'कायर पुरुष नै आक्रामक हुन्छन्''

मदिरा सेवनले पुरुषको मनको उकुसमुकुस पोख्ने अवसर दिन्छ । आप\mनो बर्बरतालाई निकास दिन कहिलेकाहीँ मदिरा सेवनलाई बहाना बनाउने पनि गर्छन् कतिपय पुरुष

अति प्रिय सुकन्या, 
बुद्धको देशमा असिम शान्तिले बास गरेको होला भन्ने हामी पश्चिमेली सोच्छौँ । यस्तै मनसाय मेरो बालकथा 'तेन्जिङको मृग'मा मैले व्यक्त गरेकी छु । निश्चित रूपले मलाई भन्न गाह्रो छ, यस्ता घरेलु हिंसाका समस्या हिमाली क्षेत्रमा पनि हुन सक्छन्, जसरी संसारको हरेक ठाउँमा यी व्याप्त छन् । कारण जहीँतहीँ समाजको संरचनाको जग पितृसत्तात्मक धारणाले बेरूप बनाइएको हुन्छ । हिंसाका क्रियाकलापबाटै साम्राज्य खडा हुन्छन्- सरकारले जनतालाई, सरकारले सरकारलाई, संगठनले सरकारलाई, सरकारले संगठनलाई र अन्ततः सरकार र संगठनले वातावरणलाई । सन्देश छर्लंगै छजनता महत्त्वपूर्ण होइन, महिला तथा बालबालिका महत्त्वपूर्ण होइनन्, पुरुष महत्त्वपूर्ण होइनन् र पृथ्वी नै महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण त केवल सम्पत्ति र शक्ति प्राप्ति हो ।
यस्तो परिस्थितिमा साँचो तथा दिगो मूल्य र मान्यता तथा दया र करुणाका भावना ह्रास हुन सक्छन् । यसले संसारमा आशाको अधिकतम र स्वविवेकको असाधारण क्षति गरेको छ । हो, कुनै व्यक्ति पाशविक हुनु र नहुनुमा पारिवारिक कारण पनि छन् । यदि कुनै व्यक्तिले माया, ध्यान र उचित निर्देशनको वातावरणमा हुर्किने मौका पाएको छ भने ऊ सन्तुलित व्यक्ति हुनसक्ने सम्भावना बढी हुन्छन् । यदि उसलाई आप\mना भावना र आवश्यकता सन्तुलित ढंगले व्यक्त गर्न सिकाइएको छ भने ऊ करुणा र परिपक्वताको धनी हुनसक्छ । तर, यदि उसको पिता अथवा हजुरबा पाशविक प्रवृत्तिका छन् भने अथवा परिवारमा कुनै सन्तुलित नमुना पुरुष छैन भने अथवा आमा बालबालिकाको संरक्षण र निर्देशन गर्न सक्षम छैन भने अथवा पुरुषप्रधानताका दिग्भ्रमित सामाजिक अवधारणा हाबी छन् भने त्यस्तो अवस्थामा कुनै पनि व्यक्ति निकृष्ट हुने सम्भावना हुन्छ ।
