पालैपालो बलात्कार गरे-बलात्कारपछि गर्भ

रूपन्देहीको पट्खौली गाविसकी एक १३ वषर्ीया मुस्लिम बालिका बलात्कारबाट रहेको २७ हप्ताको गर्भ बोकेर न्यायका लागि भौंतारिइरहेकी छिन् । कलिलो उमेरमै गर्भ रहेकाले उनको स्वास्थ्यस्थिति नाजुक रहेको छ ।
बलात्कारको घटना पनि सुरुमा राजनीतिकरण भएपछि अपराधी पक्राउ पर्न सकेका छैनन् । बालिकाको अहिले सुरक्षाको समेत चिन्ता थपिएको यस घटनाको अध्ययन गरिरहेको नमुना एकीकृत विकास परिषद्ले जनाएको छ । पाँचजनाले सामूहिक र पटक-पटक बलात्कार गर्दै आएका कारण गर्भ रहेको घटना धेरैपछि मात्र सार्वजनिक भएको हो ।
पीडित बालिकाका अनुसार, पछिल्लोपटक गत असार १५ गते साँझ उनी सामूहिक बलात्कारको सिकार भएकी थिइन् । उनलाई पट्खौली गाविस- ७ का १६ वषर्ीय खाजिल कुर्मी, १६ वर्षकै कान्छा भन्ने सुनील कुर्मी, १७ वर्षका जितेन्द्र कुर्मी, १८ वर्षका आनन्द कुर्मी र धकधई गाविस- ५ का २८ वर्षीय शंकर धोबीले बलात्कार गरेका थिए । अहिले यी सबै फरार छन् ।
गरिब परिवारमा जन्मिएकी यी बालिकाका बाबुआमा दैनिक मजदुरी गरेर छाक टार्ने गर्छन् । स्थानीय युवाबाट बलात्कार भएपछि पीडितले कसैसँग कुरा राख्न नसकेको अवस्थामा नमुना एकीकृत विकास परिषद्ले गठन गरेको नमुना शान्ति केन्द्रले पहल गरेको थियो । नमुनाकी सिवानी घिमिरेका अनुसार, घटना थाहा पाएलगत्तै पीडित बालिकाको स्वास्थ्य बुटवलमा जाँच गरिएको थियो । यहाँका चिकित्सकले बालिकाले बुटवलका स्वास्थ्य संस्थामा बच्चा जन्माउन सक्ने अवस्था नरहेको भन्दै काठमाडौं लैजानुपर्ने सल्लाह दिएको घिमिरेले बताइन् ।
बालिकाको शरीरमा रगतको पनि कमी छ । उनको नाजुक अवस्थाले गर्दा बच्चा जन्माउनका लागि समय पुगेपछि काठमाडौंमा लैजान चिकित्सकले सल्लाह दिएका हुन् । चिकित्सकको रिपोर्टअनुसार, बच्चाको एउटा मिर्गौला ड्यामेज छ भने आमाको मिर्गौलामा पनि सामान्य असर छ । त्यही कारण बच्चालाई सहज रूपमा जन्म दिन नसक्ने चिकित्सकले बताएका छन् । हाल उनलाई शक्तिबर्धक औषधि सेवन गराइएको छ ।
बालिकालाई हाल माइती नेपालले संरक्षण गरेको छ । माइती नेपाल र नमुना पीडितलाई न्याय दिलाउन लागिपरेको भए पनि मधेसी जनअधिकार फोरमले सुरुमा राजनीतीकरण गर्दा अपराधी फरार भएको बताइएको छ । घटना बाहिर आउन नदिन सुरुमा ३५ हजारमा कुरा मिलाउने प्रयास भएकोमा पछि प्रहरीसम्म केस पुगेपछि एक/एक लाख उठाएर पीडितलाई दिने कुरा उठेको थियो । तर, त्यसमा पनि सहमति नभएपछि ८० हजारका दरले ४ लाख असुल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटनाका दोषीलाई कारबाही गराउन सुरुमा धकधई प्रहरी र पछि जिल्ला प्रहरीमा गए पनि अझै कारबाही हुन नसकेको घिमिरेले बताइन् । धकधई प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहम्मद अन्सारी बालिका बलात्कारको घटनालाई जिल्ला प्रहरी कार्यालयले हेरेकाले आफूले केही भन्न नसक्ने बताउँछन् । घटना घटेको पाँच महिनापछि मात्र आरोपित बलात्कारीका अभिभावकले पाँचजनालाई समातेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भए पनि त्यसपछि आफूलाई केही थाहा नभएको उनको भनाइ छ ।
तर, जिल्ला प्रहरी कार्यालयले ३५ दिनपछिको उजुरीका कारण कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको जनाउँदै आएको छ । अधिकारकर्मीले भने विगतमा सर्वोच्च अदालतले यस किसिमका घटनाका हकमा ३५ दिनभित्र उजुरी दिनुपर्ने व्यवस्थामा परिमार्जन गर्नका लागि सरकारका नाममा आदेश दिएको अवस्थामा मानवअधिकासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि-सम्झौताअनुसार भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।
पालैपालो बलात्कार गरेः पीडित बालिका
गत १५ असारको कुरा हो । घरका सबै धान रोप्न जानुभएको थियो । साँझपख गाउँका पाँचजना केटा आए । भिनाजुले मलेसियाबाट सामान पठाइदिनुभएको छ भनेर मलाई सामान लिन हिँड् भने । उनीहरूले नजिकैको बगैँचामा बोलाए । म पुगेँ । तर, उनीहरूले सामानको कुरै गरेनन् । पालैपालो झम्टे ।
खेतमा पल्टाइ-पल्टाइ उनीहरूले मलाई झम्टिरहे । म दुखेर रोएँ, कराएँ । तर, मेरो चित्कार उनीहरूले सुनेनन् । उल्टै उनीहरूले गरेको त्यो काम कसैलाई भने मार्ने धम्की दिए । जसका कारण जतिसुकै पीडा भए पनि कसैलाई भनिनँ । तर, दुई महिना भएपछि वाक्वाकी र रिंगटा लाग्न थाल्यो । त्यसपछि ववैकुण्ठपुरमा रहेको औषधि पसलमा जचाएँ । त्यहाँ मेरो पेटमा बच्चा छ भन्ने थाहा भएन । पछि, पेट बढ्न र दुख्न पनि थालेपछि बच्चा छ भन्ने लाग्यो । घटनाबारे पछि घरमा आमालाई बताएँ । डरले पहिला कुरा बाहिर ल्याउन नसके पनि अहिले म उनीहरूलाई कारबाही भएको देख्न चाहन्छु । ममाथि त्यस्तो गर्नेले मेरा साथीहरूलाई पनि बाँकी राख्दैनन् । त्यसैले उनीहरूमाथि कडा कारबाही हुनुपर्छ ।
(माइती नेपाल आवधिक गृह भैरहवामा रहेकी पीडित बालिकाले मंगलबार राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका अधिकृत, जवाफदेहिता निगरानी समितिका व्यक्ति तथा सञ्चारकर्मीसामु सुनाएको घटना विवरण ।)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out