“मा'वादी खतरनाक खेल खेल्दैछ”

सूर्यबहादुर थापा, पूर्वप्रधानमन्त्री
नेपालमा बढ्दै गएको चिनियाँ चासोलाई कसरी हेर्नुभएको छ?
नेपालमा राजसंस्था हुँदाको एकखालको चिनियाँ भूमिका राजसंस्था गइसकेपछि बदलिएको छ। चिनियाँ डेलिगेशनहरू निकै बढेका छन्। यताबाट चीनमा हुने भ्रमण पनि बढेको छ। मा'वादी नेताहरूको भ्रमण त अचाक्ली नै बढेको छ।
विश्वकै प्रमुख शक्ति बन्ने आकाङ्क्षाले अघि बढेको चीनको छिमेकमा स्वाभाविक रूपमा बढी प्रभाव भइहाल्छ। सशस्त्र क्रान्तिको बाटोबाट आएको चीन शुरुमा कमजोर थियो, त्यसैले पहिले चिनियाँहरू आफैंलाई बनाउनतिर लागे। आज आर्थिक समृद्धिले ठूलै शक्ति आर्जन गरिसकेका कारण उनीहरू विकसित मुलुकहरूमा समेत सहयोग र सहकार्यको हात बढाउन थालेका छन्। नेपालमा समेत यसकै प्रभाव देखिएको हो, जसलाई चीन एउटा समृद्धिको तहमा पुगिसकेपछिको अवस्थाको प्रतिविम्बका रूपमा बुझनुपर्छ।

नेपालमा चिनियाँ चासो बढ्नुको अर्को मुख्य कारण उसको स्वशासित क्षेत्र तिब्बतको सुरक्षा संवेदनशीलता पनि हो। तिब्बत मामिलामा नेपाल र भारतप्रति होइन, पश्चिमा राष्ट्रहरूको नेपालमा बढ्दो चलखेलप्रति चीन अलि बढी नै सशङ्कित र चिन्तित छ। नेपालमा राजसंस्था रहँदासम्म चिनियाँहरू तिब्बतको सुरक्षालाई लिएर ढुक्क थिए। हुन त त्यसपछिका सरकारले पनि त्यस्तै प्रतिबद्धता दोहोर्‍याएका छन्, तर यहाँका सरकार, राजनीतिक दल र राज्यका अङ्गहरूको लथालिङ्ग अवस्थाले गर्दा तिनको ध्यान उत्तरी सीमासम्म पुग्नसकेको छैन भन्ने चिनियाँ बुझाइ छ। राजसंस्था र खासगरी पञ्चायतलाई विश्वासिलो मित्र ठानेका चिनियाँहरूले २०४६ सालपछिको परिवर्तनलाई गार्ड चेन्जको रूपमा बुझ्ेका थिए, तर अहिले यहाँको अवस्था गार्डविहीन जस्तै भएको छ भन्ने उनीहरूको ठम्याइ देखिन्छ।
चिनियाँहरू नेपालमा सक्रिय भएकै हुन्? भौगोलिक रूपमा भारतसँग हाम्रो जति सहज सम्बन्ध छ, उत्तरी हिमालयले गर्दा चीनसँग उत्तिकै अप्ठ्यारो छ। आज उत्तरतर्फबाट सडकहरू खुले पनि हाम्रो प्राकृतिक प्रवाह भारततिरै छ। नेपाल जातिको उत्पत्ति, सांस्कृतिक-सामाजिक सम्बन्ध, भाषा आदि कुराले पनि भारतसँग हाम्रो निकटता छ। बुद्धधर्मले निकट ताने पनि चिनियाँहरू वेग्लै मुलुकका जस्ता लाग्छन्। यसो भन्दैमा हामीले चीनलाई अलग छिमेकीको व्यवहार गरेका छैनौं। चीनप्रतिको नेपाल नीति फेरिएको छैन।
सरल र जथाभावी नबोल्ने शान्त एवं स्थायी चरित्र चिनियाँहरूको पहिचान हो। मेरो एउटा अनुभव छ। भारतसँगको सम्बन्धमा खटपट शुरु भएपछि राजा महेन्द्रले आपूर्ति व्यवस्था लगायतमा आइलागेको कठिनाई सुल्झ्ाउन चिनियाँ सहयोग खोजिरहेका वेला अर्थमन्त्रीका रूपमा मैले चिनियाँ क्रान्तिको २५ औं वर्षगाँठ समारोहमा सहभागी हुने मौका पाएको थिएँ। त्यसवेलाका चिनियाँ विदेशमन्त्री चेन ई लगायतका वरिष्ठ नेताहरूले भनेका थिए, “भौगोलिक कारणले गर्दा जे-जस्तो भए पनि भारतसँग राम्रो सम्बन्ध बनाएर बस्नुपर्छ। अरुणाचललाई लिएर लडाईं भए पनि हामी भारतसँग बेस्ट अफ द रिलेशनमा छौं भने तपाईंहरू पनि त्यही गर्नुस्, नेपालको उन्नतिका लागि योभन्दा अर्को विकल्प छैन, राजालाई पनि यही भनिदिनुस्।” हाम्रो यस्तो बाध्यता चिनियाँहरूले नै बढी बुझ्ेका छन्।
नेपालमा भारत, चीन दुवैको चासो छ। छिमेकीलाई सहयोग गरौं भन्ने एउटा पाटो होला। तर यसमा उनीहरूको आ-आफ्नै स्वार्थ पनि गाँसिएको छ, जुन मुख्यतः सुरक्षासँग सम्बन्धित छ। नेपालमै आएर शासन गर्न चीन, भारत कोही चाहँदैनन्। तर, सुरक्षा संवेदनशीलताले सीमा नाघ्न थाल्यो भने उनीहरूले आफ्नो सुरक्षाका लागि जे पनि गर्न सक्छन्। तर, त्यस्तो अवस्था आइसकेको चाहिँ छैन।
उनीहरूको सुरक्षा संवेदनशीलतामा ध्यान नदिनुमा हाम्रा पनि कमजोरी छन् कि?
