पालुङटारमा युद्धको कसरत

काठमाडौं । ०६७ साल मंसिर तीन गते मध्यराति व्यवस्थापिका संसद बैठकमा केन्द्रीय सत्ता कब्जाको रिहर्सल गरेको एकीकृत नेकपा माओवादीका कार्यकर्ता अहिले सिङ्गो राज्यसत्ता कब्जाको गम्भीर बहसमा जुटेका छन्। ऐतिहासिक गोर्खा जिल्लाको पालुङटारमा आइतबारबाट सुरु भएको पार्टीको छैठौं विस्तारित बैठकमा जनताको संघीय जनगणतन्त्र स्थापनाका लागि जनविद्रोह गर्ने विषयमा माओवादीका छ हजार कार्यकर्ताबीच छलफल भइरहेको छ।
विस्तारित बैठक सुरु हुनु पाँच दिनअघि मात्र आफ्ना राजनीतिक गुरुसमेत रहेका उपाध्यक्ष मोहन वैद्यसँग आत्मसमर्पण गरेका अध्यक्ष प्रचण्डले बैठक उद्घाटन गर्दै मुलुकमा महाविपत्ति आउन लागेकाले क्रान्तिको विजयी योजना बनाउने घोषणा गरेका छन्। विश्लेषकहरूले प्रचण्डको घोषणालाई आँधी आउनु अघिको सन्नाटाका रूपमा व्याख्या गर्न थालेकाले अब मुलुकको यात्रा सहज नरहेको संकेत गरेको छ। यद्यपि पार्टीलाई दक्षिणपन्थी भासमा लगेको आरोप खेपिरहेका प्रचण्डले कार्यकर्तामाझ आफू 'क्रान्तिकारी स्पिरिट'मै रहेको देखाउन तथा सहमतिको बाटोबाटै मुलुकमा परिवर्तन सम्भव भएको पक्षमा रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराइलाई एक्ल्याउन उग्र कुरा गरेको पनि देखिएको छ। शान्तिपूर्ण बाटोबाट क्रान्ति सम्पन्न गर्ने कि त्यसका लागि जनविद्रोहको बाटो समाउने भन्नेमा अन्योलमा रहेका प्रचण्डले वैद्यसाग आत्मसमर्पण गरेपछि माओवादीले अब युद्धको बाटो रोज्ने आशंका बढेर गएको छ। प्रचण्डले वैद्यसँग मिलेर बाबुरामलाई एक्ल्याउन सफल भएको संकेत पालुङटार बैठकस्थलमा देखिएको भए पनि कार्यकर्ताको मन जित्न भने सकेनन्। करिब ४५ मिनेटको उद्घाटन मन्तव्यमा प्रचण्डले कार्यकर्ताबाट एक पटक पनि ताली पाउन नसकेको घटना अहिले पालुङटारमा चर्चाको विषय बनेको छ। यसले पार्टीमा प्रचण्डको साख निरन्तर गिर्दै गएको र द्वन्द्वकालीन मानसिकताबाट आएका कार्यकर्ता निरास बनेको देखाएको विश्लेषकहरू बताउाछन्। विस्तारित बैठकअघि माओवादीमा देखिएको तीन चिराको प्रभाव बैठकस्थलमा पनि देखिएको कारण प्रचण्डले कार्यकर्ताको ताली पाउन नसकेको बताइएको छ। प्रचण्ड, वैद्य र भट्टराईको प्रतिवेदनमा विभाजित कार्यकर्ता एकअर्काको विचार सिध्याउनुपर्ने पक्षमा रहेकाले पनि माओवादीभित्र मारामारको अवस्था छ। सोही कारण बैठकमा एउटै दस्तावेज लैजाने प्रचण्डको प्रयत्न सफल हुन सकेन। आइतबार बिहान बसेको स्थायी समितिको बैठकमा एकीकृत दस्तावेजका रूपमा प्रचण्डले पुनर्लेखन गरेको प्रतिवेदन लैजाने प्रयत्न भएको थियो। तर उपाध्यक्ष भट्टराईको असहमतिका कारण त्यो सम्भव हुन सकेन। सोमबार सुरु भएको बन्द सत्रमा प्रचण्ड, वैद्य र भट्टराईले पेश गरेका तीनवटै प्रतिवेदनमाथि छलफल सुरु भएको छ। तीनवटै प्रतिवेदनमाथि छलफल भएपनि प्रचण्ड र वैद्य निकटस्थ नेताबीच रहस्यमय ढंगले सााठगााठ भइरहेको छ। बैठकअघि प्रचण्ड तथा वैद्यको प्रस्तावमा समर्थन जुटाउन देशव्यापी दौडाहा गरेका नन्दकिशोर पुन अनन्त र नेत्रबहादुर चन्द बीचको सााठगााठलाई कार्यकर्ताले नै पचाउन सकेका छैनन्। स्थायी समिति बैठकपछि वैद्यका दाहिने हात मानिने चन्द प्रचण्डका दाहिने हात मानिने अनन्तको