२० प्रतिशत सम्वन्ध विच्छेद फेसबुकले गर्दा

वासिङ्टन - फेसबुक र ट्विटरले विश्‍वभारि नै धेरैलाई एक हुन सघाएको भए पनि अमेरिकामा हुने सम्वन्ध विच्छेदका हरेक ५ घटनामा एकमा यस्तै सामाजिक संजाल कारण बनेको देखिएको छ।

अमेरिकन एकेडेमी अफ मेट्रिमोनियल लयर्सले गरेको सर्वेक्षणमा ८० प्रतिशतले सामाजिक संजालमा लेखिएका सामाग्रीका कारण सम्वन्ध विच्छेद हुने गरेको बताएका छन्। सम्वन्ध विच्छेद गर्नेहरुले फेसबुकमा राखिएका तस्बिर र त्यसमा गरिएका कमेन्टहरुलाई प्रमाणका रुपमा पेश गर्ने गरेका छन्।
६६ प्रतिशत वकिलहरुले सम्वन्ध विच्छेदको मुद्दामा फेसबुकलाई प्रमाणका रुपमा पेश गर्ने गरेका छन्। १५ प्रतिशतले माइस्पेस र ५ प्रतिशतले ट्विटरमा पोस्ट गरिएका सामाग्रीलाई अदालतमा प्रमाणका रुपमा पेश गर्ने गरेका छन्।

गत वर्ष युके ल फर्मले २० प्रतिशत सम्वन्ध विच्छेदमा फेसबुकमा राखिएका समाग्रीलाई प्रमाणका रुपमा राखिने देखाएको थियो। 'असान्दर्भिक यौनिक च्याटहरुले सम्वन्ध विच्छेदको मुख्य कारण बन्ने गरेको छ,' डाइभोर्स अनलाइनका म्यानेजिङ डाइरेक्टर मार्क किनानलाई उदृत गर्दै बेलायती अखबारले लेखेको थियो। - एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out