रिहानालाई पछुतो

लस एन्जल्स (एजेन्सी), मंसिर २० - विगतलाई बिर्सन त्यति सजिलो हुँदैन । बितेको घटना पीडादायक छ भने त झन् गाह्रो हुन्छ । गायिका रिहानाको अनुभवले यही बताउँछ । पूर्व ब्वाईफ्रेण्ड गायक क्रिस ब्राउनसँग सबै नाता तोडिसकेकी भए पनि 'वन्ली गर्ल इन द वल्र्ड' गायिका विगतमा उनले गरेको केही निर्णयप्रति अहिलेसम्म पश्चाताप गर्दैछिन् ।

'जिक्यु' अमेरिकी म्यागजिनसँगको अन्तरवार्तामा रिहानाले पूर्व ब्वाईफ्रेण्ड क्रिससँग रोमान्स हुँदाका दिनमा उनले लिएका केही निर्णयप्रति पश्चात्ताप व्यक्त गरेकी हुन् । विशेषतः २००९ को सुरुमा 'फरइभर' गायकबाट घरेलु हिंसाको सिकार भए पनि केही समयपछि फेरि रोमान्स सुरु गरेकोप्रति गायिकालाई पश्चात्ताप लागेको हो । उनले हिंसाको सिकार भैसकेपछि पनि फर्केर क्रिससँग सम्बन्ध सुरु गर्नु गलत रहेको बताइन् ।
'मेरा साथीहरू त्यो सम्बन्ध त्याग्न सल्लाह दिन्थे,' गायिकाले पछुताउँदै भनिन्, 'तर त्यति बुद्धि हुँदाहुँदै पनि म आफैं सम्बन्धमा बसें ।' बाल्यकालमा घरेलु हिंसाबाट पिडित भएको आफ्नी आमाको अवस्था देखेको बताउने उनले आफूलाई त्यसो हुन नदिने कसम खाएकी थिइन् । तर, उनले त्यस्तै हिंसा भोगेपनि आफूलाई त्यस अवस्थाबाट टाढा राख्न नसकेको थपिन् । 'फर्केर हेर्दा, मेरो निर्णयप्रति पश्चाताप लाग्छ,' उनले भनिन् ।
गत वर्षको ग्रामी अवार्डस्मा सहभागिता जनाउन जाने क्रममा क्रिसले रिहानालाई मरणासन्न कुटेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out