मिस अर्थ फ्रिडाजस्तै

'मलाई फ्रिडासँग तुलना गरिन्छ, यो मेरा लागि निकै गर्वको कुरा हो' एजेन्सी/ मिस अर्थको उपाधि जित्न सफल पहिलो भारतीय युवती निकोल फारियाले आफूलाई फिल्म खेल्ने अफर आएको बताएकी छिन् । भियतनाममा डिसेम्बर ४ मा सम्पन्न मिस अर्थ २०१० मा अन्य देशका ८३ जना सुन्दरीलाई पछि पारेर उपाधि जितेकी उनले भारत फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनिन्, 'फिल्म खेल्ने अफर थुप्रै आएका छन् । तर, मैले स्विकारेको छैन । तर, मैले विकल्प भने खुला राखेकी छु ।' उनले आफू एकपटकमा एउटा मात्र काम गर्न चाहने भएकाले फिल्म खेल्ने प्रस्ताव स्वीकार गर्न नसकेको बताउँछिन् ।'जब मलाई मिस अर्थ घोषित गरियो, त्यतिवेला मलाई कुनै कुराको हेक्का भएन,' निकोलले भनिन्, 'आँखा चिम्म गर्दा मैले मेरी आमालाई खुसीले रोइरहेको देखेँ । अनि मलाई लाग्यो, ओहो, म के भएँ । त्यसपछि म तेरो मेबाइल म्यासेजले जाम भयो ।' सञ्चारकर्मीले मिस अर्थ निकोललाई सोधे- तिम्रो अनुहार त स्लमडग मिलिनियरकी हिरोइन फ्रिडा पिन्टोसँग मिल्छ नि, यसबारेमा तिम्रो धारणा के छ ? 'फ्रिडा निकै राम्री छिन्,' उनले भनिन्, 'मलाई उनीसँग तुलना गरिन्छ, यो मेरा लागि निकै गर्वको कुरा हो ।' बेंग्लोरकी निकोल पाँच फिट नौ इन्च अग्ली छिन् । बटर र चिकेन निकै मन पराउने उनी मिहिनेत नै सफलताको मूल सूत्र भएको बताउँछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out