नेपालको अस्थिरताले सिंगो एसियामै असर : चीन

हङकङ, मंसिर १३ - चिनियाँ नेताहरुले नेपालको अस्थिरताले चीन र भारत सँगै सिंगो एसियालाई नै असर पुर्‍याउने बताएका छन् ।
नेपाल अत्यन्तै महत्वपूर्ण क्षेत्रमा रहेको बताउँदै उनीहरुले यथाशिघ्र संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सुझाएका हुन् । पूर्व स्थानीय विकास मन्त्री एवं एमाले केन्द्रीय सचिवालयका सचिव युवराज ज्ञवालीको नेतृत्वमा चीन भ्रमणमा रहेको टोलीले सोमबार विहान चिनियाँ उच्चस्तरीय नेताहरु सँग भेटवार्तामा गरेको थियो ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा भएको करिब एक घण्टा लामो भेटवार्तामा चिनियाँ टोलीको नेतृत्व कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयका पोलिटब्यूरो सदस्य हे योङले गरेका थिए । चीनका बरिष्ठ पन्ध्र नेताहरु मध्येका योङ चिनियाँ पोर्टोकलमा उप-प्रधानमन्त्री सरहको हैसियत राख्छन् ।
हे योङको नेतृत्वमा रहेको २१ सदस्यीय टोलीले गत भदौमा गरेको साताव्यापी नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, राष्ट्रपति लगायत प्रमुख दलका नेताहरु सँग भेटवार्ता गरेको थियो । सोमबारको भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टी वैदेशिक विभागका उपमन्त्री आई पिङ पनि सहभागी थिए ।
'शान्ति र स्थिरता विना विकास सम्भव नहुने बताउदै चिनियाँ नेताहरुले दलहरु छिटो भन्दा छिटो मिलेर संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सुझाए,' टोली नेता युवराज ज्ञवालीले भने, 'हामीले वर्तमान राजनीतिक परिस्थितीमा वार्ता, सम्वाद र सहमति अनिवार्य रहेपनि त्यो हुनसकिनरहेको अवस्था सुनायौ ।' चिनियाँ पक्षले नेपालको आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्ने बताउदै विकास र प्रगतिको लागि शुभकामना दिएको समेत पूर्वमन्त्री ज्ञवालीले जनाए ।
वार्तामा सहभागी अर्का एमाले नेता सुर्य थापाले चिनियाँ नेताहरुले नेपालमा कुनै पनि मुलुकको हस्तक्षेप स्वीकार्य नहुने कुरा दोहर्‍याएको बताए । थापा एमाले केन्द्रीय प्रचार विभागका सचिव हुन् । 'नेपालमा हुने हस्तक्षेपले चीनलाई पनि प्रभावित गर्ने बताउदै उनीहरुले त्यस्तो अवस्था आए चीन चुप लागेर नबस्ने बताए,' सचिव  थापाले भने, 'चिनियाँ पक्षले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे अत्यन्तै मसिनो गरि बुझ्न चाहे ।'
राजनीतिक दलहरु मिलेर राजतन्त्रको अन्त्य गरेजस्तै गणतन्त्रलाई  संस्थागत गर्न पनि दलहरु मिल्नुको विकल्प नरहेको कुरामा चिनियाँ पक्षले जोड दिएको थियो । छलफलमा नेपालप्रति चिनियँा चासो निकै बढेको आभास मिलेको बताउदै टोलीको नेतृत्व गरिरहेका सचिव युवराज ज्ञवालीले चीनले नेपालको हरेक बदलिदो परिस्थितीलाई गम्भीर रुपमा नियालिरहेको बताए ।
मंसिर ६ मा समेत एमाले भ्रमण टोलीले  वैदेशिक विभागका उपमन्त्री आई पिङ लगायतका नेतासँग चारघण्टा लामो छुट्टै भेटवार्ता गरेको थियो । करिब एक महिनाअघि मात्र सांघाई भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि आई पिङले भेटवार्ता गरेका थिए । पिङको टोलीले एमाले नेताहरुसँगको कुराकानीमा चीन सबै दलहरु सँग समदुरीको सम्बन्ध राख्न चाहेको बारे आश्वस्त पारेको थियो । नेता आई पिङ नेपालबारे राम्रो जानकार मानिन्छन् ।
एमाले टोलीले भ्रमणमा क्रममा युवा संगठन विस्तार, चीनको राजनीतिक इतिहास लगायतकाबारे समेत छलफल र अध्ययन गरेको एमाले विदेश विभाग सदस्य उदय राज पाण्डेले बताए । भ्रमण टोलीमा केन्द्रीय संगठन सचिव ज्ञान बहादुर भुजेल, एमाले पार्टी अध्यक्षका निजी सचिवालय सचिव निर्मल भट्टराई, दार्चुला जिल्ला कमिटीका अध्यक्ष गणेश सिंह ठगुन्ना, राम राना मगर,  पवित्रा निरौला, हरि बहादुर राई र लक्ष्मण लम्साल छन् ।
मंसीर ५ गते चीन भ्रमणमा निक्लिएको टोली बुधबार हङकङ हुदै नेपाल फर्कने कार्यक्रम छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out