च्याटबाट चिनजान भएको व्यक्तिसँग भेट्ने बालबालिका सुरुमै यौन दुर्व्यवहारको शिकार

काठमाडौँ, कात्तिक २९- काठमाडौं उपत्यकाका ६० प्रतिशत बालबालिकाले अनलाइनमार्फत् चिनजान भएका अपरिचित मान्छेसँग भेट्ने गरेको र तीमध्ये १६ प्रतिशत सुरुमै यौन दुर्व्यवहारको सिकार हुने गरेको एक अध्ययनले जनाएको छ। १७ प्रतिशतले आफूलाई मन पर्ने साइटमा अश्लील साइट रोजेको पनि अध्ययनमा उल्लेख छ।
उपत्यकाका  १ हजार ३ सय ८० बालबालिकामध्ये ७ सय ३८ जनाले मनोरञ्जनका लागि इन्टरनेट प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुर्व्यवहारको शिकार हुने गरेको एक उक्त तथ्याङ्कले देखाएको हो।

बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालले आज यहाँ सार्वजनिक गरेको “बालबालिकाद्वारा इन्टरनेटको प्रयोग” विषयक अध्ययन प्रतिवेदनमा ४ सय ७४ जना बालक र २ सय ६४ जना बालिकाले उक्त प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको उल्लेख छ।

सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार अध्ययन गरिएका ती बालबालिकामध्ये २ सय २६ जना सार्वजनिक विद्यालयका र ८ सय ९७ जना निजी विद्यालयका बालबालिका सहभागी थिए। अन्यले आवश्यक उत्तर नदिएकोसमेत प्रतिवेदनमा उल्लेख छ।

अध्ययनमा ६ सय ८६ बालक र ६ सय ९५ जना बालिका सहभागी भएको  पनि उनले बताइन्।

उनले बालबालिकाविरुद्ध हुने यस प्रकारका दुर्व्यवहार रोक्न सबैमा चेनता फैलाउनुपर्ने र अपराधीलाई कारबाही गर्न बालबालिकाका लागि छुट्टै साइवर अपराधसम्बन्धी ऐन ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइन्।
- रासस

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out