करिश्माको गल्यामर रित्तिने छैन : हमाल

दुइ दशक लामो करियरमा अभिनेता राजेश हमालले वग्रेल्ती हिरोइनसँग अनस्क्रिन रोमान्स गरे । कतिपयसँग त उनको अफेयर हल्ला पनि नचलेको होइन । यो कालखण्डमा थुप्रै हिरोइन आए र गए तर आउनेजति अधिकांशसँग हमाल अपोजिटमा देखापरे । 'युगदेखि युगसम्म'देखि अभिनय सुरु गरेका हमालले पछिल्लो चलचित्र 'धर्मा'मा बलिउड हिरोइन मनीषा कोइरालासँग काम गरे । बुढेसकालको यो संघारमा बल्ल विहेको आवश्यकता महसुस गरेका हमाल हिरोइनको जेनेरेसन ग्यापका एउटा साक्षी पनि हुन् ।
गौरी मल्ल हमाललाई मनपर्ने हिरोइन हुन् । गौरीमा उनी बेजोडको अभिनय पाउँछन् । कुनैबेला आफूसँग अनस्क्रिन केमेष्ट्री मिलेकी हिरोइन कृष्टि मैनालीलाई हमाल प्रतिभाशाली अभिनेत्री ठान्छन् । करिश्मा मानन्धर राजेशको आँखामा ग्ल्यामरस हिरोइन हुन् । मनीषा कोइराला र झरना बज्राचार्य राजेशको दृष्टिकोणमा बौद्धिक हिरोइन हुन् । सन्चिता लुइँटेललाई सुन्दरनयनी अभिनेत्री ठान्छन् उनी । हमालले करिश्माबारे मेरोसिनेमासँग टिप्पणी गरे -करिश्मा सबैभन्दा ग्ल्यामरस हिरोइन हुन् । उनको गल्यामर छवि अझै धेरै समय रित्तिने छैन ।'

यी त भए हमालका आँखामा हिरोइन । पछिल्लो पुस्ताका हिरोइनबारे पनि उनको बेग्लै मत छ । 'आजकलका नायिकाहरु मिहेनत गर्छन् तर आफ्नो भूमिकाप्रति खासै गम्भिर भएजस्तो मलाइ लाग्दैन । पहिलेका जस्तो मिहेनत पनि गर्दैनन् आजकलका नायिका ।' उसो भए तपाईंको वास्तविक जीवनकी नायिका को हुन् ? प्रश्नमा महानायकले उही ट्रेडमार्क हाँसो हाँस्दै भने 'अझै आइपुगेकी छैने है ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out