लोप हुन सक्छ चस्मा

आँखामा हुने समस्या अदूरदृष्टि संसारभरिका धेरै मान्छेलाई हुने समस्या हो । यसका कारण टाढाका वस्तु प्रस्ट देखिँदैनन् । हालसालै बि्रटेनका वैज्ञानिकहरूले यस्तो जिन पत्ता लगाएका छन्, जसका कारण यो रोग हुने गर्छ । 
 
चस्माको इतिहास
० चस्माको आविष्कार हुनुभन्दा सयौँ वर्षअघि नै लेन्सको अस्तित्व रहेको मानिन्छ 
० सन् १२८४ मा इटालियन नागरिक साल्भिनो दि अर्मातेले चस्माको आविष्कार गरे भनिन्छ, तर उनैले गरेका हुन् भन्ने प्रमाण भने छैन 
० सन् १२८९ मा चस्मा अस्तित्वमा रहेको प्रमाणित गर्ने दस्तावेज उपलब्ध छ 
० अठारौँ शताब्दीको सुरुतिर लन्डनका नेत्र विशेषज्ञ एड्वार्ड स्कारलेटले चस्मामा 'खुट्टा' थपिदिएर यसलाई कानमा अडिने बनाएका थिए 
० दुई सिसायुक्त चस्माको जन्मदाता भने अमेरिकी पूर्वराष्ट्रपति बेन्जामिन प|mयांक्लिनलाई मानिन्छ । 
० बीसौँ शताब्दीको सुरुतिर चस्मा लगाउनु त्यति राम्रो ठानिँदैनथ्यो, तर हलिउडका कलाकारले घाममा लाउने चस्मा (सनग्लास)को प्रयोग व्यापक रूपमा गर्न थालेपछि चस्मा लोकपि्रय हुन थालेको हो 
० अहिले पनि केही देशमा चस्मा लगाउनु त्यति राम्रो मानिँदैन । ब्राजिल र अर्जेन्टिनाका युवायुवती सकेसम्म चस्मा लगाउन मन पराउँदैननन्  । 
वैज्ञानिकहरूले एउटा यस्तो जिन पत्ता लगाएका छन् जसका कारण अदूरदृष्टि हुने गर्छ । अदूरदृष्टि आँखामा हुने सबभन्दा आम रोग या खराबी हो । टाढाको वस्तु धमिलो देखिनु या प्रस्ट नदेखिनु नै अदूरदृष्टि -सर्ट साइटेडनेस) हो । यो जिन पत्ता लगाएपछि केहीले अब चस्मा छिट्टै इतिहास बन्ने भविष्यवाणी गरेका छन् । तर, आजको फेसन सचेत संसारमा चस्मा पनि अनिवार्य आवश्यकताको वस्तुमा पर्न थालिसकेको छ । त्यसैले उनीहरूको भविष्यवाणीमा त्यस्तो दम देखिँदैन । बरु, यस जिनको खोजपछि मेडिकलका कारण लगाउनुपर्ने चस्माका दिन भने जान सक्छन् । भनिन्छ- पावरवाला चस्मा हीनताबोधको आफ्नैखाले ब्रान्ड हो, विशेष गरेर स्कुल र कलेजमा । यसलाई धारण गर्नेले 'चस्मे', 'चारआँखे,' जस्ता नमज्जा लाग्ने विशेषण पाउने गरेका छन् । उसो त मोटो चस्मा घाघडान पढन्तुको पहिचान पनि बन्ने गरेको छ 
टाढाका वस्तु प्रस्ट नदेखिने दोष अर्थात् अदूरदृष्टि प्रायः बाल्यकालमा सुरु हुन्छ । अदूरदृष्टिबाट पीडित देशमध्ये बि्रटेन पनि एक हो । हरेक तीनजना बि्रटिस नागरिकमा एकलाई अदूरदृष्टि छ । तर, यो वैज्ञानिक खोजले दसकभित्र यहाँका अदूरदृष्टि पीडितको संख्या ह्वात्तै घटाउने विश्वास गरिएको छ 
अदूरदृष्टिको कारक यस जिनलाई किङ्ग्स कलेज, लन्डनका वैज्ञानिकहरूले पत्ता लगाएका हुन् । आँखाको नानीमा अनावश्यक वृद्धिका कारण अदूरदृष्टि हुन्छ । वैज्ञानिकहरू यसको उपचार हुने औषधि विकास गर्न सकिनेमा विश्वस्त छन् । अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक डा. क्रिस हामोन्डका अनुसार अबको दस वर्षमा अदूरदृष्टिलाई आइड्रप्स -आँखामा हाल्ने तरल औषधि)बाट उपचार गर्न सकिन्छ । 'हामीलाई पहिलेदेखि नै थाहा थियो- मान्छेको उमेर बढ्दै जाँदा अदूरदृष्टिको प्रमुख कारक पारिवारिक इतिहास हो,' उनी भन्छन्, 'आमाबाबुमध्ये कोहीलाई अदूरदृष्टि छ भने उनीहरूका सन्तानलाई पनि यो दोष हुने पर्याप्त खतरा छ, र आमाबाबु दुवैलाई यो खराबी छ भने उनीहरूका बच्चाबच्चीलाई पनि यो हुन सक्ने झन् धेरै खतरा छ । यसअघि आँखाको यस खराबीका लागि जिम्मेवार जिनको पहिचान भएको थिएन ।'
