चार्ल्स शोभराज छुटाउनेलाई ५ करोड

काठमाडौं । लस्कर ए तोयवा' नामक अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग नेकपा माओवादीको सम्बन्ध रहेको भन्ने सूचनासहितको एक गोप्य प्रतिवेदन भारतीय सुरक्षा एजेन्सीमार्फत् नेपाल सरकारलाई काठमाडौंस्थित भारतीय दूतावासले बुझाएको खुलासा भएको एक साता पनि नबित्दै अन्तर्राष्ट्रिय आतंकवादी र अपराधीहरूले सेन्ट्रल जेलको गोलघरभित्रबाट पाकिस्तान, अफगानिस्तान तथा भारतको मुम्बई र दिल्लीमा रहेका अलकायदा र दाउद गिरोहसँग सम्बन्धित आतंकवादीहरूसँग मोबाइल सम्पर्क गरेका छन्। अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजले आफ्नी प्रेमिका निहिता विश्वासको सहयोगमा खानेकुरा भित्र राखेर मोबाइल हात पारी आफूलाई जेलबाट भगाउनेलाई ५ करोड दिने पूर्व योजना अनुरूप भारत र नेपालका 'अन्डर वर्ल्ड' डनहरू र माओवादीका एक जना नेता तथा आफ्ना वकिल निहिता विश्वासकी आमा सकुन्तला थापासँग वार्तालाप गरेका छन्। सकुन्तला थापा चार्ल्स शोभराजको वकिल मात्र नभएर माओवादी संगठनसँग पनि आवद्ध रहेकी छन्। यसलाई संयोगमात्र होइन अर्थपूर्ण मानिएको छ। जाली नोट र अवैध हातहतियारको कारोबारमा संलग्न रही सेन्ट्रल जेलमै रहेका दाउद गिरोहका अर्का सदस्य मानिने युनिस मियाँले पनि एकैसाथ अर्को मोबाइलबाट कश्मिर, पाकिस्तान र तराईका जिल्लाहरूमा रहेका 'लस्कर ए तोयवा' र दाउद गिरोहका व्यक्तिहरूसँग सम्पर्क गरेको जेलस्रोतको भनाइ छ। जेलस्रोतका अनुसार यसअघि पनि पटकपटक अन्तर्राष्ट्रिय अपराध गिरोहसँग सेन्ट्रल जेलभित्रबाट उल्लेखित व्यक्तिहरूले सम्पर्क राखेको बताइन्छ। यस सम्बन्धमा जेल प्रशासनले गृह मन्त्रालय र अपराध अनुसन्धान विभागलाई थप छानविन गर्न जानकारीसहितको पत्र पठाएको छ। सेन्ट्रल जेलका डीएसपी वीरेन्द्र बस्यालसँग सम्पर्क राख्दा मोबाइल बरामद गरेको स्वीकार गर्दै यस सम्बन्धमा विभागीय छानविन भइरहेको बताए। अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूसँग सम्बन्ध राख्ने चार्ल्स शोभराज र युनिस मियाँसँग मोबाइल, प्रहरी र जेल प्रशासनले नियुक्ति गरेका नाइके चौकीदारहरूकै माध्यमबाट पुगेको दाबी जेल स्रोतको छ। यसअघि प्रहरी प्रधान कार्यालयको 'एन्टी टेरोरिस्ट सेल' ले जेलभित्रका अपराधीहरूको मोबाइल सम्पर्कमाथि निगरानी राख्ने उपकरण जडान गरे पनि सो उपकरणलाई समेत 'चकमा' दिँदै अपराधीहरूले अन्तर्राष्ट्रिय सम्पर्क गर्न सफल भएका छन्। विशेष स्रोतका अनुसार 'लस्कर ए तोयवा'सँग सम्बन्ध राख्ने पाकिस्तानी नागरिक मोहम्मद खुलान सज्जाद –पासपोर्ट नं. २१७९९३ एई ५५७२८४१) सँग ठमेलको नाम खुल्न नसकेको एक गेस्टहाउसमा सम्पर्क गरिएको छ। स्रोतका अनुसार पाकिस्तानको कराँचीमा भतिजीको विवाहमा एक साताअघि देखा परेका दाउदसँग पनि युनिस मियाँ र उनका अर्का सहयोगीले मोहम्मद सञ्जादमार्फत् पाकिस्तानमा कुराकानी गरेका छन्। 