गाडीमा चढेर हिाडेका थिए। वैद्यले आफू र अध्यक्षको प्रतिवेदनबीच जोड कोणमा ठूलो अन्तर नरहेको अभिव्यक्ति दिएपछि कार्यकर्ताले प्रचण्डले वैद्यसँग आत्मसमर्पण गरेको चर्चा गरिरहेका छन्। बैठकमा दस्तावेज प्रस्तुत गर्ने नेताको सुरक्षामा पनि ठूलो विभेद देखिएको छ। अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यको सुरक्षामा ठूलो समूह खटाइएको छ भने प्रतिवेदन प्रस्तुतकर्ता अर्का उपाध्यक्ष भट्टराईलाई सामान्य सुरक्षा मात्र उपलब्ध गराइएको छ। यसलाई पार्टीमा बाबुरामलाई एक्ल्याउन खोजिएको विषयका रूपमा कार्यकर्ताले लिएका छन्। उपाध्यक्ष वैद्य भारतीय जेलमा रहेका बेला भट्टराईले अघि सारेको लोकतान्त्रिक गणतन्त्रको कार्यनीति मार्फत् शान्ति प्रक्रियामा आएका प्रचण्डले खरिपाटी बैठकबाट प्रचण्डले बाबुराम माथि घात गर्दै वैद्यसँग हातेमालो गरेका थिए। पार्टीभित्र वरिष्ठ नेतालाई लडाएर नेतृत्व हत्याउने प्रचण्डको पूर्ववत् शैली यसपटक पनि दोहोरिएको छ। यसपटक पनि प्रचण्डले वैद्यसँग हातेमालो गरेर बाबुरामलाई ठेगान लगाउने तारतम्य मिलाइसकेका छन्। यद्यपि पार्टीमा बाबुरामको अवस्था पहिले जस्तो कमजोर छैन। विद्रोही भाषा मात्र बोल्ने अतिवादी विचार इतरका ठूलो संख्याका नेता कार्यकर्ता भट्टराईको पक्षमा खुलेको देखिएको छ। बाबुरामको पक्षमा ठूलो संख्यामा कार्यकर्ता खुलेका कारण प्रचण्ड र वैद्य मिल्न बाध्य भएको स्रोत बताउँछ। यद्यपि विस्तारित बैठकबाटै माओवादी विवाद साम्य हुने अवस्था छैन। किनभने विस्तारित बैठकमा सहभागी कार्यकर्तालाई भोटिङ अधिकार नभएकाले महाधिवेशनसम्मका लागि तीनवटै प्रस्ताव छलफलमा रहने अवस्था छ। भट्टराई पक्ष विस्तारित बैठकबाटै महाधिवेशनको मिति तय गर्नुपर्ने पक्षमा देखिएको छ। तर, प्रचण्ड पक्ष यसमा सकारात्मक देखिएको छैन। २०४८ साल मंसिरमा भएको एकता महाधिवेशनपछि १९ वर्षदेखि पार्टीको नेतृत्व सम्हाल्दै आएका प्रचण्ड महाधिवेशन भए नेतृत्व गुम्ने डरले त्रस्त छन्। बैठक उद्घाटनका क्रममा पनि प्रचण्डले त्यसको संकेत गरेका थिए। 'नेतृत्व राजमार्ग जस्तो सिधा हुादैन। त्यसका लागि ठूलो त्याग आवश्यक हुन्छ,' भन्दै अन्य नेतालाई त्याग नगरेको आरोप लगाएर होच्याउने काम गर्नुका पछाडि प्रचण्डको नेतृत्वमोह नै कारण रहेको बताइएको छ। सरकार गठनका लागि राष्ट्रिय सहमति जुट्न नसकेर मुलुक गम्भीर संकटतर्फ लम्किरहेको जटिल परिस्थितिमा माओवादीको यो बैठक चलिरहेकाले पनि यसलाई राष्ट्रिय अन्तराष्ट्रिय चासोका साथ हेरिएको छ। बैठकमा बाबुराम पक्ष कमजोर भए वैद्यको नीति अनुरुप मुलुक माओवादीको जनविद्रोहमा होमिनेछ। तर मुलुकको स्थिति वैद्यले सोचेजस्तो तत्काल जनविद्रोहको अवस्थामा पुग्ने स्थिति विकास भइसकेको छैन। किनभने सविधानसभाको सबैभन्दा ठूलो दल रहेको एमाओवादी सदन सरकार सडक कुनै पनि मोर्चामा सफल हुन सकेको छैन। ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति बोकेर राजधानी छिरेका माओवादीले त्यसपछि संविधानसभाको निर्वाचनसम्म आफूले भनेजस्तै सफलता हासिल गरेका थिए। तर, संविधानसभा निर्वाचनपछि माओवादीले ठूलो दलको हैसियतमा संविधान बनाउन पहल गर्ने, सरकार चलाउने तथा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने, कुनैपनि काममा सफलता पाउन सकेको छैन। यसले उसका कार्यकर्ता नै निराश बनेका छन् भने माओवादीप्रति जनविश्वास पनि बढ्दो अवस्थामा छैन। सडकबाट सरकार परिवर्तन गर्ने माओवादी रणनीति अन्ततः सरकार सँगै आत्मसमर्पण गर्नुपर्ने तहमा पुग्ोको अवस्थाले भर्खर छ महिना नाघेको छ। यो अवस्थाले उसका क्रान्तिकारी कार्यकर्तामा निराशा छाएकाले पनि उनीहरूको चित्त बुझाउन माओवादी क्रान्तिकारी नारा अघि सार्न बाध्य भएको अवस्था छ। संसदमा ३ गते देखाएको गाईजात्रा क्रान्तिकारी कार्यकर्तालाई देखाउन गरिएको नाटक थियो भन्ने कुरा सबैले बुझिसकेका छन्। विश्लेषकहरू संविधानसभा निर्वाचनपछि विपक्षीको शक्ति आाकलन नगरी शत्रुलाई टाउकोमा टेकेर टाउकोमै हान्ने नीति लिएपछि माओवादीको पतन सुरु भएको बताउँछन्। लोकतन्त्रमाथि निष्ठा देखाउादै शान्तिपूण बाटोबाट अघि बढ्ने कि क्रान्तिमार्फत् राज्यसत्ता कब्जा गर्ने भन्ने विषयमा स्पष्ट हुन नसकेकै कारण माओवादीलाई निरन्तर असफलता हात लागेको विश्लेषकहरूको भनाइ छ। अहिले पनि माओवादी सहजै सत्तामा पुग्ने अवस्था छैन। संविधानसभामा रहेका बहुसंख्यक दलबीच माओवादीको विपक्षमा मोर्चाबन्दी छ। माओवादी नागरिक पार्टीमा रूपान्तरण नभएसम्म उसको नेतृत्व स्वीकार गर्न नसक्ने स्पष्ट अडान नेपाली कांग्रेस, एमाले, तथा मधेसवादी दलले राखिसकेका छन्। माओवादीले सत्ताको नेतृत्व लिन शिविरमा रहेका लडाकुसँगको सम्बन्ध विच्छेद, वाईसीएलको अर्धसैन्य संरचना विघटन, कब्जा सम्पत्ति फिर्ता गरी नागरिक पार्टी बन्नुपर्ने कडा शर्त अन्य दलको छ। तर, माओवादी अन्य दलले राखेको माग पूरा गर्ने पक्षमा होइन, यही मुद्दामा दलसँग दूरी बढाएर मुठभेडमा जाने पक्षमा देखिएको छ। सत्तारुढ दलको असहमति तथा राष्ट्रसंघीय नेपाल मिसन अनमिनको विरोध रहँदारहँदै माओवादीले करिब ११ सय लडाकुलाई बैठकमा सहभागी गराएर दल र माओवादीबीचको द्वन्द्वलाई झन् बढाएको छ। अनमिनले माओवादी बैठकमा लडाकु सहभागी भए त्यो शान्ति–सम्झौता विपरित हुने बताएको अवस्थामा त्यसलाई बेवास्ता गर्दै माओवादीबाट भएको कदमले शान्ति प्रक्रिया नै धरापमा परेको विश्लेषकहरू बताउँछन्। किनभने सरकारले बैठकमा सहभागी हुने लडाकुलाई शिविर फर्कन नदिने तथा तलबभत्ता नदिने घोषणा गरिसकेकाले यो विषयले नै शान्ति प्रक्रिया भंग हुने खतरा बढिरहेको छ। यो घटनाले माओवादी सेनासमायोजन तथा व्यवस्थापन तत्काल गर्न नचाहेको स्पष्ट भएको छ। आफ्नो अनुकूलको संविधान बन्ने अवस्था नभएसम्म शिविरमा लडाकु राखेर माओवादीले 'थ्रेटको राजनीति' गरिरहने घटनाक्रमले देखाइरहेका छन्। मुलुकमा एक्लिँदै गएको भए पनि माओवादी जसरी भए पनि सत्ताको नेतृत्व लिने योजनाबाट पछि हटेको छैन। त्यसका लागि फेरि पनि माओवादीले सदन, सरकार र सडकको मोर्चाबाटै त्रिपक्षीय लडाइा लड्ने नीति पास गर्नेछ। कार्यकर्तालाई चित्त बुझाउन जनविद्रोह तथा अन्तर्राष्ट्रिय समुदायको आँखामा छारो हाल्न माओवादीले संसद्लाई उपयोग गर्ने कार्यनीति पास गरेर पालुङटार बैठक सकिनेछ। यसको अर्थ मुलुकमा सहज ढङ्गले शान्ति स्थापना भने हुनसक्नेछैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out