नग्न तस्बिरले नायिका पन्त तनावमा

शारदा पोखरेल/राजधानी -काठमाडौं, १४ मंसिर
सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता दिन-प्रतिदिन जति बढ्दो छ, त्यति नै यसबाट पीडित हुनेहरूको संख्या पनि बढ्दो छ । विशेषतः कुनै पनि व्यक्तिको फोटो राखी सहजै फेसबुक आईडी खोल्न सकिने र त्यसमा लिंक गरिएका तस्बिर र सन्देश फेसबुक आईडी भएका जोसुकैले सहजै हर्ेन र पढ्न मिल्ने हुनाले यसको दुरुपयोग बढेको हो ।
विश्वव्यापी रूपमा करिब पाँच वर्षघि सञ्चालनमा आएको फेसबुकको प्रयोगबाट कति नेपाली पीडित भए त्यसको आधिकारिक तथ्यांक कुनै पनि निकायसँग छैन ।
तर, फेसबुकबाट पीडित भएको भन्दै प्रहरीमा उजुरी दिने क्रम भने दिनदिनै बढेको प्रहरीले जनाएको छ । गृहमन्त्री भीम रावल स्वयं पनि यसको सिकार भइसकेका छन् । पर्ूवप्रधानमन्त्री एवं नेपाली कांग्रेसका दिवंगत सभापति गिरिजाप्रसाद कोइरालाको नाममा समेत अहिले फेसबुक सञ्चालनमा छ । नेपालमा तीन वर्षअघिदेखि फेसबुक सञ्चालनमा आएको हो ।
फेसबुककै कारण नायिका गरिमा पन्त अहिले ठूलो मानसिक तनावमा छिन् । करिब डेढ दर्जन चलचित्रकी नायिका एवं चलचित्रजगत्मा स्वच्छ छबि बनाउन सफल यी नायिकाको फेसबुकको स्टाटसमा टाउको उनकै र शरीर अर्कैको -नग्न) राखिएपछि उनी तनावमा परेकी हुन् ।
'यो घटनाले व्यक्तिगत रूपमा मलाई धेरै मानसिक तनाव भइरहेको छ, मैले यसको कारण बुझन धेरै प्रयास गरें, तर सफल हुन सकेको छैन,' पन्तले भनिन् ।
फेसबुक स्टाटसमा नग्न तस्बिर राखेको जानकारी पाएपछि त्यसो नगर्न आफूले पटक-पटक आग्रह गरेको, तर बेवास्ता भएको पन्तको भनाइ छ । उनले आक्रोशित रूपमा भनिन्, 'हामी महिलालाई किन यसरी प्रयोग गरिन्छ - मैले बुझन सकेकी छैनँ, जति भने पनि पटक-पटक यस्ता घटना दोहोरिरहेका छन् ।'
नायिका करिष्मा मानन्धर पनि फेसबुकबाट पीडित भइसकेकी छन् । तस्बिरसहित आङ्खनो नाममा फेसबुक रहेको जानकारी उनले धेरै पछि थाहा पाइन् ।
'मैले फेसबुक खोलेकै थिइनँ, तर साथीहरूले मलाई मेरो नाममा फेसबुक खुलेको जानकारी गराए । हर्ेदा त सही रहेछ,' मानन्धरले भनिन्, 'मेरा थुपै्र तस्बिरहरू त्यसमा रहेछन्, धन्न तस्बिरको स्वरूप बिगारिएको रहेनछ ।'
केही महिनाअघि आङ्खनो नाममा पनि फेसबुक खुलेको गृहमन्त्री भीम रावलले थाहा पाएपछि उनी पनि तनावमा परे । सुरुमा त उनले पत्याउनै सकेनन् । तर आङ्खनो तस्बिरसहितको आईडी भेटिएपछि पत्याउन करै लाग्यो ।
त्यसपछि उनले अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिए । परिसरले गृहमन्त्री रावलको नाममा कसले आईडी खोल्यो पत्ता लगाउन त सकेन नै, त्यसलाई बन्द गर्न पनि ठूलो मेहनत गर्नुपर्‍यो । 'धेरै मेहनतपछि मात्रै गृहमन्त्रीको नामको फेसबुक बन्द गर्न सक्यौं,' केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्माले भने ।
पछिल्लो समयमा प्रहरी कार्यालयहरूमा आङ्खनो व्यक्तिगत इमेल अर्को व्यक्तिले खोलेर दुरुपयोग भएको उजुरी दर्ता गर्ने क्रम पनि बढेको छ । उपत्यकामा मात्रै ६० ओटा यस्ता उजुरी  परिसकेका छन् ।
उजुरी बढ्दै गएपछि फेसबुक र इमेलमार्फ हुने हिंसाका घटना हर्ेन  महानगरीय प्रहरी परिसर काठमाडौंले छुट्टै एकाइसमेत गठन गरेको छ । प्रहरी प्रवक्ता शर्माले फेसबुक र इमेलमार्फ हुने हिंसाका घटनाको मारमा महिलाहरू बढी परेको जानकारी दिए । उनले पीडित कतिपय महिलाले भने उजुरी दिन नचाहेको पनि खुलाए ।
हाल नेपालमा ६ लाख ७० हजार फेसबुक प्रयोगकर्ता रहेको  नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका निर्देशक आनन्दराज खनालले घटना भएपछि मात्र कानुन बन्न थालेकाले कार्यान्वयनमा चुनौती देखिएको बताए । प्रहरी प्रवक्ता शर्माले हजारौं मात्रामा खुलेका साइबरहरूको दर्ता र अनुगमन प्रक्रिया सरकारका अन्य निकायबाट हुने भएकाले नियन्त्रणका लागि प्रहरीलाई अप्ठयारो परेको बताए । उनले दर्ता र अनुगमनको जिम्मा कानुनी रूपमा प्रहरीलाई दिए नियन्त्रण गर्न सजिलो हुने बताए ।
विद्युत् कारोबार ऐन २०६३ ले इन्टरनेटमार्फ हुने हिंसामा अधिकतम दर्ुइ लाख जरिवानासहित पाँच वर्षम्म कैद गर्न सक्ने व्यवस्था गरेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out