साथै, जब महिला स्वतन्त्र भएर आर्थिक रूपले आपनो खुट्टामा उभिन सक्ने हुन्छन्, तब पुरुष आफ्नो सामाजिक तथा आर्थिक संरक्षकको भूमिका कमजोर भएको ठान्छन् र आफ्नो अहम्मा धक्का लागेको महसुस गर्छन् । उसमाथि नेपालजस्तो दसकौँदेखि अस्थिर देश जहाँ कहालीलाग्दो गरिबीले निरन्तरता पाइरहेको छ, जहाँ पुरुषले आफ्नो शारीरिक र मानसिक ऊर्जा उचित ढंगले प्रयोग गर्न पाइरहेका छैनन्, सम्भवतः पुस्तौँदेखिको बेरोजगारीको सामना गर्नुपर्ने स्थिति अथवा निम्न पारिश्रमिकमा सन्तोष गर्नुपर्ने बाध्यता छ । यस्ता परिस्थितिको मारले आफैंप्रति जगाएको घृणा र शक्तिहीनताको आभास नै प्रताडना बनेर महिला र बालबालिकामाथि अनायास नै बजि्रन पुग्छ । अन्ततः पुरुष प्रत्यक्ष वा अप्रत्यक्ष स्वपतनमा विस्फोट हुन्छन् ।

मानिसमा समाहित सारा सम्भावना तथा गुणलाई विकास गर्न हरेकले पाउनुपर्छ । हामी वृक्षजस्ता हौँ, आकाश छुन पुग्नुपर्छ । जराचाहिँ बलियोसग पृथ्वीमा गाडिएको हुनुपर्छ, ताकि सिर्जनात्मक ढंगले मर्यादापूर्वक बाँच्न सकियोस् । यी सम्भावना अभावमा मानिसलाई विध्वंसकारी प्रवृत्तितिर लम्कन सहज हुन्छ । स्पष्टसँग भन्ने हो भने हामी सबै आफूमा भएका गुणको विकास गर्न चाहन्छौँ । तर, थाहा पाएर वा नपाएर आइपर्ने अडचन अति घातक हुन्छन् । पुरुषको पराजित मनस्थिति उसले गर्ने संवेगात्मक व्यवहारले नै उजागर गर्छ । उनीहरूको व्यवहारले आपसमा मिलिरहेको परिवार तथा समुदायमै कसरी आघात पुर्‍याउँछ भन्ने तथ्य पुरुषलाई अवगत गराउनुपर्छ । विस्तृत अर्थमा भन्नुपर्दा तिनीहरू यथार्थमा आफैंलाई कमजोर साबित गरेर उत्पीडकलाई नै सघाइराखेका हुन्छन् । उत्पीडकले पनि चाहेको त्यही हो । यसो गर्नाले फाइदा उत्पीडकलाई नै हुन्छ किनकि तिनीहरूले चाहेकोजस्तै सामाजिक संरचनालाई सम्हाल्न सजिलो हुन्छ ।
सन्तुलित पुरुषको सहयोगमा यस्तो कार्यक्रमको विकास गर्न सकिन्छ, जसद्वारा उनीहरू यस्ता शक्तिहीन गराउने घातक व्यवहार गर्न छाड्न सक्छन् । त्यसैले यस्ता कमजोरीमा अरूको सहयोगको आवश्यकता हुन्छ भन्ने कुरा सिक्न जरुरी छ । यस संसारमा करुणापूर्वक बाँच्नु सिक्नुपर्छ । तर, यो एक्लैले सम्भव छैन भन्ने कुरा पुरुषले थाहा पाउनुपर्छ । आफ्नो आक्रामक शैलीलाई स्वीकार गर्दै आफ्नो मानसिक शक्तिले लाजको सामना गर्न सकेको खण्डमा स्वस्थ हुने धेरै सम्भावना रहन्छ ।
