'स्वर'को म्युजिक लन्च

 मेरोसिनेमा, काठमाडौं २६ मंसिर, सांगीतिक चलचित्र 'स्वर'को म्युजिक लन्च गरिएको छ । ललितपुरको अर्गानिक भिलेजमा आइतबार आयोजित जमघटमा संगीत सार्वजनिक गरियो । चलचित्रका संगीतकारत्रय सत्यराज आचार्य, स्वरुपराज आचार्य र सुगम पोखरेल, निर्देशक भुषण दाहाल, कान्तिपुर एफएमका स्टेसन म्यानेजर प्रभात रिमाल, क्वेष्ट इन्टरटेनमेन्टका नकिम उद्दिन र भाष्कर ढुंगाना तथा चलचित्र निर्देशक प्रसन्न पौडेलले संयुक्तरुपमा म्युजिक लन्च गरे ।
सो अवसरमा बोल्दै संगीतकारत्रयले नेपाली चलचित्रमा सांगीतिक चलचित्रको ट्रेन्डको थालनी गरेकोमा हर्ष व्यक्त गरे । ककटेल पाटीसहित आयोजित जमघटमा चलचित्रको अफिसिएल वेभसाइट लन्च पनि गरियो । चलचित्रमा आठगीत रहेपनि सातवटा गीतलाई सार्वजनिक गरियो । जसमा पाँच गीतमा सत्यस्वरुप र दुई गीतमा सुगमले संगीत दिएका छन् ।

चलचित्रका गीतमा सत्यस्वरुप, सुगम, सन्तोष लामा, मिङ्मा शेर्पा, अन्जु पन्त, थुप्तेन भुटिया, इन्दिरा जोशी र प्रीति कौरले स्वर दिएका छन् । सबै गीत चलचित्रका परिकल्पनाकार समेत रहेका गीतकार भुपेन्द्र खड्काले लेखेका हुन् । 'रेगुलर नेपाली चलचित्रका भन्दा फरक धारका गीतहरु समेटिएका छन्' गीतकार खड्काले मेरोसिनेमासँग भने 'वेस्टर्न पूर्वीय शाष्त्रिय आधुनिक सुगम रक सबै सांगीतिक शैलीका गीतहरु छन् ।'

अहिलेसम्म नेपाली चलचित्रमा सर्वाधिक लगानी पाँचलाखमा संगीत तयार गरिएको हो । आगामी माघ १४ गते रिलिज हुने मेगाप्रोजेक्टको चलचित्र 'स्वर'को उक्त एल्बमलाई टुएस म्युजिकले विकि्रवितरण गर्नेछ । मनिष राजभण्डारी, रवि लामा र सुरेन बलामीले चलचित्र निर्माण गरेका हुन् । निर्देशन प्रसन्न पौडेलले गरेका छन् । चलचित्रको अफिसिएल वेभसाइट मेरोसिनेमा डटकम हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out