१३ वषीया बालिका बलात्कृत

नयाँ पत्रिका -सिराहा, २३ कात्तिक
सात वषीया बालिका बलात्कृत भएको करिब सातापछि फेरि अर्की बालिका बलात्कृत भएकी छन् । ढोढनाकी १३ वषीया एक बालिका बलात्कृत भएकी हुन् । 
ढोढना-३ बस्ने १३ वषर्ीया एक बालिकालाई भदैयास्थित बैरबोनाका २० वषरीय मोहमद रजाकले तीन दिनअघि बलात्कार गरेको तथ्य सार्वजनिक भएको हो । तीन साथीसहित आएका रजाकले ढोढना-२ स्थित खेतमा धान काटिरहेको वेला मुखमा कपडा कोचेर बलात्कार गरेको पीडित बालिकाले मंगलबार सञ्चारकर्मीलाई बताइन् । पीडित बालिकाले भने, 'धान काटिरहेकी थिएँ । तीन साथीसहित आएका मोहमदले खेतभन्दा पर लगेर मलाई बलात्कार गरे ।'
रजाकलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताए । उनीहरूविरुद्ध महिला हिंसा सञ्जालले मंगलबारै कारबाहीका लागि वडा प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएका छन् ।
यसैबीच, जिल्लामा बलात्कारको घटना बढेको छ । सिरहामा योे महिना मात्रै आधादर्जन बलात्कारका घटना भएको छ । घटनामा सात वषर्ीया नाबालिकादेखि २५ वषर्ीय महिलासम्म पीडित बनेका छन् । तर, प्रहरीले अहिलेसम्म घटनाका दोषीलाई अहिलेसम्म कारबाही गर्न सकेको छैन ।
बलात्कार गर्न खोज्ने दुई पक्राउ
प्युठान/ एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार गर्न खोज्ने दुईलाई प्युठान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान तुसाराका जितेन्द्र जिसी र ओखरकोट आरूपाटाका सुभाष खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नारिकोट रातामाटामा घर पोत्ने माटो लिन आएका खुङका दुई युवतीलाई जिसी र खड्काले नियन्त्रणमा लिई जंगलमा लगेर जबरजस्ती बलात्कार गर्न खोजेको पीडितले बताएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out