करिश्माको बैबाहिक सम्बन्ध समस्यामा

मुम्बई (एजेन्सी), मंसिर २६ - नायिका करिश्मा कपुरको दाम्पत्यजीवनमा समस्या आएको छ । दिल्लीका व्यवसायी सञ्जय कपुरसँग सात वर्षअघि विवाह गरेकी 'राजा हिन्दुस्तानी' नायिकाले सम्बन्ध थप बिग्रेपछि डिभोर्सबारे सोचिरहेको बताइएको छ ।
'डिभोर्सका लागि करिश्माले अदालतमा केही दिनभित्रै निवेदन बुझाउने तरखर गर्दै छिन्,' स्रोतले बतायो, 'उनका लागि नराम्रो विवाहबाट स्वतन्त्र हुने समय आइसकेको छ ।' नब्बेको दशकका उत्कृष्ट नायिका करिश्मा हाल दुःखी साथै एक्लो महसुस गरिरहेको बताइएको छ । उनी केही महिनादेखि मुम्बईमा बसिरहेकी छन् । तर, लामो समयसम्म टाढा बस्दा पनि सञ्जय एकपटक उनलाई भेट्न आएका छैनन् ।

पहिलो सन्तान कोखमा हुँदा पनि करिश्मा र सञ्जयबीच  विवाद भएको थियो । छोरी समाइराको जन्मपछि उनीहरूमा भएको समस्या हल भएको थियो । तर, दोस्रो सन्तान गर्भमा हुँदा सञ्जयले फेरि विवाहेत्तर सम्बन्ध सुरु गरेका कारण उनले डिभोर्सको तयारी गरेकी हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out