'लस्कर ए तोयवा'का लतीफ खानसँग पनि मोबाइल सम्पर्क भएको बताइन्छ। नेपालका माओावदी र भारतीय माओवादीको 'लस्कर ए तोयवा' सँगको सम्पर्कलाई ध्यानमा राख्दै भारतीय सुरक्षा एजेन्सी र भारतको केन्द्र सरकारले मुम्बई र दिल्लीमा आतंकवादी हमला हुन सक्ने भन्दै उच्च सैन्य सुरक्षा यसै साता मिलाएको छ। नेपालका सुरक्षा निकायहरूलाई पनि माओवादीका सैन्य क्याम्प र लडाकु तथा माओवादी नेता प्रचण्ड, मोहन वैद्य र डा. बाबुराम भट्टराईमाथि कडा निगरानी राख्न अनुरोध गर्दै आतंकवादी हमलाको चपेटामा नेपाल पनि पर्न सक्ने गोप्य सूचना सरकारलाई दिएको छ। एक उच्च कुटनैतिक सुरक्षा स्रोतका अनुसार ६ महिनाअघि भारतीय सेनाको ६ बाकस विस्फोटक पदार्थले भरिएको आरडीएक्स र युरेनियम भारतीय माओवादीहरूले गायब गरेर नेपालको सीमावर्ती क्षेत्रबाट माओवादी प्रभावित क्षेत्र रोल्पाको दुर्गम ठाउँमा पुर्‍याएर लुकाएको बताइन्छ। भारतीय सुरक्षा अधिकारीहरूले घटनाको पुष्टि गर्दै यसमा छानविन भइरहेको सार्वजनिक भइसकेको छ। उक्त कुरा भारतीय प्रहरीका डीआईजी मानसिंहले यस प्रतिनिधिलाई बताएका छन्। पूर्व सोभियत संघ र हाल रुसका विघटित गुप्तचर संस्था केजीवीसँग आवद्ध रहेका एक उच्च कुटनीतिज्ञले नेपालमा सोभियत संघमा प्रजातन्त्र आउँदा अन्तर्राष्ट्रिय आतंकवादीहरूको चलखेल, अवैध हतियार र लागूऔषधको कारोबारमा वृद्धि र विदेशी हस्तक्षेपपछि शान्ति सुव्यवस्था कायम गर्न नसक्दा परेको प्रभाव ठ्याक्कै नेपालको वर्तमान परिस्थितिसँग मिलेको विश्लेषण गर्दै नेपालका माओवादीहरूले खतरनाक खेल खेल्न थालेको बताएका छन्। साथै उनले नेपालमा आतंकवादको खतरा बढेर गएकोतर्फ राजनैतिक दलका नेताहरूलाई भेटेर सचेतसमेत गराएका छन्। यतिबेला नेपालमा अवैध हतियारको कारोबारमा चीन, नेपाल र अमेरिका र भारतका दलालहरू उच्चस्तरीय रूपमा सक्रिय रहेको पाइएको छ। हतियारको दलालीमा चिनियाँ नागरिक बुलि झिङ, असिम खत्री, शम्भु भारती रहेको बताइन्छ। नेपालमा अहिले सरकार विद्रोही दुवैलाई हतियार दलालहरूले कमिशनका लागि वैद्य अवैध रूपमा भूमिका निर्वाह गरेको बताइन्छ। ३ करोड ३३ लाखका विभिन्न प्रकारका हतियार ३३ प्रतिशत कमिशन खाएर चीनाट नेपाल ती दलालहरूले भित्र्याएका छन्। के उद्देश्य र किन ती हतियार नेपाल भित्रे सो भने थाहा हुन सकेको छैन। यद्यपि भारतीय माओवादी बिहार फोर्स, पञ्जावको आतंकवादी संगठन बब्बर खाल्साबाट नेपालको बाटो चिनिया हतियार भारत पुग्नुलाई भारतीय सुरक्षा निकायले गम्भीरतापूर्वक लिँदै नेपाल सरकारसँग गम्भीर आपत्ति जनाएको छ। एक उच्च सैन्य स्रोतका अनुसार भारतीय गुप्तचर संस्था 'रअ'ले नेपालका माओवादीका कारण भारतको सुरक्षामा गम्भीर असर परिरहेकाले विश्व मानचित्रबाट छिमेकीको नक्सा बदल्नु पर्ने आवश्यकतासहितको सुझाव भारतको केन्द्र सरकारलाई बुझाएको छ। यसैको सुइको पाएर नै माओवादीले राष्ट्रिय