अदूरदृष्टिसम्बन्धी यो अनुसन्धान १२ वर्षसम्म चलेको थियो । करिब चार हजार जुम्ल्याहामाथि गरिएको यस अनुसन्धानले अदूरदृष्टिको कारक जिन आरएएसजिआरएफ वनको पहिचान गरेको थियो । त्यस्तै, नेदरल्यान्डमा भएको एक छुट्टै अध्ययनमा आँखाको यस दोषको कारक अर्काे एउटा जिन पत्ता लागेको थियो । डा. हामोन्ड अदूरदृष्टिका लागि एकभन्दा बढी जिन जिम्मेवार हुन सक्ने विश्वास गर्छन् 
वंशाणुगत कारणले हुने अदूरदृष्टिका खतरालाई कम गर्न सकिए पनि समाजलाई पूर्णतः चस्मामुक्त पार्न भने नसकिने बताउँछन् डा. हामोन्ड । 'चस्माको आवश्यकता हुने मानिसका संख्यामा कमी ल्याउन सकिएला, तर चस्माको अन्त्य नै हुनेछ भन्नुचाहिँ गफ दिएजस्तो हुनेछ ।'
आँखा विशेषज्ञहरूको एक संस्थाको शिक्षा सल्लाहकार क्यारेन स्प्यारोलाई चस्माका प्रयोगकर्ता घट्लान् जस्तो लाग्दैन । भन्छिन्, 'आँखाको कमजोरीका कारण चस्मा लगाउनुपर्ने अवस्था आधुनिक जीवनशैलीको परिणाम हो । तर, चस्मा कुनै समस्या होइन । यसले हामीमा कुनैप्रकारको कमी महसुस गराउँदैन ।'
चस्माको विकल्पका रूपमा अहिले कन्ट्याक्ट लेन्स तथा लेजर सर्जरी उपलब्ध छन् । 'तर पनि चस्मालाई यिनीहरूले धपाउन सकेका छैनन्,' क्यारेन भन्छिन् 
विगत १५ वर्षमा चस्माका आकारप्रकारमा व्यापक परिवर्तन आएका छन् । 'यसले चस्मा प्रयोगकर्तालाई छानीछानी चस्मा लगाउने सुविधा दिएको छ,' क्यारेन भन्छिन्, 'त्यस्तै संसारभरि नै चस्मा प्रयोग गर्ने सेलिबे्रटी धेरै छन् । उनीहरूका कारण चस्मा त्यति सजिलै इतिहास भइहाल्ला जस्तो लाग्दैन ।'
विभिन्न डिजाइनमा उपलब्ध चस्मा अरू बढी सुन्दर र स्वीकार्य भएको क्यारेनको तर्क छ । 'अब कुनै बच्चाले पुरानोखाले भद्दा चस्मा लगाएर कक्षाको एउटा कुनामा दुःखी भएर बस्नु पर्दैन,' उनी भन्छिन्, 'नयाँभन्दा नयाँ ब्रान्डको चस्मा ढल्काएर ऊ सानसँग हिँड्न सक्छ ।'
डा. हामोन्डको समूहले पत्ता लगाएको जिनको उपचारसम्बन्धी पद्धति सफल र सुरक्षित भए केही मानिस यसप्रति निःसन्देह आकषिर्त हुने उनको भनाइ छ । 'तर, चस्मा सधँै रहिरहनेछ,' उनी भन्छिन्, 'सबै नयाँ प्रविधि अपनाइहाल्नेखालका हुँदैनन् । धेरैलाई आफूलाई बानी परेका कुरा सुविधाजनक लाग्छन् । चस्मा लगाउने बानी परेको मान्छेलाई चस्मा लगाएन भने अप्ठ्यारो लाग्छ ।'
इस्क्वायर नामक फेसन पत्रिकाका फेसन निर्देशक क्याथरिन हेवार्डका अनुसार अहिले चस्मा फेसन स्टेटमेन्ट बनिसकेको छ । 'सत्तरीको दसकमा मेरी दिदीले १० वर्षको उमेरमा चस्मा लगाउनुपर्दा,' उनी भन्छिन्, 'उनीमाथि पहाडै खसेजस्तो भएको थियो । तर, अचेल सबैले चस्मा लगाउन थालेका छन् । आँखामा कुनै खराबी भएकाले मात्रै चस्मा लगाउने भन्ने कुरा पुरानो भइसक्यो । चस्मा लोकपि्रय फेसन भइसकेको छ ।'
क्याथरिन राम्रो चस्माले मान्छेलाई सुन्दर र बौद्धिक देखाउन सक्छ भन्ने मान्छिन् । 'तर, महिलालाई चस्माले खासै सुन्दर देखाउला जस्तो लाग्दैन मलाई, किनभने यसले उनीहरूको मेकअप छोप्न सक्छ र उनीहरूलाई बढी उमेरको पनि देखाउन सक्छ ।'
फेसनका दृष्टिले चस्मा जुत्ता या बेल्टजस्तै भइसकेको बताउँछिन् उनी । भन्छिन्, 'यसको माग सधै रहनेछ ।'
एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out