सोनालीसँग बिराजको रोमान्स

नेपाली सिनेमाका हिरो बिराज भट्ट रिलिजको तयारीमा रहेको भोजपुरी प्रोजेक्ट 'जावाज जिगर वाले'मा बलिउड हिरोइन सोनाली जोशीसँग देखापर्दैछन् । बिराजले बलिउडको ए ग्रेडकी सिनेमाकी अभिनेत्री सोनालीसँग खुबै रोमान्स गरे । 'एक्स्क्युज मी' हिरोइन सोनालीसँग विराजको केमेष्ट्रीको चर्चा पनि निकै भयो । विराज स्वयम पनि यो कुरामा सहमत छन् । यसअघि 'पाल और तिर्खा' निर्देशन गरिसकेका निर्देशक निर्मल केसीले दुई भिन्न चलचित्र उद्योगका स्टारलाई मिलाइदिएका थिए ।
मुम्बइ लगायत रमणीय विदेशी स्थानमा सुटिङ गरिएको 'जापाज जिगर वाले' मुम्बइमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी दीपक अधिकारीको पहिलो प्रोजेक्ट हो । दुई करोड ४० लाखको बजेटमा निर्माण गरिएको यो चलचित्रबाट नेपाली सिनेमाकी अभिनेत्री पूजना प्रधानले पनि भोजपुरीमा डेब्यु गरेकी छिन् । अभिनेता पुष्कर भट्टको एक्सन दृश्य समेटिएको चलचित्र आगामी माघ/फागुनको चिसोमा 'शक्तिमान'का नामले नेपालमा रिलिज हुँदैछ ।

यो प्रोजेक्टबाट विराजले आठ लाख लिएका थिए । एक्सन तथा थ्रीलर श्रेणीको यो चलचित्र मुम्बइमा रिलिजको क्रममा छ । भारतका अन्य स्थानमा चलचित्र रिलिज गरिसकिएको छ । मुम्बइमा बीसवटा भन्दा होटलमा लगानी गरेका निर्माता अधिकारीले यसै चलचित्रबाट रजतपटमा हात हालेका हुन् । शनिबार मात्र नेपाल आएका दीपकले स्वदेशमा पनि चलचित्रको पब्लिसिटी थालेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out