युद्ध लड्ने तयारी गर्न आफ्ना लडाकु र पार्टी कार्यकर्ताहरूलाई निर्देश गर्दै भारतलाई प्रमुख शत्रु ठहर गर्नुको कारण रहेको स्रोत बताउँछ। एक माओवादी केन्द्रीय नेताले नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारीअनुसार पहिले हतियारको 'डिलिङ' भारतीयमूलका दलालसँग हुन्थ्यो भने अहिले भारतसँगको सम्बन्ध बिग्रिएका कारण चिनियाँ, अमेरिकी र पाकिस्तानी मुलुकका वैधानिक कारखानाका दलालहरूसँग अवैध हतियारको 'डिल' हुने गरेको छ। जसमा भारतका माओवादीले पनि हतियार लग्छन्। त्यसमा दलाली गर्नेले कमिशन खाने गरेका छन्। ती माओवादी नेताले हतियार खरिदका क्रममा आउने कमिशन हतियारको प्रकृति मूल्य र मात्रामा हेरेर ३ प्रतिशतदेखि ३३ प्रतिशतसम्म हुने बताए। नेपाल र भारतका माओवादीले धेरैजसो हतियार पाकिस्तान, चीन, बंगलादेश, बर्मा, कम्बोडिय, अफगानिस्तान, र श्रीलंकाबाट समेत अवैध रूपमा विभिन्न बाटो भएर ल्याउने गरेका छन्। हातहतियार कारोबारमा संलग्न भई थुनामा रहेका नाम उल्लेख गर्न नचाहने सेन्ट्रल जेलमा रहेका दाउद गिरोहसँग आवद्ध एक दलालका अनुसार ५० प्रतिशत हतियार दलालमार्फत् नेपालका माओवादीले किनेर बेचेको कमिसन खाएर भारतीय माओवादीलाई बेचेका छन्। १९ प्रतिशत हतियार स्थानीय गुन्डाहरूले किनेर व्यक्तिगत रूपमा प्रयोग गर्ने गरेका छन्। अहिले नेपालमा चीन, अमेरिका, इटाली, बेल्जियम, बेलायत, इजरायल, दक्षिण कोरिया, जर्मनी, चेचेनिया, किर्गिस्तान, ताजकिस्तान र पाकिस्तानसम्मका अवैध हतियार नेपालमा माओवादी, अपराधिक समूहबाट फेला परेका छन्। अहिले भारतमा माओवादीले तिनै हतियार प्रयोग गरेको पाइएको छ। भारत र पाकिस्तानबीचको सम्बन्ध राम्रो हुन नसक्दा र नेपालका माओवादीको भारतसँगको सम्बन्धमा देखिएको चिसोपना तथा भारतका विद्रोहीहरूका कारण नेपाल अहिले अन्तर्राष्ट्रिय अवैध हतियारको केन्द्र बन्दै गएको छ । खुल्ला सिमाना, कमजोर सुरक्षा व्यवस्था, अस्थिर राजनीति र कमजोर कानुनी व्यवस्थाका कारण विश्वमै धेरै हतियार उत्पादन गर्ने मुलुकमध्येको विशाल छिमेकी चीनको अवैध बाटो हुँदै नेपाल हतियार छिर्नु र नेपालबाट खुल्ला सिमाना रहेको भारतका विद्रोही, आतंकवादी र अपराधिक गिरोहसम्म हतियार पुग्नुले सार्वजनिक सुरक्षाका दृष्टिले मात्र नभई नेपालकै सुरक्षामाथि थप चुनौती देखा परेको छ। हतियार तस्करीमा संलग्न जेलमा रहेको एक उच्च स्रोतका अनुसार चीनबाट नेपाल भित्रिने हतियार प्रायः खेलौना र कपडामा तातोपानी नाका हुँदै भक्तपुर, कोटेश्वर, कालिमाटी, कलंकी आदि क्षेत्रमा रहेका गोदामहरूमा लुकाएर त्यहाँबाट नेपाल र भारतमा विक्री वितरण गरिने गरिएको छ। नेपालमा सबैभन्दा बढी अवैध हतियार माओवादीसँग रहेको स्रोतका दाबी छ। स्रोतका अनुसार माओवादीसँग पहिले ५७ हजार हतियार थिए भने अहिले माओवादीसँग पेस्तोलदेखि आधुनिक हतियार १ लाखभन्दा बढी झन्डै ९० करोड