झरनालाई पाँच जना हिरो

काठमाडौं, पुस १३ (नागरिक) - अभिनेत्री झरना थापाले फिल्म 'केटी हराएको सूचना'को निर्माण घोषणा गरेको निकै भयो। उनको होम प्रोडक्सनको फिल्म 'तकदीर'ले सन्तोषजनक व्यापार नगरेपछि उनी नयाँ फिल्मको निर्माणमा जुटेकी थिइन्। बाहिरका फिल्ममा व्यस्त रहेकाले आफ्नो फिल्म बनाउन नभ्याएको बताउँदै आएकी झरनाले अन्ततः यो फिल्मको काम स्थगित गरेकी छिन्।
ब्रजेश खनालको स्क्रिप्टमा दयाराम दाहालले यसको निर्देशन गर्ने पक्का भइसके पनि उनको ध्यान अन्तै मोडिएको छ। 'रिभेन्ज स्टोरीमा बनाउन लागेको फिल्म थियो त्यो। तर, अहिलेको परिवेशमा कथा अलिक सुट हुँदैन कि भनेर फेर्‍यौं,' यो फिल्म स्थगित गरिएपनि अर्को फिल्मको निर्माणकार्य छिटै सुरु गरिने उनले जानकारी दिईन्। उनले नयाँ फिल्मको नाम राखेकी छिन् 'साथी बिना'।
फिल्मको नामसँगै कथामा परिवर्तन भएको उनले जानकारी दिइन्। 'साथी बिना'लाई कमेडी शैलीको बनाउने उनले बताइन्। यो फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन्। 'तर, निर्देशक भने दयाराम दाहाल नै हुनुहुन्छ। यो समयमा रमाइलो फिल्म नै ठिक होला जस्तो लागेर यसो गरेका हौं,' उनले भनिन्।
यो फिल्ममा पाँच जना हिरोका साथ आफू देखिने उनले खुलाइन्। होम प्रोडक्सनका फिल्ममा आफ्नै रोललाई महत्व दिँदै आएकी झरनाले यसमा भने सबैलाई उत्तिकै न्याय गर्ने उल्लेख गरिन्। 'पहिलेका फिल्ममा पनि मेरो मात्र ठूलो भूमिका थियो भन्नु गलत हो। यसमा पाँच जना हिरो बराबरकै रोल हुनेछ मेरो।' चल्तीकै हिरोलाई लिने निर्णय गरेपनि उनीहरुको नाम खुलाउन भने झरनाले चाहिनन्। 'एग्रिमेन्ट भएपछि भनौंला नि,' उनले भनिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out