कतै पार्टीमा ढलेको देख्नुभा’छ ?

एक समय थियो जब मानिस नेपाल टेलिभिजनबाट शुक्रबार प्रसारण हुने हाँस्य शृङ्खला हिजोआजका कुरा हेर्नकै लागि दिन गनेर बस्थे । कार्यक्रमका निर्देशक, परिकल्पनाकार र अभिनेता सन्तोष पन्तको अभिनय कौशलबाट प्रभावित नहुने कमै थिए तर समय सधैँ कहाँ एकनासको हुन्छ र ! विविध कारणले यो कार्यक्रम प्रसारण हुन सकेन । अहिले फेरि उनी फरक च्यानलमा ‘हिजोआजका कुरा’ लिएर दर्शकमाझ आएका छन् ।
० दसैँको मौका छोपेर कार्यक्रम सुरु गर्नुभयो नि ?
- कान्तिपुर टेलिभिजनले अमेरिकालगायत विभिन्न ठाउँमा रिसर्च गरेर हिजोआजका कुराको डिमान्ड रहेको बतायो । यसपछि दसैँमा गर्दा नै राम्रो हुने भनेपछि यही बेला सुरु भयो । अनि दर्शकहरूलाई दसैँको शुभकामना पनि हो ।

० च्यानल त फेरियो नि ?
- सकेसम्म च्यानल फेर्ने इच्छा थिएन । पहिले पनि बोलाएको थियो, म गइनँ । मेरो मदर टेलिभिजन च्यानल नेपाल टेलिभिजन नै हो तर अहिले बेलुकाको सबै समय उसले बेचिसकेको रहेछ । अनि च्यानल फेरेर कार्यक्रम चलाउन पर्‍यो ।
० अहिलेसम्म कता हराउनुभएको ?
- कतै हराएको थिइनँ । यसबीचमा गुडबाई अस्ट्रेलिया चलचित्रको कामका लागि अस्ट्रेलिया गएँ । माटोले माग्दैन, आफैले दिनुपर्छ सेनाको कार्यक्रममा काम गरेँ ।
० चलचित्रमा पनि त्यति देखिनु भएन त ?
- कसैले अफर पनि गरेन ।
० हिजोआजका कुराले पहिले जस्तै क्रेज कायम गर्न सक्ला ?
- पहिले नेपाल टेलिभिजन एउटै मात्र थियो । अहिले थुप्रै च्यानल र प्रोग्रामहरू आइसकेका छन् । १५ वर्ष अघि र अहिले धेरै कुरामा फरक भइसकेको छ । तैपनि दर्शकलाई पहिले जस्तै शिक्षामूलक कार्यक्रम दिने प्रयास गर्छु ।
० सन्तोष पन्तको कार्यक्रममा गाली मात्रै हुन्छ, समस्याको समाधान नै हुँदैन भन्ने गुनासो सुनिन्छ नि !
- समाजमा भएका समस्याको समाधान पनि मेरो कार्यक्रममा हुन्छन् । बुझ्ने र नबुझ्ने आफ्नो कुरो हो ।
० तपाईंको धेरै पिउने बानी छ रे नि ?
- कतै लडेको देख्नुभा’छ वा पार्टीमा ढलेको देख्नुभा’छ । यस्तो कुरो कसले देख्यो उसलाई सोध्नुहोस् ।
० अवकास हुनेबेला ‘डबल’ बढुवा पाएको चर्चा खुब चल्यो, किन होला ?
- यो कुरो नबुझेर चलेको हो । नेपाली सेनामा प्राविधिक सुबेदारपछि बढुवा हुँदा प्राविधिक उपसेनानी नै हुन्छ । त्यसमाथि नेपाली सेनाले मलाई विशेष योगदान पुर्‍याएको भनेर यस्तो बढुवा दिएको हो । यो चर्चा खालि तिललाई पहाड बनाउने काम मात्रै हो ।
रमाइलो शुक्रबारबाट

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out