दाहालले विद्यार्थी नेतालाई भने, 'जनविद्रोहका लागि तयार रहनुस्'

काठमाडौं, मंसिर २० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्भावित जनबिद्रोहका लागि तयार रहन विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् । आफ्नै निवासमा सोमबार अखिल क्रान्तिकारीका नेताहरुसँगको बैठकमा दाहालले मुलुक गम्भीर संकटनमा फस्न लागेको उल्लेख गर्दै जनविद्रोहका लागि बिद्यार्थी शक्ति परिचालन गर्ने बेला आउन लागेको बताएका हुन् ।

माओवादीका केन्द्रीय पदाधिकारीहरु उपाध्यक्षहरु, महासचिव, सचिव समेत सहभागी भएको बैठकमा दाहाले मुलुकमा शान्ति र संविधनमा गम्भीर षडयन्त्र भइरहेको उल्लेख गर्दै जनविद्रोहका लागि तयार हुनुपर्ने बताएका हुन् ।
'व्यापक जनपरिचालनसहति जनविद्रोहमा लाग्नु पर्ने अवस्था आउन सक्छ, त्यसका लागि तयार हुनुपर्छ' दाहालको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेल भने, 'अब एकपटक शक्तिशाली धक्का नदिई जनताको भविष्य छैन ।'
शान्ति र संविधानमा षडयन्त्र भए जनबिद्रोहमा जाने निश्कर्ष पालुङटार बैठकले निकालिसकेको छ । संविधानसभाको म्याद जेठ १४ गतेसम्म प्रगतिशील संविधान' बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: २०६७ मंसिर २० ०७:३८

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out