'छमछमी'लाई झरनाको साथ

काठमाडौं, मंसिर ९ (नागरिक) - नृत्यमा नयाँ पुस्ताको प्रगतिले हिरोइन झरना थापालाई लोभ्याएको छ। नेपाल टेलिभिजनको रियालिटी शो 'छमछमी'मा अतिथि बन्न पुगेकी झरना त्यसका प्रतियोगीलाई काम दिने योजना बनाएर फकिएकी छिन्।
'नृत्यमा अभिरुचि राख्नेलाई यस्तो राम्रो मञ्च देख्दा अचम्म लाग्यो,' कार्यक्रमको रेकर्डिङ नियालेपछि उनले भनिन्, 'हाम्रो पालामा आफ्नो प्रतिभा देखाउन यस्ता कुनै कार्यक्रम थिएनन्। इन्स्टिच्युटको पनि कमी थियो।'
उत्कृष्ट दसमा परेका प्रतियोगीको नृत्यले आफूलाई निकै प्रभाव पारेको उनले बताइन्। 'सहभागी प्रतियोगी र कोरियोग्राफरको काम निकै स्तरीय छ,' नृत्यमा पारंगत मानिने झरनाले नागरिकमार्फत घोषणा गरिन्, 'टेलिभिजनमा त मैले केही पनि भनिन। तर, ती प्रतियोगी र कोरियोग्राफरलाई मेरो नयाँ फिल्ममा लिने निर्णय गरिसकेँ।' यसबारेमा आफ्नो निर्माता पति सुनीलकुमार थापासँग छलफल भइसकेको उनले जानकारी दिइन्। प्रतिभाको पहिचान गर्न यस्ता रियालिटी सो उपयुक्त हुने उनको ठम्याइ छ।

नेपाल टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको 'छमछमी'मा नेपालका १४ शहरका ६ हजार प्रतिस्पर्धीबाट १ सय एकजना छानिएका थिए। 'अब हरेक हप्ता एक जना प्रतियोगी बाहिरिन्छन्,' कार्यक्रमका सम्पादक दामोदर गजुरेलले भने, 'उत्कृष्ट १२ को छनोटपछि यस्तो नियम बनाइएको हो। अहिले एसएमएस राउन्ड पनि सुरु गरिएकोले निर्णायकको मत र दर्शकको भोटका आधारमा प्रतियोगीको यात्रा तय हुनेछ।'
अभिनेत्री मिथिला शर्मा र नृत्य निर्देशक विमला राई कार्यक्रमका निर्णायक छन्। 'छमछमी'का आउँदा शृंखलामा सेलिब्रिटीहरूलाई समेत सहभागी गराउने नेपाल टेलिभिजनले जनाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out