दस वर्षपछि माओवादी

नेपाली कम्युनिस्ट आन्दोलन जन्मेदेखि नै विभिन्न गुट र तिनका नेताहरूबीच को सच्चा क्रान्तिकारी भन्ने लडाइँ चलिरहेको छ। एकले अर्कालाई संशोधनवादी, विसर्जनवादी र आत्मसमर्पणवादीको आरोप मथ्ने मात्रै नभई क्रान्तिको शत्रु वा गद्दारसम्मका आक्षेपहरू लगाउने हदसम्मका काम पनि भइरहेकै छन्। संस्थापक नेता पुष्पलाललाई समेत गद्दारीको पगरी भिराउने प्रयास भएको थियो भने मनमोहन अधिकारी र मोहनविक्रम सिंहजस्ता नेताहरूले पनि प्रकारान्तरका यस्ता उपाधिहरूको सामना गर्नुपर्‍यो। यो उपक्रम इतिहासमा मात्रै सीमित छैन, अहिले पनि छ र भविष्यमा पनि चलिरहनेछ। किनभने, कम्युनिस्ट आन्दोलनमा नयाँ 'क्रान्तिकारी'हरू भित्रिने क्रम कहिल्यै रोकिन्न र हरेक नयाँ क्रान्तिकारीले पुरानालाई अकम्युनिस्ट नभनी आपmनो धरातल बनाउन सक्दैन।
छ दशकभन्दा पुरानो आन्दोलनको सबैभन्दा नयाँ क्रान्तिकारी एकीकृत नेकपा माओवादी हो। अहिले केही मत्थर भए पनि शान्ति प्रक्रियामा नआउन्जेल यसले मदन भण्डारीलाई समेत गद्दारको श्रेणीमा राखेर कुरा गथ्र्यो भने नेकपा एमालेलाई नक्कली कम्युनिस्ट भनेर थाक्दैनथ्यो। तर, अब माओवादीसमेत पुरानो हुने प्रक्रियामा सामेल भइसकेको छ। एक दशक नपुग्दै दीर्घकालीन भनिएको 'जनयुद्ध' बिसाएर माओवादी शान्ति प्रक्रियामा आउनुको अर्थ कम्युनिस्टहरूको अन्तरमनमा बास बसेको वर्गीय युद्धले सधैँका लागि विश्राम पाएको भन्ने हुँदै होइन। युद्धकै आशक्ति बोकेर अबका केही वर्षमा फेर िनयाँ क्रान्तिकारीहरू परिदृश्यमा देखिनेछन्। तिनले अहिलेको एकीकृत नेकपा माओवादीलाई क्रान्तिको स्रोत मान्लान् कि दुस्मन ? यस प्रश्नमा मन्थन गर्ने बेला भइसकेको छ।

अबको एक दशकपछि क्रियाशील हुने नयाँ पुस्ताको नजरमा अहिलेको माओवादी र त्यसका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'को परीक्षण दुईथरी तर्कको कसीमा हुनेछ। पहिलो, अन्ततः प्रचण्डले मुलुकलाई गृहयुद्ध र दशकौँको अराजकताबाट बचाउन साहसिक कदम उठाएर इतिहासमा आपmनो महानता दर्ज गरे भन्ने तर्क। यस्तो तर्क गर्नेहरूले माओवादी र प्रचण्डले धरातलीय वास्तविकता बुझेर मुलुकको उद्धार गर्न हदैसम्मको त्याग गरेका मान्ने छन्। दोस्रो, माओवादी र प्रचण्डले जनता र क्रान्तिप्रति गद्दारी गरे भन्ने तर्क हुनेछ। यस्तो तर्क गर्नेहरूले १५ हजारभन्दा धेरै जनताको रगतमा आहाल बसेर प्रचण्डले सत्ताभोग गरेको आरोप लगाउने छन्। उनीहरूले एकीकृत नेकपा माओवादीको धोकाधडीबाट क्रान्ति बिथोलिएको बुभmने छन्।

पहिलो तर्क गर्नेहरू वामपन्थीसमेत नहुन सक्छन् भने दोस्रो तर्क गर्नेहरू खाँटी कम्युनिस्टहरू हुनेछन्। तीमध्ये कुन पक्ष बलियो होला भन्ने कुराको अनुमान गर्न पनि अप्ठ्यारो छैन। नेपाली समाजको स्वभाव वामपन्थी छ। यही स्वभावको गर्भबाट कहिलेकाहीँ उग्रवादको जन्म पनि हुन्छ। झापा विद्रोहको झिल्को १० वर्षे 'जनयुद्ध' हुँदै डढेलोमा परण्िात भयो। इतिहासका घटनाहरूबीचको तारतम्यताका कारण भविष्यमा पनि यस्ता अभिव्यक्तिहरूको क्रम रोकिने छैन। जसरी झापा विद्रोहका अगुवाहरूले कालान्तरमा आत्मसमर्पणवादीको सम्मान पाए, त्यस्तै नियति आजका माओवादीले भोग्नु नपर्ला भन्ने छैन। जसरी अध्यक्ष प्रचण्ड र सिंगो माओवादी नेतृत्वले अहिले हिजोका वाचा बिर्सेर तथाकथित लचकताको स्वाङमा 'जनयुद्ध'को आगो निभाउने प्रयास गररिहेका छन्, त्यसले विशेष गरी भावी क्रान्तिकारीहरूको उग्र तप्कालाई भड्काउन सक्छ। इतिहासका पन्नामा माओवादी र अध्यक्ष प्रचण्ड महान्भन्दा पनि धोकेबाज कहलिन सक्ने प्रचुर खतरा देखिँदैछ।

