एयरहोस्टेस पेजेन्टमा हिरोइन

ब्यूटी पेजेन्ट टाइटल जितेकाहरु धमाधम हिरोइन बन्ने क्रम जारी छ । नवनायिका काजोल खड्का भने हिरोइन बनिसकेर मिस एयरहोस्टेस पेजेन्टको प्रतिस्पर्धामा होमिएकी छिन् ।

शनिबार राष्ट्रिय नाचघरको र्‍याम्पमा हुने 'ग्रान्ड फिनाली'मा आकर्षक लुक्सकी काजोलले बिरालु चालमा क्याटवाक गर्नेछिन् ।

बद्री अधिकारी निर्देशित 'देशले रगत मागे'बाट सिनेमा दुनियाँमा डेब्यु गरेकी काजोलले यसअघि तीनवटा ब्यूटी पेजेन्टमा र्‍याम्प नापिसकेकी छिन् । मिस टीन कलेज-२००८ मा मात्र उनी टाइटलका लागि सफल भइन् ।

कोरियोग्राफर रोजिन शाक्यबाट व्यक्तित्व बिकासको कोस्र लिइसकेपछि यतिबेला यी अभिनेत्रीमा टाइटल जित्छु भन्ने आशा चुलिएको छ ।

'टाइटल जित्छु भन्ने एक्स्पेक्टेसनमा छु' फिल्मी दुनियाँलाई माया मार्न लाग्नुभएको हो भन्ने मेरोसिनेमासँगको सोधाइमा यी गोरी ठिटीले फर्काइन् 'टाइटल जितिसकेपछि पनि फिल्मी दुनियाँलाई छाड्न सक्दिँन ।'

एयरहोस्टेस बनेपनि अभिनय सँगै बढाउने उनको योजना छ । मेरोसिनेमा डटकममा मोडलिङ गरिसकेपछि यी सिने बालाको चर्चा चुलिएको छ । काजोललाई सफलताको शुभकामना ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out