मदिरा सेवनले धेरै अप्ठ्यारा स्तिथि पैदा गर्छ । तथापि, चाहे त्यो राम्रो होस् अथवा नराम्रो त्यसले पुरुषलाई मनको उकुसमुकुस पोख्ने अवसर पनि दिन्छ । हुन त यसले पनि हिंसालाई नै बढावा दिन्छ र जीवनमा पहिलेदेखि नै अनियन्त्रित पुरुषको हिंसा झन् चर्केर आउँछ । आफ्नो बर्बरतालाई निकास दिन कहिलेकाहीँ मदिरा सेवनलाई बहाना बनाउने पनि गर्छन् कतिपय पुरुष । तर, मदिराको लतबाट आरोग्य प्राप्त गराउनुपूर्व अमूक व्यक्तिको मनोवैज्ञानिक र शारीरिक समस्यालाई केलाएर हेर्नुपर्छ ।
शारीरिक संरचनाको दृष्टिकोणले नियाल्दा अत्यधिक मदिरा सेवनले शरीरमा चिनीको मात्रा बढाउँछ, जसले दिमागमा प्रवेश गरेर मानिसको दृष्टिबोध र मनोभावनामा विकृति र असन्तुलन पैदा गर्छ । अब के चाहियो र ? यसरी नै कलेजो खुम्चने प्रक्रिया सुरु हुन्छ । कलेजो खुम्चने र उत्तेजित हुने प्रक्रिया बिस्तारै क्रोधका रूपमा परिणत हुन्छ । क्रोधले कलेजोलाई विपरीत ढंगबाट सक्रिय गराउँदा यसले जरा त गाड्ने नै भयो ।
फलस्वरूप मानिस बढी आक्रामक हुन पुग्छ । मदिराको लत छुटाउन चिनी र चिनीको परिकार परहेज गर्नुपर्छ र सात्विक, तर पौष्टिक भोजनको गर्नु अति उत्तम ।
मनोवैज्ञानिक पक्षको कुरा गर्दा मदिरको सन्दर्भमा पनि लाजले प्रमुख भूमिका खेलेको हुन्छ । अत्यधिक मदिरा सेवन गर्ने पुरुष अथवा महिला आफ्ना पूर्व हिंसात्मक व्यवहार महसुुस त गर्छन्, तर पुनः कोट्टयाएको खण्डमा नकार्छन् । लाजको सामना गर्न नसकेकै कारण तिनीहरू आफ्ना गल्ती स्विकार्दैनन् । विश्वभरि व्याप्त यो नशासम्बधी एउटा विकराल समस्या हो । सर्वप्रथम त नशा त्याग्ने इच्छा हुनुपर्‍यो । 'म सधैँ ठीक छु र मैले गरेको जहिले पनि ठीक हुन्छ,' भन्ने कुरामा विश्वास गर्नु चरम अहम्को नतिजा हो । अझ यसो भनौँ, यो हीन भावनाको द्योतक हो । ज्वाला भएर भड्किने यो अहम् यथार्थमा कमजोरी हो । 'म सधैँ ठीक छु' भन्ने धारण वास्तवमा ज्ञान-बोधको दिवालियापन हो । र, एकप्रकारको आत्मसम्मोहनसँग सम्बन्धित हुनसक्छ । यो त यस्तै दुर्बल मनस्थिति भएको मानिसले लिने सुरक्षा कवच हो, जुन आधारभूत हिसाबले कमजोर हुन्छ । यसले त जीवनलाई अझ बढी अनियान्त्रित बनाउँछ । प्रतिक्रिया के हुन्छ त ? उसले अरूको जीवनलाई नियन्त्रण गर्नुपर्छ भन्ने ठान्छ । पुरुष मात्र होइन, कतिपय महिला पनि यस्ता निम्नकोटिको अहम्को सिकार भएका भेटिन्छन् ।
