मुन्नी बदनाममा राजेश-करिश्मा ननस्टप

गएरातिको एक पार्टीमा करिश्मा मानन्धर मलाइका अरोरा बनिन् । राजेश हमाल सलमान खान बने । रेखा थापा, पूजा चन्द, सुस्मिता केसी, शर्मिला मल्ल, शम्भुजित बाँस्कोटा, आकाश अधिकारी, दीपाश्री निरौलालगायतका सेलिव्रेटी मुन्नीसामु बदनाम बने ।
घट्दै गएको राजधानीको तापमानलाई यो जमघटले तताइदिएको थियो । हिरोइन करिश्माकी छोरी कविताको बर्थ-डे पार्टी सेलिव्रेट गर्न जुटेका नेपाली सिनेमाका अभिनेता-अभिनेत्रीहरु मदिराको मादकतामा बलिउडका ननस्टप आइटम नम्बरहरुमा नाचे । डिजे लवेसको डिजेइङले डान्सको गतिलाई तीव्र बनाइदिएको थियो ।
महानायक हमाल खलखली पसिना काढ्दै एकघण्टासम्म नाचेका थिए । मुन्नी बदनाम, शीलाकी जवानी, आले..आलेलगायत बबाल आइटम नम्बरमा हमालसहितका सिनेकर्मी नाचे । बर्थ-डे भएपनि सेलिव्रेटी पार्टी लाग्ने जमघटमा रमाइलो मानेर कक्टेलको चुस्की र स्वादमा हेर्नेहरु पनि टन्नै थिए ।
करिश्मा छोरी कविताको १७ औं जन्मदिनको मेसोमा लाजिम्पाटको एक पार्टीहलमा सेरेमोनी आयोजना गरिएको थियो । करिश्माको निम्तोमा खास पाहुनाहरु मात्र उपस्थित थिए । भुवन पत्नी सुस्मिता छोरा अनमोलसहित थिइन् भने भुवन थिएनन् । हिरो श्रीकृष्ण हिरोइन श्वेतासँग थिए । सानोपर्दादेखि ठूलोपर्दासम्मका सबै सेलिव्रेटी थिए । कविताले केक काटेर उपस्थित सबैलाई चखाएकी थिइन् । ह्याप्पी बर्थ डे कविता !

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out