स्वस्थ शरीरका लागि

स्वस्थ शरीर सबैका लागि आवश्यक हुन्छ। यो तथ्य सबैले बुझे पनि यसका लागि गर्नुपर्ने काममा कतिपयलेे त्यति ध्यान पुर्‍याउँदैनन्।

नियमित व्यायाम
मांसपेशीलाई नियमित व्यायामको आवश्यकता पर्छ। उचित व्यायामले शरीरमा अक्सिजन प्राप्त हुन्छ। नियमित व्यायामले फुर्ती बढ्नुका साथै शक्ति पनि प्राप्त हुन्छ। व्यायाम गर्ने मानिसले काम गर्दा थाकेको महसुस गर्दैन। व्यायाम विभिन्न किसिमका हुन्छन्। यौगिक व्यायाम, खेलाडी व्यायाम, आधुनिक व्यायाम एवं घरायसी व्यायाम यसका केही रूप हुन्। यौगिक व्यायामका लागि योगगुरुसँग सम्पर्क राख्नुपर्छ। खेलाडी व्यायाम खेलाडीसँग सम्बन्धित व्यायाम हो। आधुनिक व्यायाम भन्नाले प्रविधिले बनाएका विद्युतीय सामग्रीबाट गरिने व्यायाम हो भने घरेलु व्यायाम भन्नाले घरधन्दाको कामलाई नियमित गर्ने व्यायाम हो।
धूम्रपानको त्याग
वैज्ञानिकहरूले धूम्रपान गर्ने मानिसमा साधारण व्यक्तिमा भन्दा दुई गुणा बढी हृदय रोग लाग्ने कुरा पत्ता लगाएका छन् । धूम्रपान त्याग गरेको १० वर्षपछि मात्र बिरामीहरू यस्तो खतराबाट मुक्त हुन्छन्। धूम्रपानको माध्यमबाट साधारण खोकी लाग्ने लक्षण देखापर्दै विभिन्न रोग लाग्ने सम्भावना हुन्छ। महिलाहरूमा पनि धूम्रपान गर्ने प्रवृत्ति बढ्दै गएको छ भने सहरी क्षेत्रमा पुरुषहरू बढी धूम्रपान गर्छन्।

तौलको नियन्त्रण
वजन आवश्यकभन्दा बढी छ भने मुुटुमा नकारात्मक प्रभाव पर्नसक्छ। बढी तौल हुने व्यक्तिको धड्कन कम तौल हुने व्यक्तिको तुलनामा बढी हुन्छ। व्यक्तिको तौल बढ्नुमा अनियन्त्रित खाना एवं व्यायामप्रति ध्यान नदिनु प्रमुख कारण हुनसक्छन्। फलस्वरूप रोगले सजिलै आक्रमण गर्छ। यसबाट बच्न ताजा फलफूल, हरियो सागपात, सन्तुलित भोजन तथा नियमित व्यायाममा ध्यान दिनुपर्छ। 

माछाको सेवन

डायटिसियनहरूका अनुसार हप्तामा एक-दुई टुक्रा माछा खाँदा शरीरलाई शक्ति प्राप्त हुन्छ। ट्राउट, सालमन र टुनाजस्ता माछामा हृदय रोग कम गर्ने शक्ति हुन्छ। यी माछाको लगातार सेवनले मानिस बढी थाक्ने समस्याबाट मुक्त हुन्छ।

नुनको कम सेवन 
स्वस्थ शरीरका लागि सोडियमको मात्रा सही हुनुपर्छ। सोडियम नुनबाट प्राप्त हुन्छ। धेरै नुन सेवन गर्नाले ब्लडप्रेसर बढ्ने तथा हृदय रोग लाग्ने सम्भावना हुन्छ। त्यसैगरी पोटासियमका लागि फलफूल र हरियो सागपात बढी मात्रामा प्रयोग गर्नुपर्छ।

वासनायुक्त खानाबाट बच्नु
भोजनमा वासनायुक्त पदार्थ कम प्रयोग गर्नुपर्छ। जनावरबाट प्राप्त हुने माछा, मासु, मख्खन, चीज आदिको वासना तिखो हुन्छ। स्वास्थ्यका दृष्टिले खाद्यपदार्थमा तिखो वासना राम्रो मानिँदैन। बिस्कुट, केक आदिमा सुगन्धित तत्व मिसाइन्छ। सुगन्धित तत्व बढी प्रयोग गर्दा शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ।

