पूर्वमन्त्री केसीलाई पुलिसको झापड

केपी ढुंगाना, काठमाडौं मंसिर १३ - शुक्रबार, बेलुका नौ वजे महानगरिय प्रहरी प्रभाग कमलपोखरीको कार्यालयमा करिव ६ फुट अग्लो एक ब्यक्ति युवतीसहित ठूलो स्वरमा कराउँदै छिरे। 'क्या हो, एकपटक भनेको सुन्दैन प्रहरीले? तिमीहरुले मैले भनेको नमानेको?, जागिर खान मनछैन कि क्या हो ' भन्दै उनी प्रहरी कार्यालयको ड्युटी अफिरसर सई लिलाबहादुर कुँवर नजिक पुगे। युवती उनको पछिपछि थिइन्। प्रभागका केही प्रहरी लिएर प्रहरी निरीक्षक मिलन केसी गस्तीमा निस्किएका थिए।
केही प्रहरी आराम गर्न व्यारेक छिरिसकेका थिए। ति व्यक्ति अझै कराउँदै थिए, 'विहान आएर सम्झाएको, मलाई नटेर्ने ? म कोहुँ चिनेकै रहेनछन्।' हल्ला सुनेर प्रभागका हवल्दार मेजर तोपनारायण महतो जंगिदै वरिपरी भएका प्रहरीलाई आदेश दिए, ' को हो यो प्रहरी कार्यालयमा आएर थर्काउने यसलाई भाटा हान।' उनको आदेश लगत्तै वरिपरी रहेका प्रहरी ती व्यक्तिमाथि जाइलागीहाले। होहल्ला बढ्दै गयो, प्रहरीको संख्या पनि थपिँदै गयो।
प्रत्यक्षदर्शीका अनुसार व्यारेकमा आराम गरीरहेका केही प्रहरी समेत थपिँदा एक्ला ब्यक्तिलाई कुट्ने प्रहरीको संख्या १० नाघिसकेको थियो। ति प्रौढसँगै आएकी युवती पनि भिडमा मिसिइन, छुटाउन। उनी अगाडि बढे लगत्तै प्रहरी जवान विष्णु राईले गालामा चड्कन लगाइदिए।

कुटिने ब्यक्ति चिच्याए, 'म पूर्व मन्त्री बलबहादुर केसी हुँ'।'  प्रहरीहरु रोकिएर तितरवितर भए। प्रभाग प्रमुख केसीलाई कार्यालयमा भएका घटनाबारे जानकारी भइसकेको थियो। उनी कार्यालयभित्र छिरे। नभन्दै उनको अगाडि प्रभागका प्रहरीवाट कुटाई खाएर थिलथिलो भएको ब्यक्ति थिए नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसी। अनी उनीसँगै रहेकी युवती थिईन उनकी श्रीमती रिना।

प्रहरी स्रोतका अनुसार कमलपोखरीको चारढुंगामा घर बनाउँदै गरेको स्थानमा युवाहरु भेला भएर हैरान बनाएपछि केसीले शुक्रबार विहान कमलपोखरी प्रभागका प्रहरीलाई आफ्नो क्षेत्रमा गस्ती बढाउन आग्रह गरेका थिए। उनले युवाहरुले हल्ला गरेर हैरान बनाएको भन्दै नियन्त्रणका लागी आग्रह गरेपछि प्रहरीले हुन्छ भनेका थिए।

तर, बेलुका घर फर्कदा युवाहरु भेला भएर हल्ला गरिरहेको देखेपछि केसी दम्पत्ति मोटरसाईकल लिएर प्रहरी कार्यालय पुगेका थिए। कांग्रेस नेता रामशरण महतको छोराको पार्टीमा सहभागी भएर फर्किएका केसी प्रहरीले काम नगरेको भन्दै बेलुका कार्यालय पुग्दा पिटिएका थिए।

प्रहरी कार्यालयमा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रिय नेता कुटिएको खवर महानगरिय प्रहरी परिसर काठमाडौंमा रिर्पोटिङ भएपछि एक जना डिएसपी आधा घन्टापछि कमलपोखरी प्रभाग पुगेका थिए। प्रत्यक्षदर्शीका अनुसार डिएसपीले उनलाई नमस्कार गरेर भित्र कोठामा बस्न आग्रह गरे। तर, उनी 'कि मलाई कार्वाही गर्नुस् कि उनीहरुलाई कार्वाही गर्नुस' भन्दै बाहिरै बसेका थिए। प्रहरीस्रोतका अनुसार डिएसपीको आग्रहपछि उनी बल्ल भित्र बस्न तयार भएका थिए। उनले डिएसपी र इन्सपेक्टरसँग गुनासो गरे। 'म पूर्व मन्त्री हुँ भन्दाभन्दै कुटे, मैले के गल्ती गरेको छु र मलाई पिटेको, मेरी श्रीमतीलाई पनि कुट्ने,?'

दुबै प्रहरी अधिकारीले पटक पटक केसीस"ग माफिमागिरहेपनि केसी दम्पत्तिले नमानेपछि प्रहरी अधिकारीले घटनामा संलग्न प्रहरीहरुलाई कार्वाही गर्ने दोहोर्‍याएपछि दुबै शान्त भएका थिए। प्रत्यक्षदर्शीका अनुसार इन्सपेक्टर केसीले घटनाको बेला कार्यालयमा रहेका सबै प्रहरीलाई लाईनमा राखेर पहिचान गर्न लगाएका थिए। नेता केसी दम्पत्तिले आठ जना प्रहरीको पहिचान गरेपछि प्रहरी अधिकारीले उनीहरुलाई कार्वाहीको गर्ने बताएपछि बेलुका करिव एक वजे नेता केसी प्रहरी कार्यालयवाट बाहिरिएका थिए।

काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले प्रहरी नचिनेर सामान्य दुर्ब्यबहार भएको बताए। गुनासो आएलगत्तै प्रहरी उनको घरको क्षेत्रमा गएर गस्ती गरेको बताउँदै उनले भने, 'पछि प्रहरीले उहाँहरुलाई स-सम्मान घरमै पुर्‍याइदिएको थियो।' तर नेता केसीले भने आफु प्रहरी कार्यालय नगएको र आफुमाथि कुनै दुर्ब्यबहार नभएको दावी गरे। नागरिकसँग कुरा गर्दै उनले भने, 'हैन यी सब हल्ला मात्र हुन।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out