युवा जोश, सेक्स र धैर्यता

–भिम गौतम
नेपालीमा एउटा भनाई छ–युवायुवती कुकुरको पुच्छर बांगो देखेपनि हास्छन् । यो भन्नुको अर्थ त्यतिबेलाको युवा जोशमा कुन कुरामा हास्ने वा कुन कुरामा हास्न नहुने भन्ने ठम्याई नै हुँदैन । हरेक कुरा र चीजलाई उनीहरूले नौलो रूपमा लिन्छन् । उनीहरूको जोशका अगाडी धेरै बलवान कुराहरू पनि निरिह जस्तै बन्छन् । युवती र युवकहरूबीचको उठवस र कुराकानीले युवावर्गमा ठूलो जोश थपिदिएको हुन्छ । युवकले युवती र युवतीले युवक सामु आफ्नो पौरख देखाउने प्रतिष्पर्धा चल्छ ।
विशेष गरी टीन एजरहरूको यस्तो प्रतिष्पर्धा कलेजमा चल्ने गर्छ तर पढाईमा यस्तो प्रतिष्पर्धा भने कमै युवक र युवतीबीच हुने गरेको छ । धेरै युवक युवती एकान्तमा एक आपसमा माया र पिरतीका कथा व्यथा बुन्नमा आफ्ना मनहरूलाई केन्द्रित गर्छन् । मिलनको छोटो समयमा एक अर्का सामु प्रतिष्पर्धा देखाउने युवक–युवतीको समयसीमा पिरती र प्रेम कथासँगै यौनबारे कुरा गर्नमा वित्न थाल्छ । प्रेमसँगै सेक्स र यौनका तरंगहरूले युवावर्गको मन र मष्तिक्समा डेरा जमाउन थाल्छ ।

 उनीहरूलाई सेक्सबारे एक अर्कामा प्रस्ताव गर्न धेरै समय लागेपनि कलेजका पाठ्यव्रmम, शहरमा देखिने फेशन र गहिराईमा पुगेका हाम्रा प्रेम भावहरूले सेक्सतिर आफ्ना अभियानलाई मोड्न थाल्छन् । कलेज र अन्य संघसंस्थाले गर्ने पिकनिक, सांस्कृतिक कार्यव्रmम, पत्रपत्रिकामा आउने यौनवद्र्धक सामग्री र साथीभाईको जिस्काईसँगै उनीहरू सेक्सबारे कुरा गर्न थाल्छन् । थोरै मात्र विवाह अघिको सेक्स र असुरक्षित सेक्सको विपक्षमा युवक युवती देखिन्छन् ।
 प्रेमसँगै दुवैको मनभित्र सेक्सको भोक तीखो रूपमा जाग्छ र उनीहरूको माया प्रेमलाई जस्तासुकै सच्चा मायाको नाम दिएपनि त्यो यौन तीर्खासँग जोडिन्छ । नेपाली समाजमा प्रेमको नाममा जथाभावी र असुरक्षित रूपमा यौन सम्पर्क गरेका उदाहरणहरू धेरै छन् । जोशमा होस हुँदैन भन्ने भनाई यस्ता युवाहरूमाथि लाग्ने गर्छ ।
जब सेक्सको मज्जामा रुमलिएर रिल्याक्स जीवनसँग आफ्नो यात्रा अघि बढाउँछन् उनीहरूले । उनीहरूलाई गर्भ रहेकोबारे पत्तै हुँदैन । जब गर्भ रहेको पत्ता पाउँछन् अनि उनीहरूबीचको सच्चा प्रेमभित्र द्धन्द्ध सुरु हुन्छ । हाम्रो सामाजिक परम्पराले अझै धेरैलाई प्रेम विवाह गर्ने खुल्लापन दिएको छैन । फ्रि सेक्स त हाम्रो नेपाली समाजका लागि धेरै टाढाको कुरा हो ।