क्यान्सर

हालै भएको एक अध्ययनले क्यान्सर हुने मुख्य कारण खानपान रहेको तथ्य पत्ता लगाएको छ। सेचुरेटेड तथा प्रोसेस्ड खाद्यपदार्थको सेवन गरे क्यान्सर हुने खतरा बढी हुन्छ। विशेषज्ञहरूका अनुसार दिनहुँ खाने खानामा धेरथोर परिवर्तन गरे क्यान्सर लाग्न रोक्न सकिन्छ।

के खाने रु
सुन्तला, कागतीजस्ता भिटामिन सीयुक्त फलफूल खानुपर्छ।

ब्रोकाउली, पालुंगो, बन्दाकोभीजस्ता हरिया तथा पहंेला रंगका तरकारी खानु फाइदाजनक हुन्छ।

लसुन, प्याज पनि क्यान्सर कम गर्न सहयोगी हुन्छन्।

अन्न तथा गहँुको रोटी पनि यस्ता बिरामीका लागि फलदायी हुन्छन्।

के नखाने रु

चिल्लो खानेकुरा खानु हुँदैन।

अल्कोहल धेरै सेवन गरे मुख तथा कलेजोको क्यान्सर हुने संभावना हुन्छ।

धेरै नुन तथा मसलेदार खानेकुरा खानु हँुदैन।

धूम्रपान गर्ने बानी छ भने छोड्नुपर्छ। एक अध्ययनअनुसार धूम्रपान गरे फोक्सो, पित्तथैली, प्यांक्रियाज तथा मुखको क्यान्सर हुने जोखिम बढ्छ। यदि धूम्रपान पूर्णरूपमा छोड्न सकिँदैन भने ब्रोकाउली, बन्दाकोभी तथा दाल दिनहुँ पर्याप्त मात्रामा सेवन गर्नुपर्छ।

क्यान्सर भैसकेको अवस्थामा

बिहान प्रशस्त खाना खानुपर्छ। यो समयमा बान्ता कम आउँछ।

आफैं खाना बनाउनुभन्दा पनि अरूले बनाएको खाना खानु उपयुक्त हुन्छ। खाना पकाउँदा आउने वासनाले खाना खान मन नलाग्ने हुन सक्छ।

मुख नमीठो हुने समस्याबाट बच्न अदुवा तथ कागती चुस्नुपर्छ वा खाना खानुअघि कागती चाट्नुपर्छ।

खाना खाएपछि केही समय आराम गर्नुपर्छ।
दाँतको सफाइमा ध्यान दिनुपर्छ। यदि मुख सुन्निएर ब्रस गर्न मिल्दैन भने बेकिङ सोडालाई धूलो बनाएर नरम कपडाले दाँत सफा गर्नुपर्छ।

पालुंगो
फाइदा ः पालुंगो केरोटिन, भिटामिन तथा पोटासियमको मुख्य स्रोत हो। यसमा भिटामिन सी र बी पनि हुन्छ।

बेफाइदा ः यसमा पाइने एक्जेलिक एसिडले मिर्गौला तथा पित्तथैलीमा पत्थरी हुन सक्छ।

बालबालिकामा बढ्दो माइग्रेन
सात वषर्ीया आयुषा केसीलाई सधै टाउको दुख्थ्यो। उनकी आमा शर्मिला र बुवा राजकुमारले यसलाई आँखाको कमजोरीका कारण भएको पीडा हो भन्ने अनुमान गरे। तिलगङ्गा अस्पतालमा आँखा परीक्षण गराउँदा सबै चीज ठीक निस्कियो। न्युरोलोजिस्टलाई देखाएर सबै जाँच गरिसकेपछि उनलाई माइग्रेन भएको थाहा पाइयो। आयुषाकी आमा शर्मिलाका अनुसार आयुषाले सानैदेखि टाउको दुख्ने गरेको बताउँथिन् । यसलाई स्कुल नजाने बहाना मानेर त्यति वास्ता गरिंदैनथ्यो। अहिले वास्तविकता खुलेको छ। आयुषा जव धेरै पढ्छिन् वा खेल्छिन् उनलाई टाउको दुख्ने र उल्टी हुने समस्या देखिन्छ। आयुषाको जस्तो समस्या धेरै बालबालिकामा देखिन थालेको छ। यस्तो समस्या भएको शंका लागे अभिभावकले बेलैमा जँचाएर उपचार गराउनुपर्छ।