माओवादीको हिजोको लडाइँ र अहिलेको हिँडाइ हेर्दा अबको १० वर्षपछि मात्रै पनि कतै उसले इतिहासको सबैभन्दा कलंकित क्रान्तिकारीको पगरी त गुथ्नुपर्ने होइन भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। प्रचण्ड र शीर्ष नेताहरूले डुब्दै गरेको डुंगा सम्हाले अर्कै कुरा, होइन भने कुनैबेलाका हिरोहरूले भावी सन्ततिको घृणा र दुत्कार सामना गर्नुपर्ने अनपेक्षित अवस्था भोग्नुपर्ने निश्चित छ। नेपाली समाजका बाध्यताहरूमा खेलेर क्रान्तिका नारा उरालेर उत्पीडित र मुक्तिकामी जनताको भावनाको दोहन गर्दै सत्तासुख मात्रै हत्याएको आरोपबाट माओवादी बच्न सक्लाजस्तो पनि देखिन्न। किनभने, लगातार विग्रहमुखी त्यो पार्टीको क्रान्तिकारी कलेबर खुइलिँदै बुर्जुवाकरणको गति तीव्र भइरहेको छ। र, त्यसलाई उद्धार गर्न सक्ने चामत्कारकि नेता परदिृश्यमा देखिँदैन।

'जनयुद्ध' अपरहिार्य थियो भन्ने होइन। नेपाली समाजको कायापलटमा त्यस्तो 'जनयुद्ध' सार्थक हुनसक्छ भन्ने पनि छैन। तर, जस्तोसुकै लहडमा सुरु गरएिको होस्, माओवादीले उठान गरेको 'जनयुद्ध'ले इतिहास नै फेरििदएको खुला सत्य हो। समाजको चेत उकास्न मात्रै 'जनयुद्ध' सफल भएन, त्यसले किनारामा पारएिका जनताको 'बार्गेनिङ्' क्षमता पनि बढाइदियो। जति विध्वंसक भए पनि त्यो परविर्तनको प्रत्याभूति गर्न समर्थ थियो। तर, माओवादी नेतृत्वले जनताको भावनालाई उत्तेजित पारेर हासिल गरेको त्यो शक्तिको दुरूपयोग गररिहेको छ। 'जनयुद्ध'बाट प्राप्त शक्तिको उपयोग गरेर माओवादी नेताहरूले न्यूनतम रूपमै भए पनि परविर्तनलाई सुनिश्चित गर्न सक्थे तर त्यसो भइरहेको छैन।

अहिलेको अस्िथरता र अन्योलको विश्लेषण गर्न नसकेर पनि माओवादीले दुःख पाएको हो। शान्ति प्रक्रियामा भइरहेको ढिलाइले माओवादीको प्रतिरोध क्षमता घट्दै गइरहेको छ भन्ने छैटौँ विस्तारति बैठकले हावा खानुबाट पनि स्पष्ट हुन्छ। लक्ष्यप्रतिको खुकुलो आशक्ति वा सजिलो बाटोको खोजी जे कारणले भए पनि त्यो पार्टी अब आफँैले बनाएको भुलभुलैयामा बरालिन थालेको छ। 'जनयुद्ध'मा र्फकने कुरा त परै जाओस्, 'जनविद्रोह' पनि उसका लागि फलामको चिउरा बन्दै गएको छ। यो अवस्था झन् गहिरँिदै जाने निश्चित हुँदाहँुदै त्यसका नेताहरू चलनचल्तीकै लोकतन्त्रमा 'फेस सेभिङ्'को ठाउँ बनाउनसमेत चुकिरहेका छन्। भूमिसुधारमार्फत उत्पादनका साधनमाथि स्वामित्वको न्यायसंगत प्रणाली प्रत्याभूत गर्न सक्ने र परम्परागत विभेद अन्त्य हुने संविधान र शासन प्रणालीका लागि मात्रै एकोहोरएिर लाग्ने हो भने पनि माओवादीले भविष्यमा 'गद्दारी'को तक्मा झुन्ड्याउनु नपर्ने हुनसक्छ। तर, नेताहरू अन्ततः घँुडा टेक्नैपर्ने खालका व्यवहार र गतिविधि गररिहेका छन्। सबैभन्दा आश्चर्यको कुरा त के भने प्रकाण्ड विद्वान् मानिएका नेताहरूले समेत कलंकको त्यो टीकाबाट बच्ने उपायका बारेमा सोचिरहेका छैनन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out