लाराको पनि फिटनेस डिभिडी

बलिउड अभिनेत्री शिल्पा सेट्टी र विपाशा वसुपछि लारा दत्ताले पनि आफ्नो योग डिभिडी बजारमा ल्याएकी छिन्
एजेन्सी/ बलिउड अभिनेत्री शिल्पा सेट्टीले केही समयअगाडि आफ्नो योग डिभिडी सार्वजनिक गरेकी थिइन् । यसपालि भने अर्की अभिनेत्री विपाशा वसुले पनि आफ्नो फिटनेस डिभिडी निकालेकी छिन् । शिल्पा र विपाशाबाहेक बलिउडमा आफ्नो फिटनेस डिभिडी निकाल्नेमा अर्की अभिनेत्री पनि थपिएकी छिन, लारा दत्त । लाराले हालै आफ्नो फिटनेस डिभिडी सार्वजनिक गरेकी छिन् ।
शिल्पा आफू अरूको फिटनेस शैलीको पछाडि कुद्न नचाहने भएकाले आफ्नै शैली बनाउनका लागि फिटनेस डिभिडी ल्याएको बताउँछिन् । उनको भनाइ छ, 'मैले अरूको कुनै पनि टे्रन्ड पछ्याउनुभन्दा आफ्नै टे्रन्ड विकास गर्न चाहेँ । त्यसकारण मैले मेरो फिटनेस डिभिडी ल्याएकी हुँ ।' विपाशा र लाराले पनि आफूले झैँ फिटनेस डिभिडी ल्याएकोमा शिल्पाले खुसी व्यक्त गरेकी छिन् । उनी भन्छिन्, 'उनीहरूले आफूलाई निकै फिट राखेका छन् । म निकै खुसी छु । मेरो भिडियो निकै चल्यो । उनीहरूको भिडियो पनि चलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।'

लाराले मुम्बईमा हालै पत्रकार सम्मेलन आयोजना गरी आफ्नो फिटनेस र योगसम्बन्धी डिभिडी सार्वजनिक गरेकी हुन् । फिटनेस डिभिडी सार्वजनिक समारोहमा आफ्ना मंगेतर टेनिस खेलाडी महेश भूपतिका साथ प्रस्तुत भएकी उनी आफूले ढिलो गरी फिटनेस डिभिडी ल्याएको भने मान्न तयार भइनन्् । उनले भनिन्, 'मलाई यो कुराले कुनै फरक पार्दैन कि मेरोभन्दा पहिला अरूको फिटनेट डिभिडी सार्वजनिक भयो । भारतमा होम फिटनेस भिडियोको क्षेत्र निकै नयाँ छ । र, फिटनेससम्बन्धी सबैको प्रश्नको जवाफ एउटै प्रोडक्टमा दिन पनि सकिन्न । त्यसकारण फरकफरक समयमा अलगअलग फिटनेस डिभिडी आउन जरुरी छ ।' उनले आफ्नो फिटनेस डिभिडीले आममान्छेलाई आफ्नो शारीरिक सुन्दरता अभिवृद्धि कसरी गर्ने र कसरी स्वस्थ रहने भन्ने सिकाउने दाबी गरिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out