ऐश्वर्याको निहुँमा विवाद

मुम्बई (एजेन्सी), पुस १४ - अन्तर्राष्ट्रिय फेसन दुनियाँको चर्चित म्यागजिन 'एले' रंगभेदी विवादमा परेको छ । म्यागजिनको कभरमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई गोरो बनाइदिएको भन्दै पाठकहरू रुष्ट भएका छन् ।
पूर्व मिस वल्र्ड ऐश्वर्याको प्राकृतिक रंगलाई फोटोसपबाट गोरो बनाइदिएको अडकल सुरु भएलगत्तै पाठकहरूले म्यागजिनविरुद्ध रंगभेदको आरोप लगाएका हुन् । ३७ वर्षीया सुन्दरीको छालालाई 'डिजिटल ब्लिच' गरिदिएको उनीहरूको दाबी गरेका छन् ।

'ब्राइड एन्ड प्रेजुडाइस' स्टारले यो महिना 'एले' म्यागजिनको भारतीय संस्करणको कभरमा शोभा बढाएकी छन् । तर, त्यसमा नीला आँखावाली अभिनेत्रीको छालाको रंग धेरै गोरो देखाइएको छ । म्यागजिनका भित्री फोटामा पनि उनलाई धेरै उज्यालो बनाइएको छ ।
त्यसैले, बलिउड सुन्दरी ऐश्वर्याका फ्यान रुष्ट छन् । उनीहरूले यसबारे म्यागजिनको अनलाइनमा प्रतिक्रिया दिँदै उसले रंगभेद गरेको आरोप समेत लगाएका छन् । 'मलाई रिस उठिरहेको छ,' एक जना फ्यानले लेखेका छन्, 'गोरो छालाचाहिँ सधैं फेसनमा हुने र कालो छालालाई आँखा बिझाउने जस्तो व्यवहार गरेको छ, पत्रिकाले ।'
म्यागजिनले गोरो छाला नभएका मोडललाई गोरो देखाएकामा विवादमा परेको यो पहिलो पटक होइन । गत सेप्टेम्बरमा अश्वेत अभिनेत्री गाबौरी सिडिबेको कम्प्लेक्सन गोरो बनाएर कभरमा छापेपछि विवाद भएको थियो । त्यस घटनामा म्यागजिनले 'प्रेसियस' स्टारको छालाको रंग अरू मोडलहरूको भन्दा बढी सेतो नबनाइदिएको दाबी गरेको थियो ।
फ्यानहरू रुष्ट भएर सुरु भएको यो विवादबारे म्यागजिन र ऐश्वर्याले कुनै प्रतिक्रिया दिएका छैनन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out