विकिलिक्सका संस्थापक इन्टरपोलको 'मोस्ट वान्टेड'मा

काठमाडौँ, मंसिर १५ (एजेन्सी)- गोप्य दस्तावेजहरु सार्वजनिक गरेर विश्वभर तहल्का मच्चाइरहेको विकिलिक्सका संस्थापक जुलियन असान्गेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले 'रेड नोटिस' जारी गरेको छ। तर यो नोटिस विकिलिक्सले हालै जारी गरेको अमेरिकी दूतावासहरुका गोप्य दस्तावेजसँग सम्बन्धित भने छैन।

यो स्वीडेनमा उनले गरेको भनिएको एउटा यौन अपराधका विषयमा हो। स्वीडेन प्रहरीको आग्रहमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेको हो।

रेड नोटिस कसैलाई गिरफ्तार गर्न चाहिने अरेस्ट वारेन्ट जस्तो भने हैन। यसमा उनको बारेमा जानकारी भएकालाई उनी कहाँ छन् भन्ने बारे जानकारी दिन भनिएको हुन्छ। इन्टरपोलमा १८८ राष्ट्र सदस्य छन्।

स्वीडेनको एउटा अदालतले उनलाई गिरफ्तार गर्ने आदेश दिइसकेको छ। उनीमाथि बलात्कार लगायतको यौन दुर्व्यवहारको आरोप लगाइएको छ। असान्गे यी आरोपलाई अस्वीकार गर्छन्। अभियोग प्रमाणित भए उनले कम्तिमा दुई वर्ष कैद सजाय भोग्नु पर्नेछ।
विकिलिक्सका संस्थापक जुलियन असान्गेलाई अन्तर्राष्ट्रिय प्रहरी संस्था इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ। विकिलिक्समा गोप्य कागजात रिलिज गर्‍यो भनेर हैन, कन्डम फुटाएर सेक्स गर्‍यो भनेर! न्युयोर्क टाइम्समा प्रकाशित खबर अनुसार असान्गे र एउटी केटीबीच सहमति मै सेक्स भाको थियो रे तर गर्दागर्दै पछि त्यो असहमतिमा हुन पुग्यो रे। एउटी केटीले कन्डम फुटेपछि रोकिऊ भन्दा पनि नमानिकन असान्गेले सेक्स गरेको आरोप लगाएकी रहिछिन् भने अर्की केटीले चाहिँ कन्डम लगाएर सेक्स थालेको तर त्यो काम नलाग्ने भएपछि रोक भनेर अपील गर्दा पनि नमानेको आरोप लगाएकी छिन्। असान्गेले भने यो सब आफूलाई फसाँउन रचिएको ‘फोहोरी चाल’ बताउँछन्। अहिले उनी भूमिगत छन् र एकै ठाउँमा दुई रात पनि सुत्दैनन्। उनी कहाँ छन् कसैलाई पत्तो छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out