भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा ९ नेपाली महिला

विक्रम गिरी, बनवासा (भारत), कार्त्तिक १९- अवैध सामान ओसार पसार गरेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नौ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको छ। सीमावर्ती भारतीय बजार बनवासावाट साइकलमा सामान ओसार्दै गरेको अवस्थामा बिहीबार एसएसबीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

एसएसबीको नियन्त्रणमा रहेकाहरुमा सुडा गाविस-५ की विमला सार्की र लक्ष्मी चन्द, भीमदत्त नगरपालिका-गोवरैयाकी सरस्वती विक तथा दैजी गाविस-५ का पार्वती बम, देविका धामी, राधिका धामी, देवकी धामी, गोमती खाती र भागरथी धामी रहेका छन्।
साँझ नियन्त्रणमा लिई उनिहरुलाई भारतीय भन्सारमा राखिएको थियो। महिलालाई नियन्त्रणमा लिएको खवर नेपाल प्रहरीलाई शुक्रवार विहान मात्र जानकारी गराएका थिए। 'एसएसवीले अवैध सामान भन्सारलाई वुझाएर मात्र महिलालाई छाड्छौं भनेको छ' गड्डाचौकी ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक नेत्र प्रसाद भट्टले नागरिकन्युजसँग भने, 'सवै कागजात क्लिलियर नगर्दासम्म छाड्न मानेनन्।' खवर पाएपछि शुक्रवार नेपाल प्रहरीको टोली एसएसबीसँग कुरा गर्न बनवासा पुगेको थियो। तर एसएसबीले प्रकृया पुरा नगर्दासम्म छाड्न नमिल्ने बताएपछि प्रहरी टोली रित्तो हात फर्केको थियो।

दिउँसो सञ्चारकर्मी वनवासास्थित एसएसबीको क्याम्पमा पुग्दा महिलाहरुले साईकलमा ओसारेको सामान भारतीय भन्सारका कर्मचारीले लिदै थिए। भन्सारका कर्मचारी र एसएसबीले सामानको लेखाजोखा गरिरहेका थिए। 'नेपाल लैजान नमिल्ने सामान लग्दै थिए' सञ्चारकर्मीसितको कुराकानीमा एसएसबीका एक अधिकृतले भने, 'घरकै लागि लैजाने सामानमा प्रतिवन्ध लगाएका छैनौं।' महिलाहरुले नौ वटा साईकलमा सात सय किलोग्राम सामान ओसार्न लागेको एसएसबीका अधिकृतले बताए। 'यत्ति धेरै सामान घरका लागि त पक्का होइन' उनले प्रतिप्रश्न गरे। जफत गरिएको सामानमा खाने तेल, चिनी, रासायनिक मल लगायतको रहेको छ। एसएसवीले तस्विर खिच्न अनुमती नभएको बताए।

सामानको लेखाजोखा गरिरहँदा पक्राउ परेका महिलाहरु टुलुटुलु हरिरहेका थिए। उनिहरुले विस्कुट किन्न अनुरोध गरे पनि एसएसवीका जवानले मानिरहेका थिएनन। 'बिस्कुट पनि खान नपाउने' नियन्त्रणमा रहेकी एक नेपाली महिलाले आक्रोस पोख्दै भनिन- 'हामीले खानै खान नहुने के काम गरेका छौं?' महिलाहरुले पाएको दुखवारे सञ्चारकर्मीले थाहा पाउने डरले एसएसवीले भन्सारमा पसेको पाँच मिनट भित्रै कार्यालयबाट बाहिर निकाल्दै मुलद्वारको ढोका लगाएका थिए।

'हामीले त सामान जति नि लैजान दिएकै छौं, तर एसएसवीले मान्दैन' नेपाली सञ्चारकर्मीलाई वाहिर सड्कसम्म छाड्न आएका भारतीय भन्सारका एक कर्मचारीको प्रतिक्रिया जनाए। साईकलमा सामान ओसार्नेलाई भन्सारका कर्मचारीले कुनै किसिमको दुख नदिएको उनले बताए। 'एसएसवीले गर्दा हामीलाई पनि काम गर्न गाह्रो भएको छ' हामीलाई विदा गरिरहँदा ति कर्मचारी भन्दै थिए। भन्सारका कर्मचारीले सामान ओसार पसार गर्नेवाट घुस खाँदै लैजान दिएपनि एसएसवीले फिर्ता गर्ने गरेको छ। एसएसवी र भारतीय भन्सारका कर्मचारीबीचको किचलोले नेपालीले दुख पाउने गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out