माओवादी किन मुसाझैं चिउचिउ गर्दै बसेको ? : ओली

जनक केसी, जाजरकोट, मङ्सिर २६- नेकपा एमालेका नेता केपी ओलीले  सरकार र संविधान निर्माण दुवैको बाधक एकिकृत नेकपा माओवादी भएको बताएका छन्। उनले माधव नेपालले राजिनामा दिए दुई तीन घण्टामै राजनीतिक निकास निस्कन्छ भन्ने माओवादीले वर्तमान अन्यौल परिस्थितिको निकास दिन नसकेको बताए।
सरकारको राजिनामा मागेर नथाक्ने माओवादी अहिले मुसा जस्तै चिउचिउ गर्दै बसेको छ भन्दै उनले प्रश्‍न गरे- खै नयाँ सरकार बनाउन सकेको ? खै समस्याको निकास निकालेको ?
नेकपा एमाले जाजरकोटको २ दिने प्रथम जिल्ला प्रतिनिधि परिषदको त्रिभुवन उच्च मावि खलङ्गाको प्राङ्गणमा आइतबार उद्‍घाटन गर्दै नेता ओलीले उक्त कुरा व्यक्त गरेका हुन। उनले नेपालको सच्चा कम्युनिष्ट पार्टी भनेको एमाले भएकाले जनताको सुरक्षा र वर्तमान समस्याको समाधानका लागि एमाले आवश्यक परेको बताए। जनता मार्ने, जनता लुट्ने, जनताको सम्पत्ति खोस्ने माओवादी सर्वहाराको पार्टी नभएको उनको भनाइ थियो।
ओलीले अबको केही समयपछि नयाँ सरकार बन्ने बताए। माओवादीले जनता र अन्य दलका कार्यकर्तालाई मार्ने धम्की दिने काम गरेर समाप्तिको बाटो लागेको उनले बताए। जनता अरु दलका कार्यकर्ता मार्ने र अरुलाई आतङ्कित पार्ने जन सेना हुन नसक्ने  उनको दाबी थियो।
ओलीले यहाँ जिल्लास्थित सरकारी कर्मचारी र राउटेसँग भेटेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out