दुई-चार नेताले लडाकुको जीवन बर्बाद पारेः कट्वाल

पर्सा, मंसिर १३ - पूर्व प्रधानसेनापति रुक्माङ्गद कट्वालले माओवादीका दुई चार जना नेताको स्वार्थका कारण शिविरमा बसेका माओवादी लडाकुहरुको जीवन बर्वाद भएको आरोप लगाएका छन् ।
सोमबार वीरगन्जमा राष्ट्रिय संयुक्त मोर्चाको प्रथम नारायणी अञ्चल भेलाको उदघाटन गर्दै कट्वालले जनअधिकारमा विश्वास गर्ने दलले राज्यलाई हतियार बुझाएर राजनीति गर्नु पर्ने बताए । विगतमा माओवादीले नेपाली सेनालाई छुन खोज्दा मुलुकका सबै निकाय र वर्गले त्यसको विरोध गरेको बताउँदै कट्वालले विश्वका विभिन्न मुलुकमा सेनाले प्रजातन्त्रको अपहरण गरेको उदाहरण रहे पनि नेपाली सेनाले जहिले पनि प्रजातन्त्रको संरक्षण गरेको दाबी गरे ।

पटक पटक लोकतन्त्र र प्रजातन्त्रको प्रसंग कोट्याउदै कट्वालले यस्तो लोकतन्त्र र प्रजातन्त्र मुलुकलाई नचाहिने टिप्पणी गरे । उनले संघीयताले मुलुक विभाजन गर्ने भएकाले आफू संघियताको पक्षमा समेत नरहेको बताए ।
मुलुकमा व्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर राष्ट्रिय स्वार्थ हेर्ने नेताको खाँचो रहेको औल्याउँदै कट्वालले त्यसका लागि सबै दल र तिनका नेता इमान्दार हुनु आवश्यक रहेको बताएका थिए । उनले मुलुकको शान्ति सुरक्षाको अवस्था खस्किएकाले नेपालीले हाल विकास र अन्य सुविधा नभई केवल शान्ति चाहेको बताए ।
कट्वाल प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्व राजसंस्था समर्थक, हिन्दूवादीहरुको संलग्नता बढि थियो । यस अघि घण्टाघरबाट निकालिएको र्‍याली राजसंस्थाको समर्थनमा बिभिन्न नारा लगाउँदै नगर सभागृहमा समारोहमा परिणत भएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out