बलिउडका बिग सिस्टर (फोटो फिचरसहित)

बलिउड परिवारवादमा चलेको छ, अहिलेका चल्तिका कतिपय नायक नायिकाहरु पनि यही परिवारवादबाट अघि आएका हुन् । बलिउडमा कपुर परिवार मात्र होइन खान, रोशन पनि परिवारवादमा चलेको छ । पुरै परिवार फिल्ममा छ भने दुई बहिनी फिल्मी उद्योगमा नहुन कसरी ? यस्तोमा बलिउडका छ वटा दिदिबहिनीको सूची सार्वजनिक भएको छ । जसले बलिउडमा धमाल मचाइरहेको थियो र मचाइरहेको छ ।

सिल्पा र समिता सेठ्ठी दुई दिदिबहिनी हुन्, यी दुई बहिनीले बलिउड हल्लाइरहेका छन् । सिल्पाले बिग ब्रदर जितेपछि गतवर्ष बिहे गरिन । त्यस अघि दुई बहिनीको एउटा फिल्म फरेब पनि रिलिज भयो तर यो फिल्म राम्रो चल्न सकेन । अहिले बलिउडमा सिल्पा र समिताले खासै राम्रो काम पाएका त छैनन् तर उनीहरुको चर्चा भने जताततै हुने गरेको छ ।
कुनै जमानाकी हिट हिराइन करिश्मा र अहिलेकी हिट करिनाले पनि बलिउडमा राज गरिरहेका छन् । करिनाले फिल्ममा धमाल मचाइरहादा करिश्मा भने टेलिभिजनमा र्फकने योजना छन् । छोरी जन्माए पछि बलिउडले करिश्मालाई बाई बाई भने पनि करिनालाई साधै स्वागत गरिरहेको छ ।

हजुर आमा सुचित्रा सेन, सेक्सी आमा मुनमुन सेनकी दुईवटा छोरी रायमा र रिया सेन पनि बलिउडमा छन् । फिल्ममा हट गीत र हट सिनमा देखिने रायमा र रियाले राम्रा फिल्ममा राम्रो स्थान भने बनाउन सकेका छैनन् ।
बलिउडमा अर्को जोडी हो मलाइका आरोरा र अमृता आरोराको । मलाइका र अमृता दुवैको सफल नायिका बन्ने सपना पुरा नभए पनि आइटम नम्वर भने भएका छन् । यो वर्ष मलाइका आरोराले गरेको मुन्नी बदनाम हुई आइटम सबैभन्दा हिट भयो । उता अमृता आरोराले पनि फिल्म र आइटम डान्समा आफ्नो भाग्य परीक्षण गरिरहेका छन् ।
 बलिउडबाट बाहिरिए पनि टि्वन्कल खन्ना अहिले पनि चर्चामा छिन् तर बहिनी रिन्की खन्ना भने गुमनाम जस्तै । अक्षय कुमारसाग विवाह गरेपछि टि्वन्कलले फिल्मी क्यारिअर छोडेकी हुन भने अभिनयमा जम्न नसकेपछि रिन्की बलिउडबाट बाहिरिएकी छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out