हिजो हाम्रो विदेशनीतिमा एकरुपता थियो, आज स्पष्टता छैन। मुलुकको विदेशनीति र छिमेकीप्रतिको दृष्टिकोण प्रस्ट भए न आपसी सम्बन्धमा विवाद उठ्छ, न छिमेकीहरू सशङ्कित नै हुन्छन्। हामीले कुनै पनि छिमेकी राष्ट्रको हितमा धक्का पुग्ने काम गर्नुहुन्न। होइन भने त गिभ एण्ड टेकको कूटनीति अख्तियार गर्नुपर्‍यो नि!
नेपालमा बढ्दो चिनियाँ चासोको अर्थ मा'वादीलाई च्याप्न खोज्नु त होइन?
चीनले नेपालमा भिन्नभिन्न पार्टी र शक्तिलाई समातेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको देखिँदैन। ऊ नेपालमा बलियो र स्थायी राजनीतिक शक्ति चाहन्छ। हिजो यही कारणले राजसंस्थालाई सहयोग गरेको चीनले राजसंस्थावाहेक अन्य शक्ति खोजेर हिँडेन। आज उसले त्यो ठाउँमा रिक्तता महसुस गरेकाले बलियो, विश्वासिलो शक्तिको खोजी गरिरहेको वा त्यस्तो शक्ति कोही नदेखिएकाले वाच गरिरहेको हुनसक्छ। यस्तो अवस्थामा उसले आफ्नो हितको रक्षा गरिदिने सेफगार्डको खोजीमा कहिले कसलाई कहिले कसलाई समाते जस्तो देखिन सक्छ। मा'वादीलाई पनि विश्वास गरिहालेको होइन, विश्वासिलो शक्ति हुनसक्छ कि भनेर जाँच्न खोजेको मात्र हो।
तर, नेपालमा मा'वादीले आर्जन गरेको शक्ति त्रासमा आधारित छ। अहिलेलाई ठूलो दल भए पनि ऊ हतियारमा विश्वास गर्ने विद्रोही शक्ति हो। हिजो सशस्त्र क्रान्तिकै बाटो रोजे पनि चीन आज त्यो पहिचानबाट निकै टाढा पुगिसक्यो। नेपाली समाज पनि विद्रोही स्वभाव पछ्याउने प्रकृतिको हुँदै होइन। नागरिक पार्टी नबनेसम्म मा'वादी अस्थिर रहिरहन्छ। अस्थिर शक्तिलाई च्यापेर चीनलाई के फाइदा होला र?
भारतसँग मा'वादीको सम्बन्ध कसरी बिग्रियो?
२००७ सालको परिवर्तनपछि पनि मुलुकमा उग्र राष्ट्रवादको नारा लगाउने पार्टी अरू पनि थिए, तर आफैं हराए। सत्तामा पुगेपछि मा'वादीले मुलुकका आधारभूत कुरामै आक्रमण गर्‍यो। पशुपतिका पुजारी प्रकरणमा धर्ममाथि हमला र सेनामाथि आक्रमण गरियो। त्यतिञ्जेलसम्म भारतले मा'वादीलाई दिएको शङ्काको लाभ यी घटनाक्रमले तोडिदिए।
नेपालको भूगोलमा अब अतिवादी सोचले काम गर्दैन। आज भारतको सत्तोसराप गरिरहेको पार्टीले कहाँ जन्मिएँ, कहाँ हुर्किएँ र यहाँसम्म ल्याइपुर्‍याउने १२ बुँदे समझ्दारी कहाँ भएको थियो भनेर हेर्नुपर्थ्यो। जुन जराबाट ऊ राजनीतिक शक्तिका रूपमा उदायो, त्यसैमाथि हिर्काउनु कालीदास मानसिकताकै निरन्तरता हो। मा'वादीलाई हामीले भन्नैपर्छ― पहिले छिमेकीसँग राम्रो सम्बन्ध कायम गरेर आफ्नो उन्नति गरौं, त्यसपछि जति कुर्ले पनि हुन्छ।
भारतसँग मा'वादीको सम्बन्ध बिग्रँदा के हुनसक्छ?
दशैं अगाडि सोलुखुम्बुमा भारतीय राजदूत राकेश सुदमाथि आक्रमण भयो। मा'वादीका नेताहरूले चीनको विरोध गर्न आएकाले विरोधस्वरुप यसो गरेको बताए। तर, यो घटनाबाट मा'वादीले उत्तरी भेगमा भारतीय अधिकारीहरूलाई नआऊ भनेर घुमाउरो पाराले यो चीनको प्रभावक्षेत्र हो भन्ने सन्देश प्रवाह गरेको छ। भोलि चिनियाँ राजदूत तराईका जिल्ला घुम्दा यस्तै आक्रमण भयो भने के होला?
हिजो जातीय रङ दिएर मुलुकलाई विभाजित गरेको मा'वादीले सोलु घटनाबाट नेपाललाई अन्तर्राष्ट्रिय रूपमै विभाजित गराउने दुष्प्रयास गरेको छ। यसले नेपालको उत्तरी भेग चीन र दक्षिणी भेग भारतको प्रभावक्षेत्र हो भन्ने जस्तो सन्देश प्रवाह भएको छ। यो निकै खतरनाक कुरा हो। वेलैमा ध्यान नदिए यसले ठूलो रुप लिन सक्छ। जनता नै बाँडिए भने त्यसलाई कसले रोक्न सक्छ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out