रूपैयाँभन्दा बढीको लुकाएर राखिएको छ। जसमा राज्यको पहुँच मात्र होइन युएनको समेत पहुँच पुगेको छैन। हतियारको अवैध कारोबारसँग आवद्ध जेलस्रोतका अनुसार ६ अर्ब बराबरको अवैध हतियारको 'डिल' अमेरीकी र चिनियाँ दलालमार्फत् नेपाली माओवादीले ९ महिने शासनकाल र भारतसँग सम्बन्ध बिग्रिएपछि खरिद गरेर विभिन्न गोप्य अखडाहरूमा राखिएको बताइन्छ। अहिले राजधानी काठमाडौंमा 'अन्डर वर्ल्ड' डन छोटा राजन समूह र दाउद इब्राहिम समूहले सेन्ट्रल जेल, नख्खु जेलबाट हतियारको कारोबार सञ्चालन गरिरहेको बताइन्छ। अपराधिक समूहले २१ प्रतिशत कमिशन लिएर स्थानीय दादा र गुन्डा तथा पूर्वमाओवादी लडाकुहरूमार्फत् पनि हतियार खरिद बिक्री अवैध रूपमा गरिरहेको पाइएको छ। स्थानीय दादा र डनका नामले चर्चित गुन्डाहरू जेलमा भए पनि कारोबारमा कुनै कमी आएको छैन। स्थानीय 'डन'का नामले चर्चित चक्रे मिलनका दाइ तेजेन्द्र गुरुङ ७ वटा मुद्दामा सफाइ पाएर रिहा हुनु र अर्का डन राजु गोर्खाली पनि रिहा हुनुलाई अर्थपूर्ण मानिएको छ। अपराध जगतको दुनियाँमा प्रहरीकै कतिपय उच्चस्तरीय व्यक्ति र डाक्टर तथा मन्त्रीहरूको संलग्नताबारे बारम्बार विभिन्न घटनामा देखिनुले अन्तर्राष्ट्रिय अपराधिक समूह र आतंकवादीहरूको जालो नेपालको अपराध बजारमा अत्याधुनिक अवैध हतियारको व्यापार राजनैतिक संरक्षणमा मौलाउँदै छ। माओवादी मात्र होइन, जग्गा दलालदेखि पाकेटमार र दादाहरूसमेत हतियारले सुसज्जित छन्। त्यसको फाइदा अन्तर्राष्ट्रिय अपराधिक समूह र आतंकवादी संगठनहरूले लिइरहेका छन्। माओवादीले द्वन्द्वकालमा प्रयोग गरेका हतियार सबै प्रमाणीकरणको दायरामा नआउनु र गृहयुद्धबाट राष्ट्रिय स्वाधिनताका नाममा अर्को युद्धको तयारी गर्न भन्दै हतियार संकलन गरेर भारतलाई प्रमुख शत्रुका रूपमा राखेर भारतीय माओवादी र लस्कर ए तोयवासँगको सम्बन्ध स्थापित गर्नुले अवैध हतियारको कारोबारमा व्यापकता आएको प्रस्ट हुन्छ। विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार 'लस्कर ए तोयवा'सँग आवद्ध पाकिस्तानी नागरिक (पासपोर्ट नं. सी ९४१६४७) नेपालमा पाकिस्तानबाट आरडीएक्स र नक्कली भारु नोट र हतियारका मुख्य कारोबारी हुन्। त्यस्तै दाउद गिरोहका दिलीप टन्डन, टाइगर मेमन मक्सुद लाला, अबु अब्दुल रहमान, विलाल हास्मी, जोन खान र लियाकद अलि, नेपाल र भारतमा भारतीय जाली नोट, अवैध हतियारको कारोबारका मुख्य सञ्चालक हुन्। अवैध हतियारको कारोबारमा स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको छोटा राजन समूहसँगको संलग्नता र अवैध हतियार कारोबारमा संलग्न डा. प्रभात कुशवालाई मन्त्री निवासमै संरक्षण दिनुले अवैध हतियारका कारोबारी र अन्तर्राष्ट्रिय आतंकवादीहरूको पहुँच कहाँसम्म पुगेको छ भन्ने कुरालाई यो दृष्टान्तले अझ प्रस्ट पार्छ। दृष्टि साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out