राजदूत तरुनीसँग रमाएपछि

काठमाडौं। संसारमा जन्म दिएर ईश्वर, वैंशमा नमरुँ नारायणगोपालले विरहलाग्दो स्वरमा यो गीत गाए, तर बीस वर्षअघि वैंश सिद्धिन नपाउँदै उनको असामयिक निधन भयो। प्रेम र विरहका गीत गाउने अर्की एकजना आधुनिक गायिकाको पनि राजदूत(पतिका कारण यस्तै नियति दोहोरिन पुगेपछि उनी तालुकवाला परराष्ट्र मन्त्रालय गुहार्न पुगेकी छन्। उनी हुन्( गायिका प्यारु राणा शाह। उनले मीरा राणाको संगीत रहेको 'अचेल मलाई...' कल्पना पाण्डेको स्वर र मीरा राणाको संगीत रहेको 'सपनी मात्रै', समाचारवाचक प्रवीण गिरीको रचना र शम्भुजित बाँस्कोटाको संगीत रहेको 'कसैले', जापानस्थित नेपाली राजदूतावासमा डेपुटी चिफ अफ मिसन रहेका दुवसु क्षेत्रीको रचना र सुनिल विकको संगीत रहेको ‘वसन्तमा फूल बनुँ भैरवनाथ रिमालको रचना र भूपेन्द्र रायमाझीको संगीत रहेको 'आफ्नो मनमा' बोलका गीत सुमधुर स्वरमा गाएकी छन्।
यसैगरी, उनले बुलु मुकारुङको संगीतमा युवाकवि स्व. मोतीराम भट्टको चर्चित कविता 'पिकदूत' मा पनि स्वर दिएकी छन्।
मधुर स्वरकी धनी प्यारु गत साता आँसु चुहाउँदै परराष्ट्र मन्त्रालय पुगिन्। कारण थियो, पतिले दिएको ‘धोका’। उनका पति प्रद्युम्नविक्रम शाह हाल ब्राजिलका लागि नेपालको राजदूत छन्। स्रोतका अनुसार, प्यारु आफ्ना पतिले ब्राजिलस्थित निवासमा गोप्य रूपमा एउटी केटी राखेर आफूमाथि सौता हालेको सूचना पाएको बताउँदै मन्त्रीलाई गुहार्न पुगेकी थिइन्। आफूलाई यहाा छाडेर श्रीमतीका रूपमा अर्कै केटीलाई लगेको गुनासो उनको थियो। अब आफूलाई पनि ब्राजिल पठाइदिन र उहाा राजदूत शाहले राखेकी केटीसाग सम्बन्ध छुटाइदिन उनले परराष्ट्रका अधिकारीहरूसाग अनुरोध गरेकी थिइन्।
युवतीहरूको रूपको निकै प्रशंसक मानिने राजदूतको स्वभाव र उनकै श्रीमतीको यस्तो गुनासो एवं मागका आधारमा परराष्ट्र मन्त्रालयले यससम्बन्धमा गोप्य रूपले अनुसन्धान गरेको थियो। यसै क्रममा राजदूतको जिम्मेवारी सम्हाल्न जाादा उनले क(कसको भिसा लगाउन ब्राजिलको दूतावास (नयाादिल्ली) पासपोर्ट लगेका थिए भनी सोधपुछ गरेको स्रोतले बतायो। राजदूतपत्नी प्यारुले आफ्नोसमेत भिसाका लागि प्रोसेस सुरु गर्दा ती युवतीसहित अन्य दुईजना कामदारसमेत गरी ५ जनाका लागि आवेदन दिएको सूचनासमेत दिएकी थिइन्। त्यसै आधारमा परराष्ट्रले नयाादिल्लीस्थित ब्राजिलियन दूतावासमा सोधखोज गरे पनि शाहले आफ्नी श्रीमती भन्दै लगेको भनिएकी ती युवतीको नाम र रेकर्ड फेला नपरेको स्रोतले बतायो। यद्यपि, रियो दि जेनेरोस्थित नेपाली दूतावासमा कार्यरत परराष्ट्रका कर्मचारीलाई समेत राजदूत शाहले आफ्नो निवासमा नलगेकाले कतिपयले राजदूतपत्नीले गरेको गुनासोमा सत्यता रहेको अनुमान गरिएको छ।
राजदूतमा नियुक्तिका लागि शाहले जति धेरै प्रयास र दौडधुप गरेका थिए, तर नियुक्त भइसकेपछि भने उनी ३(४ महिना ब्राजिलतर्फ जानुको साटो यतै रहे। यो ढिलाइको कारण पनि ती युवतीको भिसाका लागि भएको ढिलाइ नै रहेको स्रोतको दाबी छ। परराष्ट्रले यससम्बन्धमा अनुसन्धान जारी राखेको बताइएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out