहेको हलहरुले जनाएका छन् ।

तिहार पर्वको अफसिजनका कारण चलचित्रले कलेक्सन गर्न नसकिरहेको बेला मोफसलका अधिकांश हलमा भने 'गोर्खापल्टन'ले सुखद ओपनिङ गरेको छ । उपत्यकाभन्दा मोफसल 'गोर्खापल्टन'का लागि राहतपूर्ण हुनसक्छ । प्रशान्त तामाङको लोकप्रियताले कत्तिको दर्शक तान्न सक्छ  पहिलो साता कुर्नैपर्ने हुन्छ ।

 लाहुरे कथा
तेस्रो इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेको फिल्म 'गोर्खा पल्टन' शुक्रबार नेपालभर रिलिज हुने भएको छ। गोपाल भुटानी, सुनिल थापा, कविता आले, रञ्जिता गुरुङ लगायतले अभिनय गरेको यो फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन्।
कार्यक्रमको सिलसिलामा अमेरिका रहेका प्रशान्त फिल्मको प्रचार प्रसार गर्न काठमाडौं आएको निर्माता राजेश वंशलले जानकारी दिए। करिब ६० वटा हलमा फिल्म रिलिज हुने उनले बताए। फिल्ममा लाहुरे जीवन चित्रण गरिएको बंशलको भनाइ छ।

  सस्पेन्स लभस्टोरी
काठमाडौंका हलहरूबाट फिल्म 'गुरु दक्षिणा' उत्रिएको एक सातामै यसका निर्देशक रामराजा दाहालको अर्को फिल्म 'बसमा छैन यो मन' रिलिज हुने भएको छ। यसमा करिश्मा मानन्धर, विराज भट्ट, राजवल्लभ कोइराला, नन्दिता केसीलगायतले अभिनय गरेका छन्। निर्देशक दाहालले फिल्मलाई 'सस्पेन्स लभस्टोरी' बनाउन खोजेको जानकारी दिए।
दुई दिन अघिमात्र फिल्म रिलिज हुन लागेको जानकारी पाएकाले आवश्यक प्रचार गर्न नपाएको गुनासो गरे उनले। 'यहाँ फिल्म कहिले चल्छ र उत्रिन्छ भन्ने नै थाहा हुँदैन। हामीलाई पब्लिसिटीको मौका समेत दिँदैनन्,' दाहालले भने।

निर्देशकको लगानी
निर्देशक मदन घिमिरेको लगानी समेत गरेको फिल्म 'स्वाभिमान' शुक्रबार राजधानी बाहिरका प्रमुख सहरमा रिलिज हुने भएको छ। पोखरा, धनगढी, नारायणघाट, बुटवल लगायतका स्थानमा फिल्म रिलिज हुने घिमिरेले बताए। राजेश हमाल, सुमन सिंह, झरना थापा र सौजन्य सुब्बाले यसमा अभिनय गरेका छन्।
फिल्मको प्रवर्द्धनका लागि पोखरा पुगेका निर्देशकले भने, 'एक्सन र सेन्टिमेन्टलाई जोड दिएका छौं फिल्ममा। आफैंले निर्माण समेत गरेको हुनाले फिल्मको नतिजाबारे धेरै चासो छ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out