तर, यसप्रकारको आक्रमणको सामना प्रायसः महिलाले नै गर्नुपर्ने देखिएको छ । यस्ता पुरुष वास्तवमा कायर र कमजोर हुन्छन्, त्यसैले त अरूलाई शासन गर्छन् र आक्रामक हुन्छन् भन्ने तथ्य महिलाले बुझ्नु जरुरी छ । आपनो मनमा गाडिएको असुरक्षाको भावना व्यक्त गर्न पुरुष यस्तै माध्यम अपनाउँछन् । व्यंग्यात्मक तरिकाले भन्नुपर्दा महिलाले छाडेर जालान् भन्ने डरले आपनो शक्तिले भ्याएसम्म यस्तै नाटक रचाउँछन् । हिंसा भयावह हुन्छ, तर पनि पुरुषको यस्तै कमजोर स्वभावको आँकलन गरी नडराई जतिसक्दो शान्त र बलियो भएर सामना गर्नुपर्छ ।
महिलाले महिलालाई अथवा समूह भए समूहले पनि यस्ता परिस्थितिमा पीडित महिलालाई अाँट दिनुपर्छ । अझ सबभन्दा उत्तम त के हुनसक्छ भने परिवर्तनकै लागि मात्र भए पनि यस्ता पुरुषलाई घर छाडेर जान बाध्य पार्नुपर्छ । पुरुषले नमानेको खण्डमा महिला आप"mै माइत गएर अथवा कुनै सुरक्षित महिला आश्रम (यदि कहीँ छ भने) अथवा साथीभाइकहाँ गएर बस्नुपर्छ । सो अवधिमा यस्ता प्रताडित शासनविरुद्ध लड्नसक्ने शक्ति सञ्चय गर्नुपर्छ । पुरुषलाई बुझ्न मायालु तथा दयालु स्वभाव देखाएर नम्रतापूर्वक पेस हुनुको कुनै अर्थ छैन । किनकि तिनीहरू खुलाहृदयले परिपक्व भएर मनको भावना र आवश्यकता कहिल्यै व्यक्त गर्दैनन् । यदि आक्रामक शैलीमा प्रस्तुत नहुने वाचा गर्छन् र उनीहरू आफैंले व्याख्या गर्न नसक्ने अहम्का उपज र संवाद केलाउने र सोसँग जुध्ने प्रतिबद्धता जाहेर गर्छन् भने नम्रतापूर्वक आफ्ना संवाद पेस गर्न सिकाउन सकिन्छ । वास्तवमा यो सबैभन्दा उत्तम उपाय हुन्छ । अरूबाट सम्मान पाउन आफैंनो आत्मसम्मानको विकास गर्नैपर्छ ।
यो पनि सम्भव हुन सकेन भने महिलाले या त केही समयका लागि अथवा सधैँका लागि घर त्याग्ने या त छरछिमेक अथवा महिला सुरक्षाका निम्ति दबाब समहूसँग सम्पर्क गरेर चेतावनी दिनुबाहेक अरू विकल्प हुन सक्तैन । कत्तिपय पुरुष यस्ता आक्रामक क्रियाकलापलगत्तै मठमन्दिर तथा आफ्ना गुरुकहाँ धाउने गरेको पनि देखिएको छ । आमा तथा गृहणीहरू यस्ता आश्रम तथा गुरुकहाँ गएर परिस्थिति अवगत किन नगराउने ? किन गुरुको मार्गदर्शन नलिने ? यस्ता पुरुषका क्रियाकलापले उनीहरूकै मानसिक विकासमा तथा घरपरिवारको सुखशान्तिमा असर पुर्‍याउने विषयलाई लिएर किन खुलेर कुरा नगर्ने ? गुरुलाई त्यस्ता पुरुषलाई आफ्ना हिंसात्मक व्यवहारमा सुधार ल्याएर आफैंलाई र घरपरिवारलाई बचाउन उद्यत् नहुने हो भने आश्रममा फर्केरै नआउने चेतावनी दिन अनुरोध किन नगर्ने ?