 लुकेर र अरूले थाहा नपाउने गरी हतारमा गर्ने सेक्सले धेरैको जीवन बर्वाद बनाईदिन पनि सक्छ । हामी जब पीडित बन्छौ त्यसपछि मात्र अरूलाई सल्लाह दिन थाल्छौ । गर्भ रहेपछि घर परिवारलाई कन्भिन्स गराउन सके विवाह हुन्छ नत्र युवतीको विचल्ली । धैर्यता र संवेदनशिलताकै अभावले प्रेमभन्दा पनि सेक्सलाई बढी महत्व दिँदै जाने प्रवृत्तिले युवा जोश बोकेका युवायुवतीलाई अप्ठेरोमा पर्छ । आजको एक्काइशौ शताब्दीमा सुरक्षित सेक्स र युवा जोशलाई सुरक्षित तरिकाले अवतरण गर्न नसके सबै मानवलाई अत्याश्वयक मानिने सेक्स नै घातक हुन सक्छ ।
अझै पनि शहर भित्रका सीमित युवावर्गमाझ यौन, सेक्स लगायतबारे खुल्ला रूपमा बहश हुन थालेको छ । अझै पनि धेरै गुपचुप प्रेम र सेक्स गर्नेहरू छन् । युवावर्गको कलिलो मानसिकतालाई उपयोग गरेर भमरा र फुलको सम्बन्ध जस्तै सेक्सलाई बनाउने प्रवृत्ति पनि हाबी भएको छ । मनको कुण्ठाभित्र राख्नुको सट्टा प्रेम र यौनबारे खुल्ला बहश हुनैपर्छ तर बहशको नाममा सानै उमेरदेखि ‘सेक्स’ कार्यलाई दुरूपयोग गर्न हुँदैन ।
 युवा खुलदुलीमा सुरक्षित सेक्सबारे र युवा मनलाई चित्त बुझाउने अभियानमा सचेत युवावर्ग सहभागी हुनुपर्छ । साथीसँग मनका कुरा भन्दा त्यसको प्रभावलाई पनि आकलन गर्नुपर्छ । विभिन्न युवा फोरमलाई यौन, प्रजनन् स्वास्थ्य लगायतबारे राम्रो जानकारी दिन सकिएमा त्यसले समाजमा सकारात्मक परिणाम ल्याउन सक्छ । आजको चुनौती भनेको युवावर्गलाई प्रेम र सेक्सको चक्करभित्र मात्र नघुमाएर राष्ट्र निर्माणमा सहभागी गराउनु हो । सेक्सबारे खुल्ला भएको बहानामा यौनलाई व्यापारमा परिणत गर्ने परम्परा पनि सुरु भैसकेको छ ।
यस्तो अवस्थामा सेक्सबारे जागरुक र यौन अधिकारको पक्षमा वकालत गर्ने धैर्यता भएका युवाशक्तिको भुमिका जरुरी छ । युवकलाई युवतीले र युवतीले युवकलाई आवश्यकभन्दा बढी मन पराउने र चाँडै विछोड हुने परम्पराले बाह्य सेक्स र यसबारेका कुराकानीहरू धेरैलाई खराब लागेको छ । यसैकारण विश्वमै सेक्स र मनीलाई मानव जीवनकै वाधक मानिन्छ तर मानव जीवनलाई अत्यावश्यक सेक्सबारे सकारात्क धारणा बनाउनु आजको आवश्यकता छ ।
सेक्सबारे कुरा गर्दा लजाउने, सबै कुरा कुण्ठित बनाउने र त्यसको रूपम प्रकट हुँदा भयंकर समस्या बनेर निस्कने परम्पराको अन्त्य गर्नु पनि अर्को आवश्यकता बनेको छ । यौन शिक्षा, यौन बारेका जानकारी र सुरक्षित यौन सम्पर्कबारेको जानकारीले मात्र युवायुवतीलाई परिपक्क बनाउन सक्छ । उमेरभन्दा पनि ज्ञान र शिक्षाले सेक्सबारेको वास्तविक शिक्षा दिलाउनुपर्छ । यसबाट युवावर्गले सचेत हुने अवसर पाउँछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out