रानीलाई चाहियो ए सर्टिफिकेट

अधिकांश कलाकारको चाहना हुन्छ -आफ्नो चलचित्रलाई 'यू/ए' प्रमाणपत्र मिलोस् ताकि धेरैभन्दा धेरै दर्शकले आफूलाई हेर्न सकून । तर बलिउड अभिनेत्री रानी मुखर्जी भने आफ्नो चलचित्र 'नो वन किल्ड जेसिका'लाई 'ए' सर्टिफिकेट मिलोस भन्ने चाहना राख्छिन् ।
रानी भन्छिन् 'यदि फिल्मलाई ए सर्टिफिकेट मिल्यो भने म निकै खुशि हुन्छु । किनभने हामीहरु बच्चाले यो फिल्म नदेखून भन्ने चाहन्छौं । मलाई लाग्छ यो फिल्म बच्चाहरुले हेर्ने लायकको छैन र ए सर्टिफिकेट मिल्यो भने मैले चाहेजस्तै हुन्छ ।'
उनले भनिन् 'मैले आफ्नी भतिजीलाई पनि यो चलचित्र नहेर्न भन्छु किनभने उसका लागि यो फिल्म बनेकै होइन ।'
'नो वन किल्ड जेसिका' मोडल जेसिका लालमाथि आधारित चलचित्र हो । वर्ष १९९९ मा एक नाइट क्लवमा मनु शर्माले जेसिकालाई गोली हानी हत्या गरेका थिए ।
युटिवी स्पोर्टव्यायले सिनेमाको निर्माण गरेको हो । चलचित्रमा अभिनेत्री विद्या बालनले जेसिकाकी ठूली दिदी सबरिनीको भूमिका निर्वाह गरेकी छिन् । यो सिनेमा जनवरी सातमा रिलिज हुँदैछ । रानीले फिल्ममा एक टिभी समाचारदाता मीरा गेटीको भूमिका निर्वाह गरेकी छिन् ।

२०६७ - मंसिर - १९
मुर्म्बई/एजेन्सी- प्रायः चलचित्रकर्मीहरू आङ्खनो चलचित्रले एडल्ट प्रमाणपत्र पाएकोमा रमाइलो मान्दैनन् ।
तर, अभिनेत्री रानी मुखर्जी आफूले अभिनय गरेको चलचित्रले एडल्ट प्रमाणपत्र पाएकोमा खुसी छिन् । भन्छिन्, 'म खुसी छु, मैले अभिनय गरेको चलचित्रले एडल्ड प्रमाणपत्र पाएकोमा ।'
रानी अभिनित पछिल्लो चलचित्र 'नो वन किल्ड जेसिका'लाई चलचित्र जाँचपास समितिले एडल्ट प्रमाणपत्र दिएको छ । 'ए प्रमाणपत्र पाएकोमा म खुसी छु, मलाई थाहा थियो यो चलचित्र बालबालिकालाई देखाउन लायक छैन,' रानीले भनिन् ।
'न्ाो वन किल्ड जेसिका' मोडल जेसिका लालमाथि आधारित फिल्म हो । सन् १९९९ मा एक नाइटक्लबमा मेनु शर्माले जोसिकाको गोली हानी हत्या गरेका थिए ।
चलचित्रमा अभिनेत्री विद्या बालनले जेसिकाकी बहिनीको भूमिका निर्वाह गरेकी छन् । रानी एक टेलिभिजन पत्रकारको भूमिकामा छिन् । ७ जनवरीबाट यसको र्सार्वजनिक पर््रदर्शन हुने भएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out