क्यासिनोमा टाट पल्टेकाहरु

काठमाडौ, पुस १३ - 'मेरो माछा पसल राम्रो चलिरहेको थियो । बानेश्वरमा बस्ने मन्त्रीदेखि पियनसम्म माछा किन्न मकहाँ ओइरिन्थे । कुनै अम्मल थिएन । गोजीमा लाख रुपैयाँ हुँदा पनि एक कुड्का सुपारी किनेर खान्नथें । तर क्यासिनो जान थालेपछि बर्बाद भएँ । २०४९ मा पहिलो पटक क्यासिनो गएको थिएँ । २०६२ सम्ममा सबै जेथा सकियो र ४० लाख ऋण पनि लाग्यो । त्यसैबेला एक दिन माछा बिक्री गर्ने थोक बिक्रेताले पैसा नपाएको झोंकमा मलाई डेरामा लगरे थुनिदियो । त्यसपछि मैले विष खाएर आत्महत्या गर्ने प्रयास गरें ।'
जनकपुरबाट २०३७ सालमा काठमाडौं आउँदा नारायण सुडी १३ वर्षका थिए ।
राजधानी आएलगत्तै उनले रणमुक्तेश्वरको माछा पसलमा काम गरे । तीन वर्षपछि उनले आफ्नै माछा पसल सुरु गरे । एउटा कामदार केटा आफ्नै अगाडि साहू भएपछि सहकर्मीहरूको व्यवहार परिवर्तन भयो । त्यहाँ पसल चलाउन नसकेपछि उनको माछा पसल नयाँबानेश्वर सर्‍यो ।
२०४९ को त्यो एक दिनअघिसम्म बानेश्वरमा व्यापार राम्ररी चलिरहेको थियो । नारायण पहिलो पटक क्यासिनो गएको दिन सम्भिmन्छन्, जुन रात उनले डेढ लाख सिध्याए । रणमुक्तेश्वरका व्यापारीले उनलाई 'काठमाडौंको स्वर्ग' देखाउन भनेर पाँचतारे अन्नपूर्णको डान्स बार पुर्‍याएका थिए । त्यही रात उनी होटल परिसरमा रहेको क्यासिनो पनि छिरे । रुलेटमा पैसा हाल्दा गोजीको डेढ लाख कतिखेर सिद्धियो उनलाई पत्तै भएन । हारेको पैसा फर्काउन क्यासिनो छिर्दा अर्को १२ लाख सिध्याए ।
त्यसपछि केही समय रोकिएको क्यासिनो जानेक्रम २०५८ मा फेरि सुरु भयो । 'दसैंका बेला दुई-तीन दिन खेल्दा फेरि १० लाख सकियो,' अहिले पनि बानेश्वरमा माछा पसल चलाइरहेका नारायणले भने । २०६०/६१ तिर क्यासिनो अन्नामा लगातार तीन दिन जुवा खेल्दा उनले जनकपुर स्टेसनरोडको घर बिक्री गरेको १३ लाख पनि सकियो । क्यासिनोकै कारण सबै सम्पत्ति सकियो । उनी अझै कहिलेकाहीं क्यासिनो जान्छन् । 'दुई/चार हजार लिएर जान्छु, एकछिनमै र्फकन्छु,' उनले भने ।
अहिले लत छुटेकाले जनकपुरमा पुनः घर जोड्न सफल भएको उनले सुनाए । बर्बाद भइसके पनि कान्छी श्रीमतीका कारण उक्सिन सकेको बताउने उनले चिनेका साथीभाइचाहिँ उनीजति भाग्यमानी भएनन् । 'पजेरो चढेर क्यासिनो आउने गरेका पाटनका एक मित्र टाट पल्टेपछि सय रुपैयाँ सापटीका लागि पटक-पटक मेरो पसल आइसके,' उनले भने । क्यासिनोले सकिएर सुध्रेका नारायणको संगतमा आउनेमा बिग्रनेकै जमात छ ।
ललितपुर भैंसेपाटीका एक युवक साथीको लहैलहैमा तीन वर्षअघि क्यासिनो छिरेकै दिन पाँच लाख रुपैयाँ जित्न सफल भए । दोस्रो पटकमा ५० लाख रुपैयाँ हात परेपछि उनी क्यासिनो जान छाडे, जितेको पैसा हारिन्छ भनेर । तर जितेको ग्राहक नआएपछि क्यासिनोले उनको खोजी गर्न थाल्यो । पत्ता लागेपछि उनको पछाडि एउटी सुन्दरी लगाइदियो । ती सुन्दरीले आफ्नो जालमा फसाएर युवकलाई फेरि क्यासिनो छिराउन सफल भइन् । क्यासिनो छिरेका युवक तीन दिनसम्म निस्केनन्, खेलिरहे । भैंसेपाटीको सबै सम्पत्ति सिध्याएपछि उनी दुई वर्षदेखि कहाँ छन्, स्थानीय कसलाई थाहा छैन । सिन्धुपाल्चोकका सुन्दरे शेर्पाले केही वर्षअघि विद्यालयको नाममा जम्मा भएको ५ लाख रुपैयाँ झिकेर जुवामा सिध्याएपछि एभरेस्ट क्यासिनोले उनकी छोरीलाई जागिर दिएर थामथुम पारेको थियो ।
