सुन्दर केशका लागि घरेलु उपाय

जाडोको सुरुवातसँगै केश सुख्खा हुन थाल्छ। केश सुख्खा हुनु, चायाँ पर्नु, केश झर्नु र टुक्रनु जाडो मौसमका आमसमस्या हुन्। यदि समयमै यी सबै  कुरामा राम्रोसँग ध्यान दिन सकिएन भने केश बिग्रन्छ। त्यसैले जाडो मौसममा केशको उचित हेरविचार गर्नु आवश्यक छ। यसका लागि हेयर कन्डिसनर  सबैभन्दा उपयुक्त उपाय हुनसक्छ। त्यसबाहेक हेयर क्रिमले पनि केशमा मोस्चर दिन सहयोग गर्छ। यी प्रोडक्टस प्रयोग गर्दा अल्कोहल नभएका अथवा  कम भएका प्रयोग गर्नुपर्छ अन्यथा त्यसले केशलाई अझ सुख्खा बनाउँछ। ग्ल्यामर ब्युटिक्लबकी रोशना महाजूका अनुसार हरेक महिलाको चाहना सुन्दर  तथा बाक्लो केश हुन्छ। केशले व्यक्तित्व निखारमा ठूलो भूमिका खेलेको हुन्छ।
गर्मीको तुलनामा जाडोमा केश बढी बिग्रन्छ। हावामा चाहिने मात्रामा  मोस्चर नहुनु र केशप्रतिको बेवास्ता केश बिग्रने प्रमुख कारण हुन्।
गर्मीमा भन्दा जाडोमा लामो केश पाल्ने चलन हुन्छ। केशले न्यानो बनाउने भएकाले मानिसहरू केश पाल्न रुचाउँछन्। जाडोमा केश बढ्न पनि गाह्रो  हुन्छ। केश काटेपछि गर्मीको तुलनामा त्यसलाई बढ्न २ गुणा समय लाग्छ। जाडोमा केश सुन्दर तथा चम्किलो राख्न विभिन्न विभिन्न उपाय अपनाउन  सकिन्छ।

साधारण केशका लागि
नुहाउनुभन्दा पहिले मेथी, सिकाकाई तथा रिठ्ठाको पेस्ट बनाउने र त्यसलाई राम्रोसँग केशमा लगाउने। यसलाई १ घन्टासम्म साउना क्यापले छोपेर पछि  नुहाउनु पर्छ।

यदि मेहन्दी हाल्नु छ भने मेहन्दीका साथमा अण्डा, हल्का अमिलो दही र तेल फलामको भाँडोमा भिजाउने। यो पेस्ट केशमा लगाउने। यो फुलेको केशका  लागि पनि लाभदायक छ। यो उपाय हप्तामा एकपटक अवलम्वन गर्न सकिन्छ। विस्तारै केश कालो हुँदै गएपछि यसलाई कम गर्न सकिन्छ।

सुख्खा तथा ड्यामेज केशका लागि कपूरलाई हल्का तातो नरिवल तेलमा मिसाएर लगाउने। यसले केशमा चमक पनि आउँछ।

साधारण केशका लागि रिठ्ठा तथा सिकाकाई वरदान हो। यसले केश चम्किलो बनाउनुका साथै कन्डिसनरको काम पनि गर्छ।

तैलीय केशका लागि
सुख्खा केशमा जस्तो धेरै तेल नलगाउने। तेल लगाएपछि १ घन्टाभन्दा बढी राख्नु हुँदैन। त्यसपछि १०-१५ मिनेट बाफ दिने। त्यसपछि नुहाउने। यसमा २ -३ थोपा कागतीको रस हाल्दा पनि हुन्छ। कागतीले चिल्लो काट्छ।

बजारमा विभिन्न कम्पनीका हेयर प्याक उपलब्ध छन्। राम्रो कम्पनीको हेयर प्याक रोजेर लगाउन सकिन्छ। हेयर प्याकलाई केशमा १ घन्टाभन्दा बढी  राख्नु हुँदैन।

अमलाको धूलो, रिठ्ठा, सिकाकाई तथा मेथी मिसाएर पेस्ट बनाउने। त्यसपछि पेस्टलाई केशमा लगाएर १ घन्टा सफा गर्ने। सुख्खा केशमा अमला  लगाउनु हुँदैन। यसले केश अझ बढी सुख्खा बनाउँछ।
यदि केशको रेसा पातलो छ भने मेहन्दीमा चिनी मिसाएर लगाउनु पर्छ।

घरेलु स्याम्पु बनाउने विधि
रिठ्ठा, सिकाकाई तथा अमलालाई ग्रेभी हुने गरी पकाउने। त्यसलाई एउटा सिसी अथवा कुनै भाँडोमा एक टुक्रा फलाम राखेर खन्याउने। १५ दिन राखे पछि त्यसलाई प्रयोगमा ल्याउन सकिन्छ। यसो गर्दा रिठ्ठा र सिकाकाई अरूभन्दा एक भाग बढी हाल्नुपर्छ। यसले केश कालोका साथै चम्किलो पनि  बनाउँछ। जाडो मौसममा केश पखाल्दा मनतातो पानी प्रयोग गर्न सकिन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out