जिरो फिगर जरुरी छैन

बलिउडमा अभिनेत्री करिना कपुरको जिरो साइज फिगरले निकै वाहवाही कमायो। जसले गर्दा बलिउडमा जिरो साइज फिगर बनाउने चलन फेसनकै रूपमा देखापर्‍यो। तर, अर्की अभिनेत्री कैटरिना कैफलाई भने जिरो साइज फिगरप्रति कुनै रुचि छैन रे।
प्रदर्शोन्मुख फिल्म तीस मार खाँको शिला की जवानी बोलको गीतमा आफूलाई निकै ग्ल्यामरस रूपमा प्रस्तुत गरेकी कैटरिनाले आफूलाई सो गीतका लागि जिरो फिगरमा ल्याएको चर्चा पनि चलेको छ। तर, उनी यो कुरा स्विकार्दिनन्। भन्छिन्, ‘मलाई लाग्छ कि मेरो उचाइ जति छ, त्यस हिसाबमा मैले जिरो साइजको फिगर हासिल गर्नै सक्दिनँ। त्यसमा पनि मलाई जिरो साइजप्रति कुनै रुचि छैन। म जे छु, ठीक छु। मलाई त्यसको जरुरी पनि छैन।’
शिला की जवानीमा आफूले उत्तेजक कपडा नलगाएको दाबी उनले गरेकी छिन्। बरु गीत बिन्दास पाराको भएकाले खुलेर डान्स गरेको बताएकी छिन्। उनको भनाइ छ, ‘मैले त्यो गीतमा उत्तेजक डे्रस लगाएकी छैन। गीत बिन्दास भएकाले खुलेर डान्स गरेकी छु।’ फिल्मकी निर्देशक फराह खानले पनि सो गीतमा कैटरिनाले कडा मिहिनेतका साथ डान्स गरेको बताएकी छिन्। उनका अनुसार कैटरिनाले शिला की जवानीका लागि घन्टौँ रिहर्सल गर्थिन्। यतिसम्म कि उनी घर जान पनि मान्दिनथिन्। जसकारण उनलाई जबर्जस्ती घर पठाउनुपर्दथ्यो। कैटरिनालाई उनका अघिल्ला फिल्ममा कुनै निर्देशकले पनि तीस मार खाँमा जस्तो नौलो लुकमा प्रस्तुत गर्न नसकेको दाबी निर्देशक फराहको छ।
एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out