सर्वाहाराका नेता कटेज र भिलेजमा

गोर्खा । एकिकृत नेकपा माओवादीले गोर्खा जिल्लाको पालुङटारमा गर्न लागेको विस्तारित बैठकका लागि भन्दै स्थानीय हरियाली बन जंगलको विनाश गरेका छन्।
सर्वहारा गरिवको पार्टी भन्ने गरेपनि विस्तारित बैठकमा गरिएको सजीसजाउ सर्वहारा नभै कटेज र भिलेजको आनन्द लिने उदेश्यको रहेको पालुङटारका स्थानिय बासिन्दाले बताए। मंसिर ५ गतेबाट सुरु हुन लागेको विस्तारित बैठक कुनै नयाँ नेतृत्वका लागि नभै मुलत अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरु मोहन बैद्य र बाबुराम भट्टराईको भिन्न भिन्नै राजनैतीक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसै आधारमा गुट बलियो बनाउने काममा मात्र सीमित हुने आंकलन गरिएको छ। एजेण्डामा मात्र छलफल हुने महिनौदेखि सैंयौ कार्यक्रतालाई बैठकस्थल निर्माणका लागि भन्दै अहोरात्र खटाइएको बताइएको छ भने सम्पूर्ण अस्थायी वस्ती विजुली पानीको खर्च र कार्यक्रर्ताको खटानलाई रुपैयामा बदल्ने हो भने काठमाडौं र पोखरामा गर्ने खर्चको दोब्बरभन्दा पनि बढी लाग्ने देखिन्छ। हजारौको संख्यामा काटिएका बास कटुस र चिलाउनेहरुले गोर्खा जिल्लाको हरियो बनमाथि नै धावा बोलेको स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन्। कतिपय बासको त जरा देखि नै विनास गरिएको छ भने लाखौ रुपैया खर्चेर विनावस्तीको स्थानका विजुली खानेपानीको व्यवस्थापन गरिएको छ। जनताका निम्ती भनिने पार्टी जनताकै पैसामा अनावश्यक झकिझकाउमा लागेको श्रोतले बतायो। पार्टीको स्थापना भएदेखि नै महाधिवेशन गर्न असफल एकिकृत नेकपा माओवादीको विस्तारित बैठक पार्टी केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयीक राजनीतिक र पार्टीको रणनीति तय गरेर पेश गरेको प्रतिवेदन चित्त नबुझेपछि उपाध्यक्षद्वय मोहन बैद्य र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै पेस गरेको प्रतिवेदन लाई गाभेर एउटै बनाउन आयोजना गरिएको माओवादीको भनाई छ। बैठकमा पेश भएका तीन ओटा प्रतिवेदनलाई गाभेर एउटै बनाउन केन्द्रिय समिति असमर्थ भएपछि विस्तारित बैठक आयोजना गर्न लागिएको सो विस्तारित बैठकमा पेश गरिने प्रतिवेदनलाई कार्यकर्तामाझ एकोहोरो किसिमले पढेर सुनाउने काम मात्र भयो, सुझाव दिन प्रतिबन्ध लगाईयो त्यसको कुनै अर्थ छैन एक कार्यकर्ताले नाम उल्लेख नगर्ने शर्तमा रोडम्यापलाई बताएका छन्। माओवादीमा लामो समयदेखि चुलिदै आएको अर्न्तविरोध बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन चित्त नबुझेर उपाध्यक्षद्वयले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेपछि बाहिर आएको हो। यही प्रतिवेदनलाई लिएर माओवादीमा पार्टीका नेता कार्यकर्ताहरु अहिले तीन खेमामा विभाजित भएका छन्। विस्तारित बैठकमा पनि प्रतिवेदन गाभिन मुस्कील रहेको माओवादीको विषयमा नियालीरहेका विश्लेशकहरुले बताएकाछन्। पछिल्लो समयमा अध्यक्ष दाहालले ती प्रतिवेदनलाई समेट्ने तरिकाले नयाँ प्रतिवेदन बनाएर वैठकमा पेश गर्ने तयारी गरेको एक नेताले बताएका छन्। तर यो प्रतिवेदन पेश भएपनि बैठकमा आफुहरुले पेश गरेका प्रतिवेदन छलफलका लागि राखिनुपर्ने उपाध्यक्षद्वयले बताउनदै आएका छन्। यसैका कारण बैठकमा घम्साघम्सी समेत हुन सक्ने बताइएको छ। बैठकमा लाखौको संख्यामा माओवादीका नेता कार्यकर्ता, जनसेनाको सहभागिता रहने माओवादीले जनाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out