फेरि सरकार टिक्यो, माओवादी डुब्यो

काठमाडौं। माओवादीका अध्यक्ष प्रचण्डमा बढेको चरम सत्तालिप्सा र पिपलपाते नीतिका कारण फेरि कामचलाउ सरकार केही दिनका लागि टिकेको छ। बिनाकारण संसद्को विशेष अधिवेशनका लागि समावेदन पेश गरी बैठकको आह्वान भएपछि माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिनुभएको थियो। शुरुमा समावेदन गर्नका लागि अध्यक्ष प्रचण्डले नेकपा एकीकृत लगायतका केही जातीय समूहहरुको साथ लिनुभएको थियो। शुरुमै दलहरुले माओवादीका नेताहरुको बोलीको ठेगान नभएकाले सहयोग नगर्ने कुरा उठाउँदा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले कुनै हालतमा उक्त प्रस्ताव फिर्ता नलिने वचन(वद्धता व्यक्त गर्नुभएको थियो। तर नेपाली कांग्रेस र एमालेसँगको बैठकपछि प्रचण्डले समावेदनका लागि सहयोग गर्ने दलहरुसँग सामान्य छलफल समेत नगरी प्रस्ताव फिर्ता लिँदा विशेष अधिवेशन नै अन्त्य हुन पुगेको थियो।
हिजो बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले फेरि पनि पुरानै कुरा दोहोर्या्एको देखिएको छ। सत्तासाझेदार दलहरुले माओवादी बाहेकको गठबन्धन तयार गरी प्रधानमन्त्रीको टुङ्गो लागेपछि मात्र संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने सुझाव दिएको बुझिएको छ। उनीहरुले माओवादीको नेतृत्वमा कुनै हालतमा पनि सरकार बन्न नसक्ने निष्कर्ष समेत निकालेका छन्। सत्ता साझेदार दलहरुको उक्त धारणा सार्वजनिक भएलगत्तै माओवादीले फेरि एक/दुई दिन भित्रै विशेष अधिवेशनको माग गर्दै समावेदन पेश गर्ने बारे अन्य घटकहरुसँग छलफल शुरु गरेको बताइएको छ। माओवादीका अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री नपाउने भएपछि एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कार्ड फ्याँक्नुभएको जानकारहरुले बताएका छन्। यसअघि बसेको माओवादी पदाधिकारीको बैठकमा एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीका रुपमा समर्थन नगर्ने बारे छलफल भएको थियो। त्यसैगरी नेपाली कांग्रेसले प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदवारी स्पष्ट बहुमतले अस्वीकार नगरेसम्म फिर्ता नलिने अडान कायम राखेको छ। पौडेलको उम्मेदवारी विधिवत अस्वीकार भए पनि फेरि उहाँलाई नै उम्मेदवार बनाउने कुरा सभापति सुशील कोइरालाले पटक(पटक व्यक्त गरिसक्नुभएको छ। माओवादीको दोहोरो चरित्रका कारण वर्तमान कामचलाउ सरकार आगामी चैत्रसम्म टिक्ने सम्भावना रहेको केही राजनीतिक विश्लेषकहरुको भनाइ छ। माओवादीको दोहोरो चरित्रले गर्दा आगामी जेठ १४ गते पनि संविधान बन्न नसक्ने र मुलुकले नयाँ बाटो अवलम्बन गर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out