दस वर्षिया आमा

दस वर्षको उमेरका बालिकालाई हामी सामन्यतः बच्चै ठान्दछौ । तर रोमानियाकी एक दस वर्षिया बालिकाले स्पेनमा एउटा छोरी जन्माएकी छन् ।
स्पेनको सामाजिक मामिलासम्बन्धी मन्त्री मिकाएला नैवेरोले यसको पुष्टि गर्दै ती बालिकाले गत साता एक छोरी जन्माएको बताएका छन् ।
अधिकारीहरु अब ती बालिका र परिवार नवजात शिशुलाई साथै राख्न दिने वा नदिने भन्ने निर्णयमा पुग्न सकेका छैनन । स्पेनको संचार माध्यमहरुका अनुसार नवजात शिशुका पिता पनि आवश्यक छ उनको उमेर १३ वर्षको मात्र छ। उनी यतिबेला रोमानियामा छन् ।
मन्त्री मिकाएला नैवेरोले भने-त्यसो त आमा बनेकी बालिका पनि आवश्यक छ त्यसैले हामी यो सुनिश्चित गर्न खोजिरहेका छौ कि आमा र बच्चाको हेरचाह राम्रोसँग होस् । उनले भने, यदि बच्चा र आमाको राम्रो हेरचाह हुन सक्ने देखिए उनीहरु परिवारका साथ पनि रहन सक्नेछन् ।
नवजात शिशुकी हजुरआमा एउटा रोमा बञ्जारा हुन् । स्पेनका पत्रपत्रिकाहरुमा उनको तस्वीर प्रकाशित भएको छ। जसमा उनले आफ्नो सानो फ्ल्याटका सामु मुस्कुराउँदै देखाइएको छ। उनकी दस वर्षिया नातिनी तीन साताअघि मात्र रोमानियाबाट स्पेन आएकी हुन्। ओलंपिया नामकी ती महिलाले भनिन्-आमाजस्तै छोरी पनि ठिक छिन् र निकै राम्री छन् ।
जुन पत्रिकाले पहिलो पटक यो समाचार प्रकाशन गर्‍यो उसका अनुसार नवजात शिशुकी हजुरआमाले यो बुझिरहेकी छैनन् कि आफ्नी नातिनी आमा बनेबारेमा संचारमाध्यमले यतिधेरै चासो किन लिइरहेका छन् । पत्रिकाले उनलाई उधृत गर्दै लेखेको छ-रोमानियामा यही उमेरका बालिकाहरुको विवाह हुन्छ ।
नयाँ तथ्याङ्कअनुसार सन् २००८ मै स्पेनमा १५वर्षभन्दा कम उमेरका १७७ बालिका आमा बनेका थिए । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out