मेगामाइन्ड बक्सअफिसमा भारी

एनिमेटेड सुपरभिलियन कमेडी फिल्म 'मेगामाइन्ड'ले यो साता नर्थअमेरिकन बक्सअफिसमा उच्च कलेक्सन गरेको छ । ४७ दशमलव ७ मिलियन अमेरिकी डलरका साथ 'मेगामाइन्ड'ले अग्रता हासिल गरिरहेको टिकट विक्रेताहरुले जनाएका छन् ।

विल फेरेल, टीना फोय, जोना हिल, डेभिड क्रस र ब्राड पिटले स्वर प्रदान गरेको 'प्यारामाउन्ट र डि्रमवर्कस'को कथामा आधारित 'मेगामाइन्ड' अमेरिका र क्यानडाका तीनहजार ९ सय ४४ स्थानका सातहजार ३ सय थिएटरमा प्रदर्शनमा आएको थियो ।

चौंथोसातासम्म पनि यो चलचित्रले नम्बर १ स्थानको अग्रता हासिल गरिरहेको छ । मेगामाइन्डले थ्रीडीको पाइरेसी बिना पनि राम्रो ब्यापार गरिरहेको छ । ६६ प्रतिशत ग्रस कलेक्सन त थ्रीडी प्रदर्शनबाटै भैरहेको छ । जसको ६ प्रतिशत आइम्याक्स थ्रीडीले योगदान दिएको छ ।

यो चलचित्रलाई युवा र महिला दर्शकले रुचाएका छन् । ५२ प्रतिशत दर्शकमात्र २५ वर्षमुनिका र ५७ प्रतिशत महिला रहेको वितरकले गरेको सर्वेक्षणमा उल्लेख छ ।

रोड कमेडी फिल्म 'ड्यु डेट'ले ३३ दशमलव ५ मिलियनका साथ बक्सअफिसमा दोस्रो स्थानमा हासिल गरिरहेको छ । वार्नर ब्रोसले निर्माण गरेको यो चलचित्रले उत्साहजनक ओपनिङ गरेको थियो । टड फिल्प्सले निर्देशन गरेको यो चलचित्रमा रोवर्ट डेनी जुनियर ज्याक गालिफियांकिसको मुख्य भूमिका छ । यसअघि फिल्प्स निर्देशित 'द ह्याङओभर'ले ४५ मिलियन डलर कलेक्सन गरेको थियो ।

लायनगेटले वितरण गरेको अर्को कमेडी चलचित्र 'फर कलर्ड गल्स्र'ले बक्स अफिसमा तेस्रो स्थान कायम गरेको छ । नोत्जेक सेङ्सको १९७५ को नाटकमा आधारित चलचित्रमा निर्देशक टेलर पेरीले प्रशस्त हाँस्यरस प्रदान गरेका छन् ।

४. रेड (७१.९ मिलियन)
५. स थ्रीडी (२८.८ मिलियन)
६. पारानर्मल एक्टिभिटी २  (७७.२ मिलियन)
७. ज्याकास थ्रीडी (११०.८ मिलियन)
८. हियरआफ्टर (२८.७ मिलियन)
९. सेक्रेटरिएट (५१ मिलियन)
१० द सोसल नेटवर्क (८५ मिलियन)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out