एक्लै विवाह

ताइवानको एक कार्यालयमा कार्यरत ३० वर्षीया चेन वि-वेले आफ्नो विवाहको घोषणा गर्दै साथीहरूलाई निम्तो दिइन् । ३० जना घनिष्ठ मित्रलाई भोजको निम्तो दिएर चेन एक्लै विवाहस्थलमा पुगिन् । उनी एक्लै आएको देखेर निम्तालुहरू  छक्क परे । उनले निम्तालुहरूको कौतूहलता शान्त पार्दै आफूले आफैंसँग विवाह गर्न लागेको घोषणा गरिन् । उनको कुरा सुनेर निम्तालुहरू हाँसे पनि उनले आफ्नो समस्या भने तत्काल भनिनन् ।

एसियाली मुलुकमा अझै पनि विवाह गर्न विपरीतलिङ्गी नै चाहिने मान्यता छ । आफूसरहका सबै साथीले विवाह गरेपछि आफूलाई पनि विवाह गर्ने रहर लागेको तर पुरुष जीवनसाथी पाउन नसकेपछि आफैंले आफैंसँग विवाह गर्नुपरेको  उनले बताइन् । चेनले भनिन्- 'मेरो पढाइ राम्रो छ, मसँग कामको अनुभव पनि छ । पुरुष जीवनसाथी नपाउनु अरू युवतीहरूमा पनि देखा पर्ने समस्या हो । त्यसैले पनि मैले आफैंले आफैंसँग विवाह गर्ने निर्णय गरें ।' उनले आफ्नो  विवाहका तस्बिर फेसबुकमा अपलोड गरेपछि एसियाली महिलाहरूले सकारात्मक रूपमा प्रतिक्रिया दिएका छन् । एक सुभेच्छुकले लेखेकी छन्- 'हामीले पहिले आफैंलाई प्रेम गर्न सिक्नुपर्छ अनि मात्र हामी अरूलाई प्रेम गर्न सक्छौं ।'  विवाहपछि चेनले आफ्नो एकल हनिमुन अस्ट्रेलियामा बिताउने बताएकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out