प्रिय सुकन्या, 
आमाको सन्दर्भमा आमा बलियो हुनैपर्छ । छोराको व्यवहारले दर्शाएको मनोवैज्ञानिक तथा सामाजिक विषयको यदि ज्ञान छ भने यसरी आक्रामक हुनुका कारण सोध्नैपर्छ । उसको व्यवहारमा प्रभाव पार्न नसिकाएको खण्डमा उसलाई बालकलाई जस्तो नभएर एउटा वयस्क पुरुषलाई जस्तो वार्ता गनुपर्छ । उसको क्रियाकलाप कसैलाई स्वीकार्य छैन भन्ने तथ्य एउटी आमाले बुझाउन सक्नु आमाकै हितमा छ । एउटी आमाले आफ्नै मनोभावनालगायत आवश्यकताको सविस्तार व्याख्या गर्दै, परिवारका अरू सदस्यको भावना र आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सत्य औँल्याउँदै, परिवारमा मेलमिलापको वातावरण कायम राख्ने हो भने एकअर्काको सम्मान गर्नुपर्छ भन्ने शान्तिपूर्वक बताउन सक्नुपर्छ ।
यदि छोरा हुर्किसकेको छ र हिंसा बारम्बार दोहोर्‍याइरहने गर्छ भने उसलाई घरबाट निकालिदिनुपर्छ । जबसम्म आफ्नो जीवनलाई उसले नियालेर हेर्दैन र परिवर्तन हुदैन तबसम्म घरमा फर्केर आउनै दिनुहुँदैन, भलै उसको जाने ठाउँ कहीँ नहोस् । तर, यो सजिलो छैन । आमाको अन्धमायाले कुनै पनि अवस्थामा छोराको सुरक्षा गर्नै खोज्छ । रिसको झोँकमा यदि लोग्ने अथवा छोराले महँगो सामान तोड्छ भने त्यसको सट्टाभर्ना गर्न लगाउने । मानेन भने उसले मन पराएको सामान घरबाट हटाइदिने । बारम्बार आमा तथा श्रीमतीले यही क्रम दोहोर्‍याइरहेमा विनाशब्द नै उसलाई सन्देश पुग्छ ।
प्रायसः आमाले छोरालाई र श्रीमतीले लोग्नेलाई परिपक्व भएर आफ्नो उद्देश्यमा दृढ रहेर भाग्य बनाउने सल्लाह दिनुपर्ने हो । तर, त्यो त कता हो कता उल्टा सहयोग गरेर उनीहरूलाई बेकम्मा बनाइरहेका हुन्छन् । फलस्वरूप छोरा आमामाथि यत्ति निर्भर हुन्छन् कि उनीहरू आफैंसँग रिसाउन थाल्छन् । अझ भनौँ आफैंलाई घृणा गर्न थाल्छन् । विगतमा भएको अनुसन्धानको परिभाषामा भन्नुपर्दायो एकप्रकारको स्वयंलाई घृणा गर्ने प्रवृत्ति हो । यसप्रकारको प्रवृत्तिको विकास हुनु भनेको हिंसाले दह्रोसँग जरा गाड्ने अवसर पाउनु हो । 
हिंस्रक प्रतिक्रिया आउने सम्भावना भएमाचाहिँ महिलाले झन् उक्साउनेखालका काम गर्नुहुन्न । जस्तै, कसैलाई गिज्याएर लघुताभास गराउन खोज्नु मूर्खता हो । भिडिरहेको अवस्थामा महिलाले आफू पीडित भएको तथा कमजोर भएको आभासचाहिँ पटक्कै दिनुहुन्न । बरु स्थिर र शान्त भएर सामना गरेको भान दिलाउन सक्नुपर्छ चाहे स्थिति जत्तिसुकै भयावह किन नहोस् । शासित हुनु र अनुचित व्यवहार खप्नु महिलाका निम्ति विश्वव्यापी समस्या हो । यसको समाधानका निम्ति कानुन बनिनुपर्छ । कानुन नभएको अवस्थामा यस्ता घरेलु हिंसाबाट महिला तथा बालबालिकालाई बचाउनैपर्छ । संक्रमणकालीन राज्य व्यवस्था भएको मुलुकमा यो गाह्रो छ, तर जरुरी पनि उत्तिकै छ । मलाई लाग्छ तिमीहरूकहाँ सुधारको जग बस्दै होला । भारतमा बलात्कृत भएकी एक महिला पुलिसकहाँ रिपोर्ट लेखाउन जाँदा पुलिसबाटै बलात्कृत भएको दुःखद घटना मलाई सम्झना छ ।
