स्टन्टमा टिकेको 'स्वाभिमान'

मिडियामा प्रसारित प्रोमोमा देखाइएको 'बाइक स्टन्ट' दृश्यका कारण यतिबेला चलचित्र 'स्वाभिमान'को चर्चा भैरहेको छ । राजेश हमालको भूमिगत बाइक स्टन्टको दृश्यलाई चलचित्रको पब्लिसिटी माध्यम बनाइएको छ ।

निर्माता तथा निर्देशक मदन घिमिरे स्वयम उक्त स्टन्टलाई हेर्न भएपनि दर्शकहरु हलसम्म आइपुग्ने बताउँछन् । स्टन्टमा टिकेको चलचित्र 'स्वाभिमान' निर्माताका रुपमा मदनको पहिलो र निर्देशकका रुपमा अठारौं सिनेमा हो जुन आगामी १९ गते मोफसलमा दुईदर्जन हलमा रिलिज हुँदैछ ।

'चलचित्र प्रदर्शनका लागि उक्त स्टन्टलाई हामीले महत्वपूर्ण आधार मानेका छौं' घिमिरेले भने 'अहिलेको सशक्त दृश्य पनि हो ।' पाँचवटा क्यामेराले पाँचदिन लगाएर खिचिएको स्टन्टका लागि मात्र थुप्रै खर्च गरेका छन् मदनले । जुन स्टन्टलाई हलिउड सिनेमामा काम गरिसकेका एनिमेटर अच्युत गजुरेलले एनिमेसन गरेका हुन् । यसै चलचित्रबाट अच्युतले नेपाली चलचित्रमा काम थालेका छन् ।

एक्सन र ड्रामा श्रेणीको चलचित्रमा रोशन श्रेष्ठले द्धन्द्धका कौशलता पेश गरेका छन् । उक्त बाइक स्टन्ट पनि रोशनकै कन्सेप्ट हो । महेश खड्काको संगीत र मदन आफ्नैको कथा रहेको चलचित्रमा राजेशसहित झरना थापा, सुमन सिँह, सौजन्य सुब्बा लगायतले अभिनय गरेका छन् । आफूद्धारा निर्देशित अघिल्ला चलचित्रले व्यावसायिक सफलता हासिल गरेको भन्दै मदनले 'स्वाभिमान'ले पनि राम्रो गर्ने दावी गरे ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out