गोरखामा चर्कियो गौर हत्याकाण्ड

काठमाडौ। मधेशी जनाधिकार फोरमबाट तराई मधेश लोकतान्त्रिक पार्टी हुँदै एमाओवादीमा पछिल्लो पटक प्रवेश गरेका रामकुमार शर्मालाई पालुङटारको विस्तारित बैठकमा उपस्थित प्रतिनिधिले गौर हत्याकाण्डका नाइके भनेर उछितो खन्ने गरी टिप्पणी गरे। एमाओवादीका केन्द्रीय सदस्य भएका कारण मञ्चमा बसेका रामकुमार शर्मालाई भोजपुरा उपराज्य समितिका सदस्य युवराज भट्टराई (समीर) ले गौर हत्याकाण्डको नाइके यही मञ्चमा बसेको छ, उसलाई तुरुन्त कारबाही गर्नुपर्योा भनी रामकुमार शर्मातिर इंगित गर्दै आफ्नो आक्रोश पोखेका थिए। त्यसो त मधेशका लोकप्रिय अर्काे नेता रोशन जनकपुरीले पनि रामकुमार शर्माको गौर हत्याकाण्डमा हात रहेको तर उनलाई अध्यक्ष नजिक भएको कारण पार्टीले सम्मान गर्दै गाडीसहित मासिक ५० हजार रुपैयाँ उपलब्ध गराएको विचार राखेका थिए।

यसरी एमाओवादी पार्टीकै विस्तारित बैठकका प्रतिनिधिले आफ्नोबारेमा टिप्प्णी गरेपछि रामकुमार शर्माले त्यसलाई चरित्रहत्या गर्ने उद्देश्यले आएको विचार र एमाओवादीका अध्यक्ष वा मधेश व्यूरो इन्चार्जले त्यसबारेमा स्पष्ट पारिदिन आग्रह सहितको चिट विस्तारित बैठकमा अध्यक्ष मण्डललाई दिएका थिए। तर रामकुमार शर्माको माग त्यहाँ कुनै सुनुवाई नै भएन उनले सोही चिट नागरिक दैनिकलाई समेत उपलब्ध गराएपछि नागरिक दैनिकले भने जस्ताको तस्तै प्रकाशित गरेको थियो। पार्टीको विस्तारित बैठकमा दिएको सामग्री बाहिर लगेर पत्रिकामा प्रकाशित गर्न दिएकोमा शर्मालाई कुनै कारबाही हुने कि नहुने भन्ने प्रश्न पनि अहिले एमाओवादीभित्र उठेको छ। स्मरणीय छ, २०६३ चैतमा भएको गौर हत्याकाण्डमा २९ जना ('होनाहार योद्धा') एमाओवादी कार्यकर्ताहरु मारिएका थिए। मधेशी जनाधिकार फोरमले एमाओवादीले आयोजना गरेको कार्यक्रमसँगै आमसभा राख्दा सो नरसंहारको घटना घटेको थियो र मधेशी जनाधिकार फोरमले राखेको आमसभाको प्रमुख अतिथि रामकुमार शर्मा रहेको दावी माओवादी कार्यकर्ताको रहेको छ। यसले गर्दा शर्मामाथि गौर हत्याकाण्डका नाइके भन्ने आरोप माओवादीको भोजपुरा राज्यसमितिका प्रतिनिधिले विस्तारित बैठकमा लगाएका हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out