जेहोस्, ढिलै भए पनि हिंसाका यस्ता क्रियाकलाप मेटिँदै जाला भन्ने विश्वास हामी आफैं मात्र होइन, हाम्रा समुदायलाई पनि दिलाउन सक्नुपर्छ । लाइबेरियामा गृहयुद्ध भएको १५ वर्षपछि महिलाले युद्धरत पुरुषलाई शान्तिको मञ्चमा उभ्याउन अठोठ गरे । एरिस्टोफिनद्वारा लिखित प्राचीन ग्रीक नाटक लिसिट्राटाबाट प्रेरणा लिँदै सर्वप्रथम त उनीहरूले शान्ति बहाल नभइन्ज्याल आफ्ना लोग्नेसँगको शारीरिक सम्बन्ध बहिष्कार गरे । लाइबेरियन महिलाको संगठित समूहले शान्तिपूर्ण प्रदर्शनद्वारा परस्पर विरोधी नेताहरूलाई शान्तिको माग गर्दै एकै टेबलमा भेला भएर वार्ता गर्ने आह्वान गरे । जब उनीहरू भेला भए, ती महिलाहरूले कन्फरेन्स रुम नै घेरेर, देशमा विद्यमान समस्याको टुंगो नलागिन्ज्याल बाहिर निस्कन मनाही गरे । यो कार्य सफल रह्यो । अन्तमा ती महिलाहरूले प्रथम महिला राष्ट्रप्रमुखका रूपमा एलेन जोनसन सरलिफलाई प्रजातान्त्रिक ढंगले चुने । लाइबेरियाको इतिहासमा उनी सर्वोकृष्ट तथा अति न्यायप्रेमी राष्ट्रप्रमुख साबित भइन् ।
सुकन्या, मैले केही साताअघि आफ्नो देशको भाग्य नै बदल्ने यी साहसी महिलाका बारेमा बनेको एउटा चलचित्र हेरेकी थिएँ । 'प्रेइङ द डेभिल ब्याक टु हेल' नामको सो चलचित्रले तिनै हजारौँ क्रिस्टियन तथा मुस्लिम महिलाको कथा कहन्छ, जसले सन २००३ मा २० लाख जनतालाई मृत्युको मुखमा झोस्ने रक्तरञ्जित युद्ध अन्त गर्न सहयोग गरे । यी साहसी महिलाले शान्तिपूर्ण विरोधको माध्यमद्वारा शान्तिसझौतामा एउटा जबरजस्त प्रस्ताव पास गराउन बाध्य गराए । उनीहरूकै प्रयत्नले गर्दा अफ्रिकाको इतिहासमा प्रथम महिला राष्ट्रप्रमुखको चयन भयो ।
प्रिसुकन्या,
पुरुषको सन्दर्भमा मात्र होइन, पशुत्व र हिंसा विषयलाई लिएर धेरै अनुसन्धान गर्न बाँकी नै छ । बहुसंख्यक संस्कृतिका हरेक पक्षमा सामाजिक प्रजातन्त्र अपनाएका मुलुकमा समेत यो व्याप्त छ । तिम्रा प्रश्नका उत्तर दिन यथासम्भव प्रयत्न गरेकी छु । तर पनि मैले सकिनँ कि सायद !
तिमीमाथि आशीर्वादको बौछार होस् भन्ने कामना गर्छु, साथै नेपालका निम्ति म प्रार्थना गर्छु । 
तिम्री साथी,
बारबरा
(प्रसिद्ध साहित्यकार पारिजातकी बहिनी सुकन्याले आफ्नी अमेरिकी साथी बारबरा सोरोसलाई नेपाली महिलाले भोग्नुपरेका समस्या उल्लेख गरेर चिट्ठी लेखेकी थिइन् । तिनै समस्यालाई सम्बोधन गर्दै सोरोसले पठाएको प्रत्युत्तर नेपाली समाजमा सान्दर्भिक हुनसक्छ भनी सुकन्या आफैँले अनुवाद गरेकी हुन् । दिदी पारिजातलाई चिट्ठीको शैलीमा सुकन्याले लेखेको नोट र अनुवाद सामान्य सम्पादनसहित प्रस्तुत गरिएको छ । शीर्षक हामीले दिएका हौँ । -सप्तरंग डेस्क)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out