जुवाको नशालाई लागू औषधभन्दा पनि कडा भन्छन्, नारायण । राम्रो ग्राहक भएकाले क्यासिनोमा सुत्नका लागि कोठा दिन्थ्यो । 'एकैछिन सुतेपछि क्यासिनोमै र्फकन मन लागिहाल्ने,' उनले सम्झिए । क्यासिनोमा व्यापारी, चिकित्सक, सरकारी कर्मचारी, बैंकर सबै क्षेत्रका मानिस आउने उनी बताउँछन् । पछिल्लो समय जग्गा कारोबारी/दलाल र सजिलै पैसा कमाउनेले क्यासिनो भरिएको उनको अनुभव छ ।
मिहिनेत गरेर खाने वर्ग पनि क्यासिनोमा लागेर बर्बाद भएको नारायणले देखेका छन् । नयाँबानेश्वरमा ठेला व्यापार गर्नेले दिनभरको कमाइ क्यासिनोमा उडाएका छन् । क्यासिनो बन्द भए पनि हुनेखाने जुवाडेले विदेशमा गएर खेलिछाड्ने उनको दाबी छ । मेहनत मजदुरी गर्नेलाई समेत बर्बाद गरिरहेको क्यासिनो बन्द हुनुपर्ने उनी बताउँछन् ।    
पर्यटक भित्र्याउन भन्दै ४४ वर्षअघि सोल्टी होटलमा भित्रिएको क्यासिनो अहिले मुलुकभरि फैलिँदो छ । 'पैसाकै खेल' मा भटाभट क्यासिनो इजाजत लिने क्रम बढेको छ । कानुनअनुसार प्रवेश गर्नै नपाउने नेपाली नागरिककै भरमा क्यासिनो व्यवसाय चलिरहेछ । द्वन्द्वकालमा पर्यटक आगमन न्यूनतम विन्दुमा पुगेका बेला पनि क्यासिनो थपिनुले नेपाली नागरिक लक्ष्य गरी क्यासिनो खुलेको बुझ्न गाह्रो छैन । लाहुरेको रेमिट्यान्स लक्ष्य गरेर पोखरामा दुईवटा क्यासिनो चलेका छन् । श्रीमान् घर नआएपछि खोज्दै क्यासिनो पुग्नेको संख्या बढ्दै गएको धेरैको अनुभव छ ।
पर्यटन मन्त्रालय यतिबेला मिनी क्यासिनोको नाममा भटाभट जुवाघरको इजाजत बाँड्न उद्यत मात्र छैन, पर्यटनमन्त्री स्वयं उद्घाटन गर्दै हिँडेका छन् । पाँचतारे होटलले मात्र क्यासिनो इजाजत पाउने भएकाले मिनी क्यासिनोका नाममा तल्लोस्तरका होटलमा जुवाघरको इजाजत वितरण थालेका छन्, पर्यटनमन्त्रीले । क्यासिनो प्रविधिलाई मिनी क्यासिनो भनेर झुक्याउन खोजिएको छ । शुक्रबार सार्वजनिक लेखा समितिमा पर्यटन सचिवले 'मिनी क्यासिनो नहुने, क्यासिनो मात्र हुने' बताएका थिए ।
मिनी क्यासिनोका नाममा मन्त्रालयले 'आपराधिक काम' गरेको पर्यटनका एक उच्च अधिकारीले बताए । 'क्यासिनोलाई पर्यटकीय उत्पादनका रूपमा स्वीकार्ने मुलुकमा पनि कुनै एक ठाउँमा यसलाई सीमित गरिएको छ । अमेरिकामा लसभेगास, भारतको गोवा, मकाओ यसका उदाहरण हुन् तर यहाँ क्यासिनोलाई दैलोदैलोमा पुर्‍याएर नागरिकलाई बर्बाद गर्न मन्त्री लागेका छन्,' ती अधिकारीले गुनासो गरे । उद्योग- धन्दामा लगानी नहुने, भएका उद्योग पनि बन्द भइरहेको अवस्थामा एकपछि अर्का जुवाघर खुल्न थालेका छन् । पूर्वाधारलगायत पर्यटकीय सुविधामा माखो नमार्ने पर्यटन मन्त्रालय भ्रमण वर्षका नाममा जुवाघर खोल्ने अभियानमा तल्लीन छ । सार्वजनिक लेखा समितिको बैठकमा सभासद धनराज गुरुङले भ्रमण वर्षको नाममा पेइङ गेस्टका लागि भनेर जुवा सञ्चालन अभियान थालिएकामा आपत्ति जनाएका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out