नेपाली गुम्वाहरु भित्र हतियारको कारोवार: भट्ट

केशव सावद कञ्चनपुर,१७ कार्तिक
एकिकृत नेकपा माओवादीका पोलिव्युरो सदस्य लेखराज भट्टले नेपाली गुम्वाहरु भित्र हतियारको कारोवार हुने गरेको दावी गर्नुभएको छ । नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा संगलबार आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा नेता भट्टले अमेरिका र भारतले चीन विरुद्ध नेपाली गुम्वाहरुमा हतियारको कारोवार गर्ने गरेको दावी गर्नुभएको हो । बिदेशी हस्तक्षेपका कारण मुलुकको स्वाधिनताको रक्षाका लागि राष्ट्रिय युद्ध लड्नुको विकल्प नभएको भन्दै उहांले माओवादी आवश्यक परे भारतसंग फौजी लडाई लड्न तयार रहेको चेतावनी दिनुभयो । भारतीय वुद्धिजीवीहरु कै नजरमा भारतले नेपालमा हस्तक्षेप गरिरहेको टिप्पणी गर्दै नेता भट्टले आफुहरु भारतीय जनताको विरोधी नभएको जिकिर गर्नुभयो । सीमामा हस्तक्षेप गरिहेको भारतले अहिले वालुवाटार र सिहदरवारमा हस्तक्षेप गरेको नेता भट्टले टिप्पणी गर्नुभयो । उहांले माओवादी पार्टी फुट्ने हल्लामा कुनै सत्यता नभएको भन्दै वहसबाट पार्टी नयां तरिकाले अगाडी वढ्ने वताउनुभयो । पार्टीभित्र नेताहरुले प्रस्तुत गरेका ३ ओटै प्रतिवेदनमा छलफल हुने र त्यसबाट पार्टी नया आधारबाट एक भएर जाने उहाको भनाई थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out