घुराइ रोक्ने साइलेन्स स्प्रे
यदि घरमा कुनै सदस्यको घुर्ने बानी छ भने अब चिन्ता लिनु पर्दैन। भारतको एक निजी कम्पनीले पहिलोपटक फ्लेगसिप उत्पादन साइलेन्स स्प्रे बनाएको छ। यो घुर्ने समस्या रोक्न बनेको पहिलो स्प्रे हो। अध्ययनअनुसार घुर्ने समस्या सामान्य कुरा हो। सास लिँदा हावामा हुने उतारचढावका कारण घाँटीको तन्तुको कम्पनका कारण मानिसहरू घुर्छन्। उमेर, बढी तौल, धूम्रपान तथा रक्सी सेवन पनि घुर्ने समस्याका कारण हुन सक्छन्। फलस्वरूप सम्बन्धमा तनाव तथा थकान आदि समस्या उत्पन्न हुन सक्छन्। साइलेन्स स्प्रेमा अनौठो बायो एडहेसिब हुन्छ जसले घुराइबाट आउने आवाज कम गर्छ। यो स्प्रेको नियमित प्रयोग गरे घाँटीको तन्तु स्थिर हुनुका साथै घुर्ने आवाज पनि कम हुन्छ। 

आमा बन्न तौल नियन्त्रण
आमा बन्दै हुनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो बढी भएको तौल कम गर्नुपर्छ। हालसालै गरिएको एक अध्ययनअनुसार आमा बन्ने महिलाको मोटोपन भावी शिशुमा पनि सर्छ। जीवनभर उक्त शिशुले मोटोपनबाट छुटकारा पाउन मुस्किल पर्छ। अमेरिकामा गरिएको एक अध्ययनअनुसार मोटा आमाबाट जन्मिएका शिशुमा अल्जाइमर, मधुमेह तथा मुटुको रोग लाग्न सक्ने सम्भावना हुन्छ। गर्भावस्थामा आमाले विशेष ध्यान पुर्‍याए यस्ता समस्याबाट छुटकारा मिल्छ।

तनाव
पुरुषको तुलनामा महिलामा डिप्रेसनको समस्या बढी हुन्छ। यसका लागि महिलाको शारीरिक संरचना तथा सामाजिक कारण जिम्मेवार हुन्छ। डिप्रेसनबाट बच्न निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ।

कुनै न कुनै काममा व्यस्त रहने प्रयास गर्नुपर्छ।

आफ्नो कोठालाई आकर्षक ढंगले सजाउनुपर्छ। फूलदानीमा सधै ताजा एवं सुगन्धित फूल राख्नुपर्छ। भरसक सादाभन्दा रंगीन पहिरन लगाउनुपर्छ र हेयर स्टाइल परिवर्तन गरिरहनुपर्छ।

रोमाण्टिक गीत-संगीत सुन्नुपर्छ। केही समय ब्याडमिन्टनका साथमा बालबालिकासँग खेल्नुका साथैै मनोरञ्जनात्मक चलचित्र हेर्नुपर्छ।

चिया, कफी, अल्कोहल तथा चुरोट सेवन गर्नु हुँदैन। यति गर्दा पनि डिप्रेसनको समस्या कम नभए मनोचिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।

माछा
माछाबाट शरीरलाई प्रशस्त प्रोटिन प्राप्त हुन्छ। केश तथा छालाका लागि पनि माछा फलदायी हुन्छ। यसले हर्ट एट्याकबाट बचाउँछ। थाइरोइडमा पनि माछाले फाइदा पुर्‍याउँछ। माछामा भएको तैलीय पदार्थ भिटामिन ए तथा डीको राम्रो स्रोत हो। यसबाट ओमेगा थ्री नामक तैलीय एसिड पनि प्राकृतिक रूपमा पाउन सकिन्छ जुन शरीरका लागि लाभदायक हुन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out